बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कोरोना महामारीमा टुकुमार पन्त किशोरकाे बुझाइ

कोरोना महामारीमा टुकुमार पन्त किशोरकाे बुझाइ

  • मङ्लबार, भदौ २३, २०७७
कोरोना महामारीमा टुकुमार पन्त किशोरकाे बुझाइ

टुकुमार पन्त–सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा हार्दिक नमस्कार । मेरो नाम टुकुमार पन्त हो, म धनगढी उपमहानगरपालिका वडा नम्बर ३ धनगढीमा वस्दछु ।
म ऐश्वर्य विध्या निकेतन धनगढी, हसनपुरवाट कक्षा नौ पास गरेर हाल दश कक्षामा अध्ययन गर्ने विद्यार्थी हु, तर लकडाउनको कारण विद्यालय वन्द रहेकोले हाल घरमै वसिरहेको छु । मेरो उमेर १६ वर्ष हो ।
श्रीमान मूल्याङन समितिका अध्यक्षज्यू, मूल्याङकन समितिका सदस्यज्यूहरु तथा उपस्थित सम्पूर्ण गन्यमान्य व्यक्तित्वज्यूहरु,
आज म राष्ट्रिय वाल दिवस २०७७ को उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले वाल दिवसको उपलक्ष्यमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन गईरहेको छु
यो वर्षको वाल दिवसको नारा ः विपदमा वाल अधिकारको सुनिश्चतता ः हामी सवैको साझा प्रतिवद्धता रहेको व्यहोरा सवैमा जानकारी गराउन चाहन्छु ।
सोही शिलशिलामा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको आजको वक्तृत्वकलाको शिर्षक कोभिड– १९ ले वालवालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्युनिकरणका उपायहरुवारे म आफनो कुरो राख्न चाहन्छु ।
महोदय,
वालअधिकार सम्वन्धी अन्र्तराष्ट्रिय महासन्धि १९८९ को भाग १ को धारा १ अनुसार १८ वर्षमुनी उमेर भएका व्यक्तिहरुलाई वालवालिका भनेर परिभाषित गरिएको छ ।
हाल विश्वको कुल जनसंख्या ७ अरव ८० करोड रहेकोमा त्यस्को करीब २९ प्रतिशत (२ अरव २७ करोड) जति १८ वर्ष मुनिका वालवालिकाको संख्या रहेको छ । नेपालको हालको जनसंख्या दुई करोड ९२ लाख जती रहेको र त्यसको करीब ३० प्रतिशत (८८ लाख) जति १८ वर्षमुनीका वालवालिका रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।
सुदूरपश्चिम प्रदेशको जनसंख्याको कुरा गर्ने हो भने हाल करीब २९ लाख कूल जनसंख्या रहेको छ । यस प्रदेशमा पनि आठ लाख ७० हजार जति १८ वर्षमुनीका वालवालिकाको संख्या रहेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विपद भन्नाले छोटो वा लामो समयसम्म गम्भीर किसिमको मानव, भौतिक, वातावरण तथा आर्थिक क्षति हुने र प्रभावित समुदायले आफनै स्रोत साधनले प्रतिकार वा व्यवस्थापन गर्न नसक्ने अवस्थालाई जनाउदछ । जस्तैः भूकम्प, वाढी, पहिरो, चटयाङ, अतिवृष्टि, अनावृष्टि, लू, तूफान (Cyclones/Storm) तथा रोगको महामारी आदि विपदका उदाहरण हुन ।
नेपालको संविधान २०७२ को धारा ३९ मा वालवालिकाको हक अन्र्तगत उपधारा १ देखि १० सम्म वालवालिकाको शिक्षा स्वास्थ्य लगायत सर्वाङगीण व्यक्तित्व विकास आदि हकहरु उल्लेख गरिएको छ ।
