बुधबार, अशोज ७, २०७७
  • होमपेज
  • बडिमालिका
  • फाइदाको राजनीति, घाटामा बिजुली

फाइदाको राजनीति, घाटामा बिजुली

  • सोमवार, भदौ १, २०७७
फाइदाको राजनीति, घाटामा बिजुली
    लक्ष्मण जाेशी

    वि.स. २०५० सालमा शिलगढी बाट धनगढी जाँदै गर्दा पहिलो पटक दिपायलमा बिजुली बलेको देख्न पाएको थिए।बिजुली बेलेको देख्दा खुसिको सिमा नै रहेन । जताततै उज्यालो रात पनि दिन जस्तो लाग्ने ।बिजुलीको बारेमा सामान्य जानकारी भए पनि देख्न,छुन र उपयोगका बारेमा थाहा थिएन ।जब धनगढी पुगियो तव बिजुलीको महत्व थाहा भयो । हिजोआज बिजुली नदेखेका बाजुराका मानिस कमै होलान।हिमाली गाँउपालिकाको वडा नं १ देखि ६ सम्म पाँडी बाहेक र स्वामीकार्तिक खापर गाँउपालिकाको जेरा बाहेक प्राय जिल्लाका सबै बस्तिहरुमा बिजुली बलेको तथ्याँक छ।

   सदरमुकाम मार्तडीमा नेपाल सरकारको लगानीमा पहिलो पटक वि.स.२०४६।११।०७ गते,दोस्रोमा घट्टेपाटा जलबिद्युत आयोजना जुकोटमा वि.स.२०५० सालमा दुर्गम क्षेत्र विकास समितिको अनुदानमा र तेस्रोमा बाँधुको पेल्ट्रीक सेट साना किसान बैंक बाट प्रत्येक व्यक्तिका लालपुर्जा धरौटी राखेर रु ७ लाख ऋण निकालेर आवश्यक सामाग्री खरिदमा भरत रावलको सहजिकरण र अन्य काम श्रमदान गरेर वि.स.२०५४।११।२६ गते र चौथोमा मानाकोटमा थारखोला जलबिद्युत आयोजना पहिलोले वि.स.२०६० सालमा बिजुली बलेको थियो ।ततपश्चात जिल्लाका बिभिन्न स्थानमा बिजुली बाल्नका लागि लहड चलिरहेको छ।साविकको जिल्ला विकास समिति उर्जा शाखाको वि.स.२०७४ साल सम्मको तथ्याँक अनुसार जिल्लाका विभिन्न स्थानमा ४९ वटा साना र ठुला जलविद्युत आयोजना बाट २,२३३ किलोवाट बिजुली उत्पादन र २३,४८२ घरधुरीमा बिजुली पुगेको तथ्याँक भेटिन्छ।बि.स.२०६८ सालको जनगणना अनुसार जिल्लाको कुल घरधुरी २४,९०८ मध्ये ९४ प्रतिशत घरधुरीमा बिजुली बलेको बलेकोछ।तर बिजुली बाल्नका लागि बनेका योजनाहरुको अवस्था कस्तो छ,भनेर सबैको खोजीको बिषय हुन आवश्यक भइसकेको छ < विभिन्न स्थानिय तहमा बनेका प्रतिनिधि मुलक आयोजनाहरुको विवरण तपशिल बमोजिम रहेकाछन् ।

त्रिबेणी नगरपालिकामा बनेका जलबिधुत आयोजनाहरु

१.काँशेगाड जलविद्युत आयोजना भुगातोला,छतारा पहिलो (अध्यक्ष – नृप सुनार)

२.काँशेगाँड दोस्रो जलविद्युत आयोजना पुर्वता,तोली

३.मालागाड जलविद्युत आयोजना पहिलो,मौरे (अध्यक्ष – मान बहादुर थापा)

४.मालागाड जलविद्युत आयोजना दोस्रो,पन्धारा (अध्यक्ष –रमेश बुढा)

५.मालागाड जलविद्युत आयोजना तेस्रो,मौरे (अध्यक्ष –मान बहादुर थापा)

बडीमालिका नगारपालिका

१.मार्तडी साना जलविद्युत आयोजना विकास केन्द्र (अध्यक्ष-अशोक रावल)

