मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • समाज
  • नेकपा भित्रमात्र दलितकाे मुक्ती सम्भावना छ

नेकपा भित्रमात्र दलितकाे मुक्ती सम्भावना छ

  • शुक्रबार, अशोज १६, २०७७
नेकपा भित्रमात्र दलितकाे मुक्ती सम्भावना छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तर्फबाट बाजुराबाट राज्य मन्त्री कर्ण बहादुर बि,क, (केशब) दलित वर्गको तर्फबाट राज्य काे महत्वपूर्ण स्थान पुगेका कुरा जगजायर छन । बाजुरा मा दलितका समुदायका हजारौं नेता कार्यकता नेकपा पार्टी मा अाबद्व छन। नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी मा बाजुरा मा २०% दलित जिल्ला कमिटी सदस्य मा प्रतिनिधित्व छ।अन्य पार्टी भित्र दलित समदायकाे प्रतिनिधित्व अाैलाले गन्ने अबस्थामा छ। अाज पनि भाेलि पनि दलित समुदायकाे मुक्ति र प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिन्छ ।

यी व्यक्तिहरु कुनै न कुनै समय देशभरीका दलित समुदायको हक, हित र अधिकार प्राप्तिका संघर्षमा होमिएका व्यक्ती हुन् ।

बाजुरा दलित आन्दोलनका अगुवाहरुको सम्बन्ध यहाँका कम्यूनिष्ट पार्टीसँग सम्बन्धित छ । नेतृत्वमा पुग्नका लागि बाजुरा कम्युनिष्ट पार्टीको कार्यकर्ता भएकै छन् उनीहरु तर विभिन्न अवसरको खोजीमा पार्टी परिवर्तन गर्ने र मूलधारको कम्युनिष्ट पार्टीबाट स्खलित भएर कोही रा, काँग्रेसी, कोही क्षेत्रीयवादी संगठनहरुमा विलिन भए ।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा माअाेबादी केन्द्र एक भएका छन / एकतामा सम्पुर्ण दलित सम्पुण दलित समुदायकाे मुक्ति र भाग्यरेखा र सम्मान प्रतिनिधि नेपाल कम्युनिस्ट पार्टीमा देखिन्छ ।

नेकपा सत्तामा रहेको पार्टी हो । नेकपा बाहेकका बाजुरामा अन्य पार्टीमा आधा दर्जन र अन्य पार्टीमा दलितको नेतृत्व नगन्य मात्रामा छ ।

यसैले पनि बाजुरामा दलित मुक्ति, हक, अधिकारका सवालमा नेकपाले कस्तो भूमिका निर्वाह गर्छ भन्ने निकै चासो र चिन्ताको विषय छ । नेकपा बाजुराको पार्टी संरचनालाई हेर्दा कार्यालय टिममा १ जना र सचिवालयमा १४ जना दलित समुदायको प्रतिनिधित्व भएको छ ।

अहिले सम्म पार्टी भित्र दलित समुदायकाकाे उल्लेखिनिय भुमिका देखिन्छ। सम्मानजनक उपस्थिति रहेकाे पाहिन्छ । त्यो असल र सुखद कुरा हो । दलित वर्ग आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र राजनीतिक रुपमा समाजमा सबैभन्दा पछाडी पारिएको जनसमुदाय त्यहि समदायकाे सम्मान र मुक्तिका नेपाल कम्युनिस्ट पार्टीमा सम्भब छ।

यस अर्थमा बाजुराका विश्वकर्मा, परियार, मिजार, सार्की,लुहार दमाई ढाेलि, अाेड, उखेडा, सनाई ,अाउजि,तिरुवा, सुनार ,कामी, गाइने, नेपाली, कडारा,ताम्राकार , लगायतका दलित वर्गका मानिसहरुको बसोबास रहेको बाजुरा जिल्लाका दलित समुदाय बस्ति ऐलानी, सुकुम्बासी र प्रति ऐलानी जग्गाहरुमा दलित बाहुल्य बस्तीहरु रहेका छन् । शिक्षाको हिसावमा निकै पछि पारिएको छ भने दलित वर्गबाट लेक्चर, शिक्षक, डाक्टर, पत्रकार, व्यवसाय लगायतका क्षेत्रमा नगन्य मात्रामा आवद्ध भएका छन् ।

अत्याधिक जनसंख्या अहिले पनि ज्यालादारी मजदुरी पेशा व्यवसाय गर्दै आएका छन् । नेतृत्वमा हेर्दा मध्यम वर्गको वर्चश्व देखिन्छ । सर्वहारा वर्ग कार्यकर्ता पङ्तीमा ज्यादा छन् भने नेतृत्वमा उनीहरुको अवस्था कमजोर नै छ ।