संविधानकै धारा ३१ मा शिक्षा सम्वन्धी हक र उक्त धाराको उपधारा १ देखि ५ सम्म आधारभूत शिक्षाको पहुच हुने तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक आदिको व्यवस्था गरिएको छ ।
शिक्षाको साथसाथै वालवालिका समेतको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्वन्धी हकको व्यवस्था गरिएको व्यहोरा अवगत गराउन चाहन्छु । सोही धाराको उपधारा १ देखि ४ सम्म आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवा वाट कसैलाई वंचित नगरिने आदि व्यवस्था गरिएको छ ।
कोभिड १९ को परिचय
२०१९ को मध्यवाट चिनको वुहानवाट शुरु भएको कोभिड—१९ को विश्वव्यापी महामारी तिव्ररुपमा फैलिदै पाकिस्तान, ईरान, ईटली अमेरिका भारत हुदै नेपाल लगायत विश्वभरी फैलिएको छ ।
यो रोग नियन्त्रण र रोकथामका लागि विश्वभरि नै लकडाउन, निषेधाज्ञा, क्वारेन्टाइन, होम क्वारेन्टाइन, आईसोलेसन, होम आईसोलेसन, सामाजिक दूरी, मास्कको प्रयोग, सावुन पानी वा स्यानिटाईजरले हात मिचिमिची धुने र भीडभाड नगर्ने आदि गतिविधि हुदै आएका छन ।
कोरोनाको शंकास्पद व्यक्तिको नाक र घाटीवाट स्वाव संकलन गरि पीसीआर परीक्षणको लागी सुविधा भएको प्रयोगशालामा परिक्षण गरेर संक्रमण निदान गर्र्नेे कार्य नेपाल लगायत विश्वभरि भइरहेको छ ।
लक्षण देखिएका व्यक्तिहरुको अस्पतालहरुमा उपचार भइरहेको छ भने लक्षणविहिन व्यक्तिहरुलाई आइसोलेसन वा होम आईसोलेसनमा राखेर व्यवस्थापन भइरहेको देखिन्छ ।
विश्व नै कोभिड—१९ संक्रमणले आक्रान्त भएको वेला १८ वर्षमुनिका वालवालिका लगायत, गर्भवति, सुत्केरी, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिकहरु र दीर्घरोगीहरु समेत यो रोगको वढी जोखिममा रहेका छन भने भविष्यका कर्णाधार वालिवालिका यो रोगको चपेटावाट मुक्त रहन सकेका छैनन् ।
कोरोना भाईरस डिजिज (छोटकरीमा कोभिड १९) भन्ने एक किसिकमको भाईरसवाट सर्ने नयाँ सरुवा रोग हो, जुन रोगको किटाणु सन २०१९ मा चिनमा पत्ता लागेको हो ।
यो श्वाशप्रश्वासको माध्यमवाट संक्रमित व्यक्तिले खोक्दा, हाच्छियु गर्दा नजिकमा रहेका स्वस्थ्य व्यक्तिलाई श्वास लिदा एक व्यक्तिवाट अर्को व्यक्तीमा सजिलै सर्दछ । यो रोगका मुख्य लक्षणहरु ज्वरा आउने, खोकी लाग्ने र स्वाश प्रश्वासमा समस्या आउनु हो भने सहायक लक्षणहरुमा थकाई लाग्ने, जीउ दुख्ने, आलस्य उत्पन्न हुन, घाँटी दुख्ने, टाउको दुख्ने, स्वाद थाहा नहुने हो भने कसै कसैलाई झाडापखाला वा वान्ता समेत हुनसक्ने हुन्छ ।
हालसम्म विश्वमा दुई करोड ७० लाख मानिसहरुमा यो किटाणुले संक्रमण गरेको छ , आठ लाख ८४ हजारको मृत्यु भइसकेको छ भने एक करोड ९२ लाख मानिसहरु यो संक्रमणवाट निको भइसकेका छन । हाल ६९ लाख ९७ हजार जति सक्रिय केशहरु रहेका छन, जसमध्ये ९९ प्रतिशत (६९ लाख ३७ हजार) को स्वास्थ्य अवस्था सामान्य रहेको छ भने १ प्रतिशत (६० हजार १२७ जना) मा गम्भीर किसिमका लक्षण चिन्हहरु देखिएर उपचारमा रहेका छन ।
नेपालमा हालसम्म ४५ हजार २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८० जनाको मृत्यु भइसकेको छ । २७१२७ जना निको भइसकेका छन वाँकी रहेका व्यक्तिहरु सक्रिय संक्रमणको अवस्थामा रहेका छन ।
सुदुरपश्चिम प्रदेशको सन्दर्भमा हेर्ने हो भने हालसम्म ६०१८ जनामा संक्रमण पुष्टि भएको, ११ जनाको मृत्यु भएको र ५१९८ जना निको भएका तथा ८०९ जना अहिले पनी सक्रिय संक्रमणको अवस्थामा रहेको कुरा अवगत गराउन चाहन्छु ।
जम्मा संकमितमध्ये करीब ३० प्रतिशत जति वालवालिकामा कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।
यो रोगको निदान महंगो प्रविधि पीसीआरवाट हुने गरेको र रोग लागि सकेपछि हाल सम्म कुनै अचूक औषधि उपचारको व्यवस्था नभएको र लाक्षणिक उपचारमात्रै हुने गरेको छ भने हालसम्म यो रोग विरुद्धको प्रभावकारी खोप समेत पत्ता लागेको छैन ।
अव म कोरोना संक्रमणको कारणले शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव वारे भन्न गईरहेको छु
तिव्ररुपमा विश्वभर फैलिरहेको कोरोनाको महामारी र यस्को सन्त्रासले विश्वभरको शिक्षाक्षेत्र, स्वास्थ्यक्षेत्र र सामाजिक—आर्थिक क्षेत्र लगायत सवै क्षेत्रलाई नराम्रोसग प्रभावित पारेको छ ।
यो रोगको संक्रमण नफैलियोस भनेर विश्व स्वास्थ्य संगठनले सुझाएका रोकथाम तथा नियन्त्रणका उपायहरु विश्वभर लागू गरिएका छन, मानिसहरुको एक देशबाट अर्को देश र एक ठाउबाट अर्को ठाउमा आवतवजावत रोक्न शुरुमा लकडाउनको घोषणा गरिएको थियो ।
नेपालमा पनि २०७६ चैत्र ११ गतेबाट हालसम्म देशभर लकडाउनको अवस्था कायम रहेको छ । देशमा लकडाउन प्रभावकारी हुन नसकेको र तराईका जिल्लाहरु तथा काडमाण्डौ उपत्यकामा हालका दिनहरुमा कोरोना संक्रमण दिनानुदिन वढदै गईरहेकोले केही जिल्लाहरुमा निषेधाज्ञासम्म गर्नु परेको अवस्था सवै सामु छर्लङ्ग नै छ ।
यस्तो विषम परिस्थितिमा भारत लगायत जोखिम क्षेत्रवाट आएका नागरिकहरुवाट समुदायमा कोरोना नफैलियोस भनी सरकारले विद्यालयहरुलाई क्वारेन्टाईन वनाएको अवस्था एकातिर छ भने विद्यालयमा अध्ययन अध्यापन गराउदा भीडभाड हुने र यसरी भीडभाड हुदा विद्यार्थी तथा शिक्षकज्यूहरुमा कोरोना सर्ने डरले विद्यालयहरु वन्द रहेको अवस्था अर्कोतर्फ रहेको छ ।
दुर्गम पहाडी र हिमाली जिल्लाहरुमा त कोरोना पोजेटिभ भएकाहरुको लागि आईसोलेसन सेन्टर समेत विद्यालयहरुमा व्यवस्थापन गरिएको छ ।
लामो समय विद्यालय जान नपाउदा र पढाई ठप्प हुँदा हामी जस्ता विद्यार्थीहरुको एकातिर शैक्षिक सत्र नै खेर जाने अवस्था रहेको देखिन्छ भने अर्कोतर्फ पढाई नहँुदा ज्ञान हासिलमा नकारात्मक प्रभाव परिरहेको छ । सरकारले अनलाईन, टिभी, तथा रेडियोवाट अध्ययन अध्यापन गर्न गराउन समेत नेपाल जस्तो देश जहा सवै विद्यार्थीको पहुँचमा सो सुविधा नरहेकोले शिक्षा क्षेत्र र शिक्षा प्राप्त गर्ने विद्यार्थी र शिक्षा प्रदान गर्ने अध्यापक ज्यूहरुलाई नराम्रोसग चपेटामा पारेको छ ।
