शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सरकार के तिम्रो मुटु ढुङ्गा कै हो त?

सरकार के तिम्रो मुटु ढुङ्गा कै हो त?

  • सोमवार, भदौ ८, २०७७
सरकार के तिम्रो मुटु ढुङ्गा कै हो त?

✍️सामन्यतया कुनै पनि देशको सिंहासन बागडेार समालेको मान्छेको एउटै लक्ष्य आफ्ना देशका नागरिक लाई सुख सान्ती समिर्धी र देशको बिकास भन्ने नै हुन्छ।जुनदेशमा सुख शान्ति समिर्धी हुन्छ त्यो देशको हरेक क्षेत्रमा निकै बिकास भयको देख्न सकिन्छ।आज भन्दा चालीस पचास बर्स भन्दा पहिले बाहिरको मुलुकहरुलाइ अन्न अनाज निर्यात गर्ने मेरो देश आजका दिनहरुमा दिन प्रतिदिन भोकमरी किन??हुनत सरकार ले भन्छ होला जनसंख्या बढ्दै जादा भोकमरि सिर्जना भयो भन्ला तर तेस्मा जनता कत्ती पनि सहमत छैनन् किन भने क्षेत्रफलको हिसाब हाम्रो भन्दा अलिकती मात्र ठुलो बङ्गालादेश ले आज बिस्वका थुप्रै देशमा अनाज निर्यात गरिरहेको छ।तेहाको जनसंख्या हाल नेपालको भन्दा 6 गुणा बढीलगभग (18,20)करोड छ।यदि जनसंख्या कै हिसाब ले हेर्नेहो भने त हाम्रो भन्दा धेरै भोकमरी हुनुपर्ने हैन र?तेस्तै अन्य मुलुकहरु पनि छन्।
चुनाब भन्दा पहिले एक घर एक रोजगार को नारा दिदै हिड्ने सरकार बिचरा एक जना परदेश बसेर आयको मान्छे ले अब नेपाल मै केही गरेर आफू र देशलाइ मजबुत बनाउछु भन्ने जोस जागरका साथ किर्सी,उधोग,व्यापार तिर हात हाल्छ तर क्षेणभरमै चौपट्ट हुन्छ।उदाहरण त थुप्रै छन त्यो मध्यको ज्वलन्त उदाहरण एकजना मान्छेले केही नयाँ काम गरेर देखाउछु भनेर 2,3 बिगाहा खेतमा केरा खेती गर्छ तर केरा गोडमेल गर्दा सम्म मल बजार मा पाउदैन।तेस्तै अन्य बाली तरकारी हरुमा पनि यस्तै मार खेप्नुपरिरहेको हुन्छ।कुनै तेस्तो बर्ष छैन जुन बर्समा मा मल खाद को सटेज नभयको होस् !!अनि यस्तो अबस्थामा कसरी देशको आयत कम र निर्यात बढी हुन्छ?कसरि देशले छलाङ मार्छ?किर्सिमै आत्मनिर्भर भयको देशले कहिले सम्म चुलोमा पाक्ने दैनिक उपभोग्य सामान देखि फलफूल सम्मको लागि भारत र चिन को मुख ताक्ने??
अब कुरो आयो वैदेशिक रोजगारमा आयका आफ्ना देशका नागरिकलाइ सरकार को लूटाइ।जब एउटा परदेशी परदेशमा हुन्छ उस्ले थुप्रै किसिमका सपना सजायको हुन्छ साथै आफ्ना रणनीति पनि तय गरेको हुन्छ।उस्को एउटै सोच आफुले बिदेशि भुमिमा सिकेको सिपको सदुपयोग गरेर आफ्नै देशमा आफुनी रोजगार बन्ने र अरुलाइ पनि रोजगार दिने भन्ने हुन्छ।तर बिदम्बना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र पाइला राख्ने बितिकै लूट सुरु भैहाल्छ।पछिल्लो समय जुन कोरोनाको नाम मा लूटतन्त्र चलिरहेको छ तेस्को एक लज्जास्पद उदाहरण हो बिदेशबाट आयको एउटा नागरिकले दैनिक दुई हजारको दर ले होटेलमा क्वारेन्टाइन बस्नु पर्ने!!बिदेश भन्ने बितिकै सबैले पैसा कमायको भन्ने हुदैन सरकार?यहाँ छ महिना सम्म रोजगार बिहिन भयका मान्छे थुप्रै भेटिन्छ्न कोहि घरबाट निकालियका हुन्छन भने कोहि कम्पनीबाट।तेस्तो अबस्थामा हरेक देशको नागरिकको एउटै मात्र उपाय आफ्नो देश फर्कने भन्ने नै हो।तर अहिलेको अबस्थामा तेस्तो दुखमा परेको परदेशिलाइ कस्तो मर्का परेको होला सरकार?घरजान लाई टिकट किन्न खोज्छ 15,20 हजार मा पाउने टिकट 70,80 हजार मा पाउछ त्यो पनि पुरै बिचौलियाको माध्यमले अनि यताको अध्यागमन ले तोकियको भन्दा धेरै बसेको भनेर जरिवाना तिराउछ र यतै उस्को गोजि रित्तो भैहाल्छ फेरि नेपालमा आयर दैनिक दुइहजार को दर ले कसरी पैसा तिर्न सक्छ?क्वारेन्टाइन नै बसाउनुभयन भन्न खोजेको हैन!वैदेशिक रोजगारिमा भयका सवैलाइ बिना टिकटमा सित्तैमा घर लैजावोस भन्न पनि खोजेको हैन। तर दुखमा परेको आफ्नै देशको नागरिक जो बिदेशमा रोजगारी गुमायर बसेका छन तिनीहरुमाथी सरकार यति धेरै निर्मम,क्रूर किन????के सरकार तिम्रो ढुङ्गाकै मुटु हो र?के माया लाग्दैन र सरकार? जे देखियो तेहि लेखियो गल्ती भय क्षमायाचना छु सरकार।
बिजय गिरी( हाल UAE)

चर्चामा

सम्बन्धित समाचार