नेकपाले अहिले पार्टी संरचना मात्र तयार गरेको छ अब २० वटा जनवर्गिय संगठनहरु बनाउन बाँकी नै छ । मजदुर, दलित, जनजाति लगायतका मोर्चा तथा भातृसंगठनहरु बनाउनै बाँकी छ । जातीय संगठनबाहेक अन्य मोर्चाहरुमा दलितहरुको नेतृत्व सम्भावना धेरै छ ।

बाजुराको ४० हजार जनसंख्यामा सयौंको संख्यामा दलित वर्गको नेतृत्वदायी भूमिका रहेको अवस्थामा यस पार्टीप्रति जनताको विश्वास बढेर जानेछ । अहिले खास गरी दक्षिणपन्थी शक्तीले सत्ताप्राप्तीको योजनामा अनेकौं कुप्रचार गरेर नेकपाको बद्नामी गरिरहेको छ ।

दलित वर्ग भनेको वास्तवमा आधारभूत वर्ग हो । यो वर्गको मुक्ति भनेको आर्थिक उन्नति गर्नु हो । आर्थिक उन्नतिका लागि रोजगारी र आय आम्दानीमा जोडिनु पर्छ ।

त्यसका लागि व्यक्तीले आफ्नो योग्यता निर्माण गर्नुपर्छ । पार्टीले व्यक्तिको योग्यता निर्माण गर्नका लागि तालिम, प्रशिक्षण जस्ता कार्यक्रममा सहभागि गराउँछ र आर्थिक व्यवस्थापनका लागि उत्प्रेरित गर्दछ । योग्यता र क्षमता बनाएकालाई जागिरको अवसर प्रदान गर्दछ भने स्वरोजगार बन्न समेत प्रेरणा दिन्छ ।

श्रमलाई प्रेम गर्न र शोषणलाई घृणा गर्न कम्युनिष्ट पार्टी सिकाउने भएको हुनाले श्रमजीवी बर्गले जहिले पनि कम्युनिष्ट पार्टीलाई नै रोज्न पुग्दछन् । त्यो उनीहरुको सहि गन्तव्य पनि हो ।

श्रम वापत कमाएको रकमलाई सदुपयोग गर्न चेतना कम्युनिष्ट पार्टीले ज्ञान र बुद्धि दिएको हुनाले कम्युनिष्ट पार्टीमा लागेका मानिसहरुले इमान्दारिता, मेहनत र परिश्रममा विश्वास राख्दछन् र शोषण, भ्रष्टचार, अन्याय र अत्याचारको विरोध गर्दछन् । दोश्रो कुरा भनेको सामाजिक रुपमा दलितहरुलाई हेर्ने दृष्टिकोणको सवाल हो ।

व्यक्तिको परिचय उसको क्षमता र योग्यता भन्दा पनि जातीय रुपमा मुल्याङ्कन गर्ने हाम्रो समाजको परिपाटी अझै जिवितै छ । कम्युनिष्ट पार्टीले यस्ता सामाजिक विभेदको अन्त्यमा लगातार जोड दिन्छ ।

जातपात, अन्धविश्वास, कुरिति, कुसंस्कारका विरुद्ध निरन्तर हमला गर्न कार्यकर्तालाई निर्देशन दिँदछ र वर्ग संघर्षमा लागिरहन र समाजवादी समाजको स्थापना गर्दै साम्यवादलाई लक्ष्य बनाएको हुँदा कम्युनिष्ट पार्टीले दलित वर्गलाई जहिले पनि उच्च सम्मानका साथ सामाजिक रुपमा स्थापित गराउन जोड दिँन्छ ।

तेश्रो कुरा भनेको शिक्षा हो । हरेक व्यक्तिले आफुलाई आवश्यकीय व्यवहारिक शिक्षामा कम्युनिष्ट पार्टीले योजना बनाउँछ र कार्यान्वयन गर्दछ । बुर्जुवा घोकन्ते शिक्षा भन्दा बैज्ञानिक र व्यवहारिक शिक्षा प्रदान गर्ने भएकोले उच्च शिक्षामा दलित समुदाय लगाएत जनतालाई जोड दिँदछ ।

दलित वर्गको शिक्षा क्षेत्रमा पहुँच विस्तार गर्नका लागि छात्रबृत्ती एवम् निशुल्क शिक्षाको समेत व्यवस्था गर्दछ । व्यक्तिको आर्थिक हैसियतमा रोजेको विषय पढ्न पाउने व्यवस्था गरेको हुन्छ भने रुची भएका तथा हैसियत नभएकाहरुका लागि पनि विभिन्न योजनामा समावेश गराई शैक्षिक अवस्थामा विकास गर्न कम्युनिष्ट पार्टी सदैव कटिबद्ध भएको हुन्छ ।

