बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका नगरपालिकामा युवा रोजगारसम्बन्धी नीतिगत संवाद

बडीमालिका नगरपालिकामा युवा रोजगारसम्बन्धी नीतिगत संवाद

  • शुक्रबार, जेष्ठ १५, २०८३
सेयर गर्नुहोस् :
बडीमालिका नगरपालिकामा युवा रोजगारसम्बन्धी नीतिगत संवाद

बाजुरा— बडीमालिका नगरपालिकामा युवा रोजगारसम्बन्धी नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना GGE–2.0  (आशाः किशोरीहरूको अधिकार र उद्यमशीलताका लागि) कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा युवाको रोजगारी, उद्यमशीलता विकास तथा कृषि क्षेत्रमा अवसर सिर्जनाबारे व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले युवालाई स्वदेशमै रोजगारीसँग जोड्न स्थानीय सरकारले विभिन्न योजना अघि बढाइरहेको बताए । उनले कृषि, पशुपालन, पर्यटन र साना उद्यममार्फत युवालाई आत्मनिर्भर बनाउने नीति नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गरेका छन । “युवालाई सीप, लगानी र अवसरसँग जोड्न सके मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिन्छ,” नगर प्रमुख खड्काले भने । कार्यक्रममा सहभागी त्रिभुवन बिश्वबिध्यालयका बिज्ञ डाक्टर प्रकाश पौडेलले युवामा बढ्दो वैदेशिक पलायन रोक्न स्थानीय तहले व्यवहारिक तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन । उनले शिक्षा, स्वास्थ्य र रोजगारीबीच समन्वय आवश्यक रहेको बताउँदै युवालाई मानसिक रूपमा सक्षम र उद्यमशील बनाउनुपर्ने धारणा राखेका छन ।

त्यस्तै कृषि विज्ञ रमेश दुलालले बाजुरामा कृषि क्षेत्रमै प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै आधुनिक कृषि प्रणाली, व्यवसायिक खेती तथा बजारीकरणमा जोड दिनुपर्ने बताएका छन । उनले युवालाई कृषि उद्यमसँग जोड्न सके स्वरोजगार सिर्जना हुने र स्थानीय उत्पादन वृद्धि हुने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, युवा, किशोरी समूह, सामाजिक अभियन्ता तथा स्थानीय सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले युवालाई सीपमूलक तालिम, सहुलियत ऋण, बजार पहुँच र उद्यम विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

पलान इन्टरनेश्नल र पिसीविन नेपालको सहयोग तथा बडीमालिका नगरपालिकाको सहकार्यमा आयोजना गरिएको संवाद कार्यक्रममा युवाको आवाज नीतिगत तहसम्म पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजीकरण मदन जैशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार