मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • शिक्षा
  • अन्यौलको भमरीमा शैक्षिक सस्थाहरू

अन्यौलको भमरीमा शैक्षिक सस्थाहरू

  • मङ्लबार, भदौ ९, २०७७
अन्यौलको भमरीमा शैक्षिक सस्थाहरू

सरकारले चैत्र ११ गतेदेखि २०७७साउन ६ गतेसम्म घोषित रुपमा लकडाउन गर्याे । २०७७ बैशाख १५ गते राजपत्रमा सुचना प्रकाशित गरि लकडाउन अवधि लाई खाईपाई आएको सुविधा पाउने गरि सार्वजनिक बिदासमेत कायम गर्याे । २०७७ साउन ७ गतेदेखि लकडाउन समाप्त भयो तर शैक्षिक सस्थाहरुमाथिको बन्देज भने कायम नै रह्यो । शैक्षिक सस्थाहरुमाथिको प्रतिबन्ध कायमै रहदा शिक्षकहरूको सार्वजनिक बिदा समाप्त भएको हो कि होइन, यो कुरामा शिक्षक लगायत शिक्षासँग सरोकार राख्ने निकायमा अन्यौलता छाएको छ ।
यश अन्यौलतापुर्ण स्थितिमा आजकाल ठाउँ बिशेषमा अनेकथरि गाईजात्रा चलिरहेको अवस्था छ । कतै शिक्षकहरूले हाजिरी लगाई रहेका छन भने कतै शिक्षकहरु विधालयसम्म पुग्न नसकिरहेको अवस्था छ, कतै आलोपालो प्रणाली चलिरहेको छ । कतै बिधालयको कार्यालय समेत खुलेको छैन । स्थानीय स्तरमा रहेका शिक्षकलाई कुनै समस्या छैन तर जिल्ला बाहिर रहेका शिक्षकहरूले के गर्ने ? सार्वजनिक यातायात नचलेको अवस्थामा कसरी कार्य क्षेत्रमा पुग्ने र बस्ने ? शैक्षिक गतिविधि सञ्चालन नभएको अवस्थामा झिङ्गा धपाएर बस्ने कि के गर्ने ? साउन मसान्तभित्र कार्य क्षेत्र पुग्नुपर्ने सरकारि निर्देशनको औचित्य के रहन्छ प्रष्ट पारिदिनु पर्छ कि पर्दैन ? कतिपय ठाउँमा दैनिक बिधालय आउनुपर्ने उर्दी जारी गरेर बाध्य पारिएकोछ भने कतै हाइसन्चो छ । सधैंभरि अन्योलको अवस्था कायम रहदा अनेक खाले समस्या सिर्जना हुने हुदा मन्त्रालयले बोल्नै पर्छ, प्रष्ट पार्नै पर्छ ।
बिधालय निकै सँबेदनशिल क्षेत्र हो जहाँ ६र७ घण्टासम्म सयौं बिधार्थी र शिक्षक दिनभर सँगसँगै हुन्छन् । अन्य सेवाग्राही कार्यालय जस्तो बिधालयमा सेवा प्रवाह सहज हुने विषयनै होइन । स्वभावले नै बिधार्थी अस्थीर र चञ्चले स्वभावका हुन्छन् । त्यसैले बिधालय क्षेत्रमा सामाजिक दुरी कायम गर्ने कुरा त्यति सजिलो छैन, अब्यवहारिक स्वास्थ्य प्रोटोकल बनाएर मात्र हुदैन, हाम्रा भौतिक सँरचना तथा कक्षाकोठाहरु सामाजिक दुरि कायमगरि पठनपाठन गर्न लायक छन कि छैनन ? धेरै बिधालयहरु क्वारेन्टाइन बनेका छन , निर्मलिकरण गरिएका छैनन । धेरै जटिलताहरु छन जस्तै शिक्षक , कर्मचारी तथा बिधार्थीहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु मास्क, पञ्जा र स्यानिटाईजर आवश्यक मात्रामा सबै ठाउँमा उपलब्ध गराउन सकिने होकि होइन ? बिधालय आउने शिक्षक, कर्मचारि र बिधार्थीको सामान्य स्वास्थ्य जाँच ज्वरो नाप्ने जस्ता कार्य कसरी गर्ने ? कोरोना बिमा, स्वास्थ्य उपचारको प्रवन्ध कसरी गर्ने हो ? यसमा सरोकार निकायको भुमिका के कस्तो हुने हो ? कुनै कार्य योजना चाहिने हो कि हैन ? कुनै पुर्व तयारि बिना शिक्षक, बिधार्थीलाई यो महामारिको भुमरीमा होम्न मिल्छ कि मिल्दैन ? आदि इत्यादी कुराहरु
लथालिङ्ग चालाले विनाश निमत्याउने बाहेक केही उपलब्धि हासिल हुने छैन । ज्यानको बाजि थापेर अभिभावकहरूले कलिला नानीहरूलाई बिधालय पठाउने सम्भावना रहदैन । सरकारी दानापानि खाएका शिक्षकहरु त सरकारले निर्देशन दिएमा भोलिनै केटाकेटी पढाउन बाध्य हुन्छन् तर अहिलेको विषम परिस्थितिमा त्यही नै वास्तविक समाधान हो त ? निकास सरकारले नै दिनु पर्छ , बाटो सरकारले नै देखाउनु पर्छ । अहिलेको आवस्यकता भनेको शिक्षक र बिधार्थीलाई सिकाई कार्यमा जोड्नु हो । केवल हाजिरीका लागि बिधालयको आगनमा पाइला टेक्न लगाउने होइन, त्यसको तौरतरिका अलग हुनसक्छन, विधिहरु भिन्न हुनसक्छन् । शिक्षक जहाँ छन , त्यहिबाट सिकाई कृयाकलापमा जोड्ने हो । सबै ठाउँमा एउटै मोडेलले काम नगर्न सक्छ । ठाउँ र परिवेश अनुसारको कार्यक्रम तय गर्नु उपयुक्त हुन्छ । महामारी केहि हदसम्म घट्दै गएको अवस्थामा पठनपाठन सुरु गर्नुपर्ने हुनसक्छ । पाठ्यभार पूरा गर्न चाडपर्व लगायतका सार्वजनिक विदा कटौति गर्नुपर्ने हुनसक्छ । शनिबार पनि पढाउनुपर्ने परिस्थिति सिर्जना हुनसक्छ । त्यसका लागि अहिले देखिनै शिक्षकलाई तयार बनाउनुपर्ने हुन्छन् । त्यसकालागि शैक्षिक सस्थाहरु सञ्चालन नभएसम्मका लागि शिक्षकहरुलाई अनलाइन ट्रेनिङ मात्र तालिममा आवध्द गराउनुपर्छ । अन्य सरकारी कार्यालयमा झै बिधालयका सिमित काम कारवाहि सञ्चालन गर्न आलोपालो प्रणालीमा शिक्षक बिधालयमा जाने परिपाटीको पनि बिकास गर्नुपर्छ ।
जिल्ला बाहिर रहेका शिक्षकहरुलाई जसरि पनि बिधालयमा पुग्नुपर्छ भन्ने बाध्यकारि गराईनु हुदैन, नैतिकताले पनि दिदैन । दिनानुदिन सक्रमित सख्या बढिरहेको अवस्थामा सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान बन्देज लगाई रहेको अवस्थामा , सार्वजनिक यातायात नचलिरहेको स्थितिमा स्थानीयस्तरमा लकडाउन घोषणा भएको र निषेधाज्ञा लागि रहेको परिवेशमा टाढा टाढाका शिक्षकलाई जसरि पनि पुग भनी आदेश जारि गर्नु अब्यवहारिक , अमानवीय र औचित्यहिन छ ।

शिक्षक विधालयमा पुगेर हाजिरी ठोक्दैमा सिकाई हुन्छ ?
त्यसर्थ शिक्षक जहाँ छन त्यहीँबाट सिकाई कृयाकलापमा जोड्ने अवस्था सिर्जना गरिनुपर्छ । अनलाइनको माध्यमबाट हुनसक्छ , टेलिफोनको माध्यमबाट हुनसक्छ । शिक्षक , बिधार्थीकोलागि सियुजि सिम तथा ग्रुपको व्यवस्था गरेर टेलिफोनमार्फत शिक्षक बिधार्थीबिच अन्तरक्रिया चलाउन सकिन्छ । टेलिफोन , रेडियो कार्यक्रममा पहुँच भएकालाई सोहि अनुसार मार्गदर्शन गर्न सकिन्छ । रेडियो , टेलिभिजन तथा मोबाइलको समेत उपलब्धता नहुने समूह सानो हुनसक्छ । तिनिहरुको पहिचान गरि स्वास्थ्य मापदण्डको पालना गरि घरमै गएर सिकाउन सकिन्छ अर्थात बिधालयमै बोलाएर समेत सिकाउन सकिन्छ । वैकल्पिक शिक्षा प्रदान गर्ने सम्बन्धमा विभिन्न कठिनाई आउन सक्छन् । वस्तुगत अवस्थालाई विश्लेषण गरेर शिक्षकहरुको कार्य बिभाजन गरेर काममा लगाउन सकिन्छ । कतिपय शिक्षकहरूले शैक्षिक सामग्रीहरु समेत निर्माण गरेर बस्न सक्छन् । सुचना प्रविधिको जानकारी भएका शिक्षकहरूले सुचना प्रविधिकै प्रयोग गरेर जुम, स्काइप फर विजनेस , म्यासेन्जर जस्ता प्रविधिको प्रयोग गरेर वैकल्पिक कक्षा सञ्चालन गर्न सक्छन ।
त्यसर्थ के गर्ने , कसरी गर्ने भनेर सरकारले ठोस मार्गचित्र प्रस्तुत गर्नुपर्दछ । वैकल्पिक सिकाईलाइ गणना गरेर शैक्षिकसत्रको सुरुवात गर्न सकिन्छ । कक्षा १ देखि १२ सम्मको शैक्षिक सत्रमा एकरुपता कायम गर्न सकिन्छ । पाठ्यक्रमलाई सँकुचन गर्न सकिन्छ ,शैक्षिकसत्रलाई केही समयपछि सम्म घकेल्न सकिन्छ । विकल्प हजार छन , समस्या र चुनौतिसँगै समाधान र अवसरको पनि चाङ लागेका छन । यस्तोमा शिक्षकलाई गाली होईन, प्रोत्साहनको खाचो छ ।बिज्ञहरुले पनि रचनात्मक र ब्यवहारिक उपायहरू सुझाउन सक्नुपर्छ । अहिलेसम्मको जटिल परिवेशमा सरकारी अलमलले अन्यौलता सिर्जना भएको छ , शिक्षकको कारणले होईन । त्यसर्थ विकल्पको बाटो पहिल्याउने कि सरकार ?
जगदीश कार्की (शिक्षक)
श्री रत्न माध्यमिक बिधालय

चर्चामा

सम्बन्धित समाचार