चौथो विषय भनेको सांस्कृतिक पक्ष हो । यथास्थितिवाद र पश्चगमनको विरुद्ध शत्तिसाल जस्तै भएर बुर्जुवा र मनगढन्ते, कुसंस्कारका विरुद्ध निरन्तर लडिरहन्छ । बैज्ञानिक समाजवादको लक्ष्य लिएर अघि बढिरहेको सन्दर्भमा नेकपाले अहिले अति हिन्दुवादी कुसंस्कारका विरुद्ध डटेर लागिरहेको छ ।

कम्युनिष्ट पार्टीले धार्मिक स्वतन्त्रताका नामा धर्मका आधारमा हुने विभेदलाई अस्वीकार गर्दछ र समतामूलक समाजको निर्माणमा जोड दिँदछ । धार्मिक स्वतन्त्रता व्यक्तिमा निहित हुन्छ तर कसैले कुनै धर्मका आधारमा समाजमा जो कसैलाई अन्याय, थिचोमिचो गर्दछ भने त्यसलाई कार्बाही गर्दछ ।

कम्युनिष्ट पार्टीले जहिल्यै पनि अन्याय, अत्याचारका विरुद्धमा जनतालाई संघर्ष गर्न अभिप्रेरित गर्दछ र त्यस्ता संघर्षको नेतृत्व कम्युनिष्ट पार्टीले गर्दछ । सांस्कृतिक रुपमा समाज वा वर्ग सुहाउँदो संस्कारलाई जोड दिँन्छ भने धर्म संस्कृतिका नाममा हुने अमानवीय कुसंस्कारका विरुद्धमा निरन्तर लडिरहन्छ ।

धर्म र संस्कारका नाममा दासत्व बन्नु हुँदैन भन्ने मुल्य मान्यता राख्ने भएकोले कम्युनिष्ट साझा चरित्र र बैज्ञानिक समाजको निर्माणमा जोड दिई समतामूलक समाज बनाउने अभियान लाग्दछ ।

अन्तितम वा पाँचौ कुरा भनेको राजनीतिक हो । दलित वर्गको राजनीतिमा सहभागिता केहि वर्षअघिसम्म शुन्य जस्तै थियो तर संविधान निर्माण पछिको पहिलो चुनावमा हेर्ने हो भने दलितको राजनीतिक नेतृत्वमा सहभागितालाई सुनिश्चित गराइएको छ ।

राजनीति भनेको राज्य सञ्चालनको प्रमुख क्षेत्र भएका कारण अत्यन्तै संवेदनशील भएर कम्युनिष्ट पार्टीले दलित वर्गका लागि विशेष अधिकारको प्रत्यायोजन गरी दलित वर्गको क्षमता र योग्यताका आधारमा विशेष प्राथमिकता दिएको छ ।

हरेक संरचनामा संगठनमा दलित समुदायका व्यक्तिको सहभागिता सुनिश्चित गर्नु कम्युनिष्ट पार्टीको मुख्य कर्तव्य हुने भएकोले त्यस जिम्मेवारी पार्टीले निर्वाह गरेको छ ।

यस आधारमा दलित वर्गको मुक्ति केवल कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ भन्ने स्पष्ट हुँदा हुँदै पनि कतिपय दलितहरु विभिन्न आशा र अवसरको दौडमा गैर कम्युनिष्टहरुको झण्डा बोक्न दौडिरहेका छन् ।

उनीहरुसँग जन आधार शुन्य हुँदाहुँदै पनि नेताहरुको आसेपासे बन्ने र दलितका नाममा कतै कोटाबाट फड्को मारिहालिन्छ कि भनेर ढुकिरहेका छन् । त्यो भनेको व्यक्तिको अवसरवादी स्वार्थी सोंच मात्र हो । त्यस्तो नेतृत्वले दलितको मुक्ति सम्भव छैन ।

देशभरीकै सन्दर्भमा हेर्ने हो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाई बहुमतको सरकार छ । प्रदेश र संघमा पनि नेकपाकै सरकार छ यो सत्य हो ।

आज गैर कम्युनिष्टहरु कम्युनिष्ट पार्टीले गरेका सामाजिक विकास तथा भौतिक र प्राविधिक विकासका कारण अत्तालिएका छन् । उनीहरु सरकारले यहि रफ्तारमा काम गर्याे भने दुई \ चार दशक यो मुलुकमा अरु शक्तिको पालो नआउला कि भनेर दिनहुँ घटनामा आधारित विरोधका कार्यक्रमहरु भईरहेका छन् ।