२.कोर्ध र मनागाड जलविद्युत आयोजना

बुढिगंगा नगरपालिका

1.मल्लो इकडीगाँड जलविद्युत आयोजना,बाहबिस (अध्यक्ष- भरत कुबर)

२.तल्लो इकडीगाँड जलविद्युत आयोजना,बाहबिस (अध्यक्ष-राम बहादुर बानियाँ)

३.बार्जुगाड तेर्सो जलविद्युत आयोजना,कुलदेबमाण्डौ (अध्यक्ष- तिलक पुरी)

४.बार्जुगाड दोस्रो जलविद्युत आयोजना,कुलदेबमाण्डौ (अध्यक्ष-रंग बहादुर खाती)

५.मनागाड जलविद्युत आयोजना,द्धारी (अध्यक्ष-चन्द्र बहादुर थापा)

बुढीनन्दा नगरपालिका

१.माथिल्लो नारीघाट जलविद्युत आयोजना,पाण्डुसैन (अध्यक्ष –जंग कटेल)

2.तल्लो नारीघाट जलविद्युत आयोजना,पाण्डुसैन (अध्यक्ष –दान बहादुर जेठारा)

3.छातिकोट जलविद्युत आयोजना,खोया (अध्यक्ष –छत्र बहादुर मल्ल)

४.बड्डीगाड जलविद्युत आयोजना,कोल्टी (अध्यक्ष – अंगलाल जैसी)

५.दैयाँ जलविद्युत आयोजना,दैंया (अध्यक्ष – पदम बहादुर शाही)

६.माझकुलो जलविद्युत आयोजना,पिपलडाली ­­­(अध्यक्ष – गोरख बहादुर कार्की)

७.नुरी जलविद्युत आयोजना,कालगोठी (अध्यक्ष – गणेश रोकाया)

८.कोल्टी जलविद्युत आयोजना,कोल्टी (अध्यक्ष – जंग कुमार गिरी –निजी लगानी)

९.कुरुखोला जलविद्युत आयोजना,कुरु (अध्यक्ष – बल रोकाया)

१०.सिमगाड जलविद्युत आयोजना,सिराडी प्रक्रियामा रहेको (अध्यक्ष –रंगलाल बोगटी­)

गौमुल गाँउपालिका

१.रौदागाड जलविद्युत आयोजना,माझपाली (अध्यक्ष – लाल बहादुर रोकाया)

२.तुसारीघाट जलविद्युत आयोजना,दहकोट (अध्यक्ष – पुर्ण बहादुर सार्की)

3.अम्लिस जलविद्युत आयोजना,अम्लिस (अध्यक्ष – कर्ण बहादुर चँदारा)

४.थारखोला जलविद्युत आयोजना पहिलो,मानाकोट (अध्यक्ष – बिरेन्द्र रोकाया)

५.थारखोला जलविद्युत आयोजना दोस्रो, (अध्यक्ष –शंकर रोकाया)

६.सिउधारा जलविद्युत आयोजना,घटमुना (अध्यक्ष – कलक रोकाया)

खप्तड छेडेदह गाँउपालिका

1.काँडा जलविद्युत आयोजना,काँडा (अध्यक्ष –जनक सिंह)

२.चाम्डेबगर जलविद्युत आयोजना,मैतोला (अध्यक्ष- तुला नाथ)

३.घट्टेखोला जलविद्युत आयोजना,ओलीगाँउ (अध्यक्ष-डम्बर ओली)

जगन्नाथ गाँउपालिका

१.भुकाँखोला जलविद्युत आयोजना,गोत्री (अध्यक्ष-कटक बहादुर बिष्ट)

२.जुड्डीखोला जलविद्युत आयोजना,जुड्डी (अध्यक्ष-मनलाल खत्री)

३.बड्डीगाड जलविद्युत आयोजना,पिलुचौर (अध्यक्ष-जनक बिष्ट)

४.मनिकाँडा जलविद्युत आयोजना,मनिकाँडा(अध्यक्ष- ऐन बहादुर शाही)

स्वामीकार्तिक खापर गाँउपालिका

१.खालीखोला जलविद्युत आयोजना,जेरा (अध्यक्ष- रबिन्द्र बहादुर शाही)

२.मिगु पेल्ट्रीक सेट,मिगु (अध्यक्ष-गम्म महतारा)

३.घट्टेपाटा जलविद्युत आयोजना,जुकोट (अध्यक्ष-धनी शाही)