प्राईभेट विद्यालयका शिक्षकहरुले तलव भत्ता समेत हालसम्म भुक्तानी हुन नसकिरहेको र परिवार पाल्ने समस्या एकातिर विद्यमान छ भने अर्कोतिर पढाई नै नभैकन विद्यार्थीका अभिभवकाले फि तिर्न पनि नमान्ने अर्कोतिर समस्या रहेको छ ।
सरकारी विद्यालयहरुका अध्यापकहरु पनि यो समस्याबाट केही न केही रुपमा प्रभावित नै भएको पाइन्छ । वाहिरी जिल्लावाट शहरमा आएर अध्ययन गर्ने विद्याथीहरुलाई कोठा भाडा समेत त्यत्तिकै तिनुपर्ने अवस्था रहेको छ ।
स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने कोभिड १९ को कारणले वालिवालिकाको शारीरिक, सामाजिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ । जम्मा संक्रमितमध्ये करीब ३० प्रतिशत भन्दा वढी वालवलिकाहरुकमा कोरोनाको संक्रमण फैलिएको अनुमान गरिएको छ ।
वालवालिकाहरुको रोगसँग लड्ने प्रतिरोधक क्षमता वयस्कहरुको भन्दा कम हुने, अझै गरीब र कुपोषित वालवालिकामा त रोग सर्ने सम्भावना झनै वढी हुने भएकोले रोग हुने र मृत्यु हुने दर वालवालिकामा वढी भइरहेको छ ।
अर्कोतिर कोरोनाको सन्त्रास समाजमा व्याप्त भएकोले कोरोना प्रभावित वालवालिका तथा उस्को परिवारलाई समाजवाट माया र सदभाव तथा सहयोगको सट्टा घृणा र चरम सामाजिक विभेद भएर वालवालिकाहरुको सामाजिक स्वास्थ्य समेत नराम्रोसँग प्रभावित भएको कसैवाट छिपेको छैन ।
कोरोना लागेको परिवारलाई हेय तथा छिछि दूरदूर गर्ने र निको भईसकेपछि पनि सडकमा हिडदा समेत निजवाट कोरोना सरिहाल्ने हो कि भन्ने मानसिकता समाजमा व्याप्त रहेको देखिन्छ ।
जोखिम क्षेत्रका वालवालिकाले आफनो गृह जिल्ला जादा अव्यवस्थित कवारेन्टाइनमा १४ दिन वस्दा होस वा संक्रमित भईसकेपछि अव्यवस्थित आईसोलेसनमा वस्दा होस वा रोगको कारण थला परेको अवस्था होस वा सामाजिक विभेद तथा घृणाको कारण नै किन नहोस मानसिक पीडा र डिप्रेसन जस्ता समस्या वालवालिकाहरुमा परेर केहीले आत्महत्या समेत गरेको उदाहरणहरु पत्रपत्रिका तथा समाचारवाट सुन्न पाइएको छ । संक्रमित वालवालिकाहरुको उपचारको लागि अस्पताल जादा समेत स्वास्थयकर्मीहरुले आफूलाई कोरोना सर्छकी भन्ने डरले वालवालिकाको उचित उपचार र मधुरवोली नसुन्दा विरामी वालवालिकाको मन झनै खिन्न हुने र स्वास्थ्य अवस्था झन खराव हुने गरेको पाइएको छ ।
अस्पतालहरुमा उचित तथा पर्याप्त वेड, जनशक्ती र आधुनिक औजार उपकरण र औषधीको अभाव भए पनी हालका दिनमा सरकारले सवै कुरामा अभिवृद्धि गरिरहेका पाईएको छ तथापी यो सवेवा भफै पर्याप्त छैन ।
कारोना रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपायहरु उलघंन भइरहेकोले संक्रमण दर दिनानु दिन वढीरहेको छ । कोरोना संक्रमणको कारण व्यापार, उद्योग, कलकारखाना तथा व्यवसाय समेत चौपट रहेको, कृषि क्षेत्रमा समेत मल खाद लगायत दक्ष जनशक्ती समेत उपलव्ध नभएको कारण उत्पादनमा नकारात्मक असर परेको छ ।