राजनीति भनेको घटनामा आधारित छैन विचार र दर्शनमा आधारित हुनुपर्छ । अहिले गैरकम्युनिष्टहरु एकै मोर्चामा एकताबद्ध हुन खोजिरहेका छन् त्यो भनेको सत्ता प्राप्ति मात्र लक्ष्य हो ।

यत्रो जनताको बहुमत पाएर निर्वाचित सरकारलाई त प्रश्न उठाउने र अवरोध गर्ने शक्तिहरु भोली मिलाेमतोमा आन्दोलनको बलमा सत्ता प्राप्ती भईहाल्छ र सत्तामा पुगौला भनि सपना देख्नु मुर्खता मात्र हो ।

अहिलेको बिरोध उनीहरुको लक्ष्य भनेकै आगमी निर्वाचनलाई असर पुर्याउने मात्र भएकोले त्यो भ्रमको खेती मात्र हो । उनीहरुले दलित लगायतका उत्पीडित जाति, धार्मिक समुदाय, वर्ग, लिङ्गलाई अधिकार सम्पन्न बनाउने होइन, तत् समुदायलाई भ¥याङ्ग बनाएर सत्ता प्राप्तिमात्र साझा लक्ष्य भएकोले आज दलित वर्गका समस्त व्यक्तिहरु प्राप्त उपलब्धीको रक्षा गर्दै दलित मुक्तिको लागि एकताबद्ध हुन नेकपामा संगठित बन्नुपर्दछ ।

यो बेला पार्टीले मुल्याङकन गरेन वा जिम्मेवारी पाइएन भन्ने गुनासो पनि नगरी आफ्नो क्षेत्रबाट पार्टी विस्तार गर्ने, आम जनतालाई कम्युनिष्ट पार्टीको सदस्य बनाउने र उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र राजनीतिक पहुँच विस्तार गरेर दलित मुक्तिको अभियानमा सहभागि बन्नु अहिलेको मुख्य कर्तव्य हो ।

सामन्त, नोकरशाही, दलाल, पुँजीपतिहरुले कम्युनिष्ट बिचारधारा र कम्युनिष्ट पार्टीको बद्नाम गरेर आफ्नो निहित र व्यक्तिगत स्वास्थ्र्यका लागि भ्रामक, कपोलकल्पित, मनगढन्ते बकवास फुकिरहँदा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र सदस्यहरु नतमस्तक बन्नु हुँदैन ।

कतिपय कम्युनिष्ट पार्टीकै विभिन्न तहमा बसेका नेतृत्वहरु पनि कम्युनिष्ट नभएका हुन सक्छन् । उनीहरु कम्युनिष्ट पार्टीको खोल ओढेर छदम भेषी रुपमा पार्टी, संगठनमा रहि आएका छन् भने पनि उनीहरुलाई पार्टीको नेतृत्वबाट क्रमशः किनारा लगाउनु पर्छ । विचार बिनाको पार्टी हुँदैन ।

माक्र्सवाद (लेलिनवाद) (माओवाद) (माओ) विचार धारामा आधारित पार्टी भएकोले यसको लक्ष्य भनेकै समतामूलक समाज निर्माण गरी जनताका शासक जनता आफै बन्ने र सभ्य, विकसित समाज बनाइने भएकोले वास्तविक रुपमा दलित मुक्तिको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै अहिलेको एकमात्र बिकल्प हो ।

कतिपयलाई लाग्नसक्छ समाज परिवर्तन राजनीतिक विना पनि गर्न सकिन्छ तर त्यो भ्रम मात्र हो । नेपालमा विधिको शासन छ, नियम, पद्धतिमा आधारित राज्यसत्ता भएकोले अब हरेक जनता स्वतन्त्रताको नाममा ढुलमुले चरित्र प्रदर्शन गर्नुभन्दा परिवर्तनकारी क्रान्तिकारी शक्तिहरु एकीकृत र गोलबन्द भई आमुल परिवर्तनको दिशातर्फ लम्किने बेला भएको छ । जब संगठन बन्छ तब योजना बन्छ, योजना बनेपछि कार्यान्वयन गर्न पनि संगठन चाहिन्छ

यसैले अहिले नेकपालाई योजना  हो । त्यसैले पनि नेपालका अन्य ठाउँकाे तुलनामा अघिल्लो पङ्क्तिमा आउँदछ अब विश्वमा नै प्रतिष्पर्धा गर्ने सहरका रुपमा विकास गर्न सक्ने अवस्थामा पु¥याउन योजनाबद्ध रुपमा लागि परौं । यो सम्भव छ, ।सबै दलित समुदायकाे मुक्ति नेपाल कम्युनिस्ट पार्टी( नेकपा) भित्र छ।त्यस कारण म नेकपा भएकाे हुँ ।

चर्चामा

सम्बन्धित समाचार