समग्रमा देशको कूल ग्राहस्थ उत्पादनमै नकारात्मक असर परेर नेपाल लगायत विश्व अर्थतन्त्र नै धरमराएको अवस्था विश्व वैकले प्रकाशित गरेको तथ्यबाट अवगत हुन सकिन्छ ।
अव म कोभिड– १९ न्युनिकरणका उपायहरुवारे म आफनो कुरो राख्न चाहन्छु,
श्रीमान

कुनै पनि रोगको संक्रमण दरको तिव्रता, सो रोगको किटाणुले मानिसलाई रोगको चिन्ह लक्षण सहित रोगी वनाउन सक्ने क्षमता, रोगको कारण विरामी भै थला पर्ने समयावधी, रोगको निको हुन दर, रोगको कारण शारीरिक तथा मानसिकरुपमा हुने अपांगता तथा रोगको कारणले हुने मृत्युदर गरी छ वटा आधार वनाई कुनै पनि रोग कति गम्भीर किसिमको छ भनि विश्लेषण गर्ने प्रचलन हुन्छ , कोरोनाको सन्दर्भमा हेर्न हो भने यस्को संक्रमण तिव्र वा वढी भए पनि अन्य ५ वटा आधारहरु एकदमै न्यून भएकोले विश्वभरी र नेपालमा कोरोनाको वारेमा जे जस्तो सन्त्रास फैलाइएको छ त्यो युक्ती संगत भएको देखिदैन ।
तथापि यो रोग विश्वमै नयाँ रोग भएकोले हामी सवैले उच्च सर्तकता, सावधानीका साथसाथै रोकथाम, नियन्त्रण र उपचार गर्ने उचित व्यवस्था गर्नु नै वुद्धिमानी ठहर्छ ।
शिक्षा क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न तपसिल अनुसारका कार्यहरु गर्दा उचित हुने व्यहोरा अनुरोध गर्दछु
१. विद्यालयहरुलाई क्वारेन्टाईन र आईसोलेसन सेन्टर नवनाई क्वारेन्टाईन र आईसोलेसको वैकल्पिक व्यवस्था गरिनु पर्दछ ।
२. यो रोगको मृत्युदर अन्य कतिपय समाजमा विद्यमान सरुवारोग र नसर्नेरोगहरु भन्दा अति नै न्यून अथवा एक प्रतिशत भन्दा पनि कम भएकोले “सरभाईभल अफ द फिटेस्ट” भन्ने डार्विनको सिद्धान्तलाई समेत मध्य नजर गरेर कोरोना रोग विरुद्धका सावधानी अपानाई विद्यालयहरुलाई विस्तारै अध्ययन अध्ययपन गर्न खुला गरिनु पर्दछ ।
३. केही नहुनु भन्दा केहि हुनु जाति भने जस्तै अनलाईन, टिभी तथा रेडियाबाट तुरुन्तै कक्षा संचालन गरिनु पर्दछ, र सर्वविद्यार्थीलाई दूर शिक्षाको पहुँचमा ल्याउन उचित उपाय अवलम्वन गरिनु पर्दछ ।
४. क्वारेन्टाईन र आईसोलेसन रहेका विद्यालयहरुलाई निर्मलिकरण गरिनु पर्दछ ।
५. प्राईभेट विद्यालयका शिक्षकहरुलाई राहत प्रदान गरिनु पर्दछ, साथसाथै सरकारी विद्यालयका राहत दरवन्दी आदिमा काम गर्ने शिक्षकहरुलाई समेत उचित क्षतिपूर्ति दिई निजहरुको परिवारका सदस्यहरुलाई लालनपालन गर्न सक्ने व्यवस्थाको लागि आर्थिक सहयोग गरिनु पर्दछ ।
६. सक्ने र क्षमता भएका अभिभावकहरुले स्वईच्छाले वैशाखदेखिको फि तिरेर विद्यालय र अध्यापकहरुलाई सहयोग गरिनु पर्दछ ।
७. खाली दिमाग सैतानको घर भने जस्तै विद्यार्थीहरुलाई भरमै भए पनि अभिभावकले नियमित निगरानी ग पढने र सिक्ने वातावरण कायम गरिनु पर्दछ, घरायसी काममा समेत वालवालिकालाई संलग्न गराई व्यस्त राख्नु पर्दछ ।
स्वास्थ्य क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न तपसिल अनुसारका कार्यहरु गर्दा उचित हुने व्यहोरा अनुरोध गर्दछु
१. कोरोना के हो र के होइन यसको वारे एफएम, टिभी, पत्रपत्रिका, अनलाईन, फेसवुक आदि संचार माध्यमवाट व्यापकरुपमा यसको सत्य तथ्यतावारे जनचेतना अभिवृद्धि गरिनु पर्दछ ।
२. कोरोनाको उच्च जाखिमवाट आएका वालवालिकाहरुलाई क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा उचित वसोवास, पोषणयुक्त खाना, सरसफाई, मनोरञ्जन आदिको व्यवस्था गरेर एक आपसमा रोगको संक्रमण नफैलिने उचित व्यवस्था गरिनुपर्दछ ।
३. कोरोना पोजेटिभ आएका वालवालिकाहरुलाई पनि उचित स्याहार, सुसार, खानपान, मानसिक तनाव कम गर्न वातवारण आदि कायम गरिनु पर्दछ । लक्षण चिन्ह देखिएकाहरुको हकमा विशेष लाक्षणिक उपचार सहति उचित हेरचाह र मायाको वातावरण सृजना गरिनु पर्दछ ।
४. कोरोनाको वारेमा प्रचार भइरहेका मिथ्या कुराहरुलाई चिरी सामाजिक सदभाव र सहयोग वढाउन सम्वन्धीत सरोकार निकायहरु जस्तै संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहले विशेष भूमिका खेल्नु पर्दछ ।
५. व्यक्तिगत सुरक्षा साम्रगीहरुको उपलव्धता, औषधि, ओजार उपकरण तथा निदान गर्ने व्यवस्था सजिलो र सहज गरिनु पर्दछ ।
६. माानसिक स्वास्थ्यसँग सम्वन्धीत उचित शिक्षा र परार्मश वृहतरुपमा संचालन गरिनुपर्दछ ।
७. सामाजिक भेदभाव तथा घृणा फैलाउने, सेवा दिईरहेका स्वास्थ्कर्मीलाई माथि आक्रमण गर्ने व्यक्तिहरुलाई प्रचलित कानूज वमोजिम कडा भन्दा कडा कारवाही गरिनु पर्दछ ।
८.अस्पतालहरुमा कोरोना संक्रमण भएका वा रोगका चिन्ह लक्षण देखिएका वालवालिकहरुको लागि विशेष किसिमको उच्च सुविधा सहितको वार्ड स्थापना गरेर उपचार सेवा दिइनु पर्दछ ।
अन्तमा, कोरोना संक्रमणको विश्वव्यापी महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न विश्वस्तरमा सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्दछ ।
शान्ति र विश्ववन्धुत्वको भावना कायम राख्दै सवै मिलि यो महामारीलाई परास्त गर्नु आजको आवश्यकता देखिएको छ । महामारीको कारण सम्पूर्ण मानव जाति अझै विशेष गरेर भविष्यका कर्णधार वालवालिकाहरुलाई यो जोखिमवाट वचाइ वालवालिकाहरुको शिक्षा र स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई समयमै हटाइ, देशको सामाजिक आर्थिक अवस्थालाई सदृढ गर्दै संविधानले दिएको वालवालिका सम्वन्धी हक तथा अधिकारहरुको पूर्ण कार्यान्यनमा सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, समाज, परिवार तथा व्यक्ती विशषले समेत सकारात्मक भूमिका खेलुन भन्ने आग्रहका साथ मेरा भनाईहरु यहि टुग्याउदछु । धन्यवाद, नमस्कार ।
(विद्यार्थी पन्तले आज भदौ २२ गते प्रदेश स्तरीय विपदमा वाल अधिकारको सुनिश्चतता ः हामी सवैको साझा प्रतिवद्धता शिर्षकको वक्तृत्वकला प्रतियोगिताका लागि तयार पारेको सामाग्री उपयुक्त ठानेर प्रकाशित गरिएको हो )

चर्चामा

सम्बन्धित समाचार