हिमाली गाँउपालिका

१.कवाडी जलविद्युत आयोजना,कवाडी (अध्यक्ष- प्रबल बुढथापा)

२.दहछाल जलविद्युत आयोजना,पाडी

३.बाँधु पेल्ट्रीक सेट,बाँधु (अध्यक्ष-नन्दकृष्ण तिमिल्सेना)

माथि उल्लेखित आयोजनाहरु निर्माण गरेर अध्यारो बाट उज्यालो देखाउनु हुने सम्पुर्ण उपभोक्ता समिति,सहयोगी निकाय र आम उपभोक्ता धन्यावादका पात्र हुनु हुन्छ ।पानी बाट बिजुली निकाल्नु सजिलो काम हुदै होइन।गाँउलेलाई अध्यारो बाट उज्यालो देखाउने उद्धश्यले सामाजिक काममा हात हालेका प्राय सबै अध्यक्ष अहिले जिल्लाका मुल पार्टी र भार्ति संगठनका स्थानिय तह,जिल्ला,प्रदेश हुदै केन्द्रिय नेतृत्वमा पुगेको अवस्था छ ।

जस्तै बुढीगंगा नगरपालिकाका राम बहादुर बानियाँ,तिलक पुरी र रंग खाति,त्रिबेणी नगरपालिकाका नृप सुनार,रमेश बुढा र मान बहादुर थापा,खप्तड छेडेदह गाँउपालिकाका जनक सिंह,डम्बर ओली र तुला नाथ,गौमुल गाँउपालिकाका बिरेन्द्र रोकाया,कलक रोकाया र पुर्ण सार्की,जगन्नाथ गाँउपालिकाका जनक बिष्ट,कटक बिष्ट र मनलाल खत्री,स्वामिकार्तिक खापर गाँउपालिकाका नरेश कुमार शाही र गम्म महतारा,हिमाली गाँउपालिकाका प्रबल रोकाया,अज बहादुर मल्ल र दान बहादुर मल्ल र बुढिनन्दा नगरपालिकाका दान बहादुर जेठारा,अंगलाल जैसी,गजेन्द्र बहादुर शाही र छत्र बहादुर मल्ल राजनीतिमा स्थापित भएसकेका नाम हुन।समुदायमा काम गर्ने दृढ इच्छा शक्ति,व्यक्तिगत लगाव,सम्पर्क,समन्वय र सदभाव जुटेकै कारण आज यो सौभाग्य प्राप्त भएको हुन सक्छ ।

   मेरो जिज्ञासा हजुरहरुले सामाजिक कामको शुरुवाति गर्दाको जलविद्युत आयोजनाको अवस्था के छ,भनेर कहिले चिन्तन मनन गर्नु भएको छ < निर्माण कार्य सम्पन्न भएका आयोजनाहरु लागत इष्टमेट भन्दा ५० देखि ३०० प्रतिशत भन्दा बढी लगानीमा निर्माण भएका देखिन्छन ।निर्माण हुन नसकेका कवाडी जलविद्युत आयोजनाको अध्यक्षमा दान बहादुर मल्ल,अज बहादुर मल्ल हुदै प्रबल बुढथापा सम्म पुग्दा पनि बिजुली बल्न सकेको छैन ।खालीखोला जलविद्युत आयोजनामा नरेश कुमार शाही हुदै रबिन्द्र बहादुर शाही हुँदा पनि बत्ति बलेको देखिदैन।जसले बाल्न सक्नु भयो उहाँहरुको सामाजिक छवि,राजनीतिक उचाइ र आर्थिक रुपमा सफल भएको पाइन्छ। समितिमा बसेर बिजुली बाल्न नसक्नेहरुको सामाजिक,आर्थिक र राजनीतिक रुपमा पछाडी धकेलिएको अवस्था जगजाहेरछ ।जेराका रबिन्द्र बहादुर शाही र मनिकाँडाका ऐन बहादुर शाही त्यसका ज्वलन्त उदाहरण हुन ।

  यो आलेख तयार पार्दा सम्म जिल्लामा ४० वटा जलविद्युत आयोजना संचालनमा रहेकाछन्। सबैभन्दा बढी बुढीनन्दा नगरपालिकामा १० वटा जलविद्युत आयोजना संचालनमा रहेपनि कोल्टी बजारका अधिकाँश घरहरुमा तिन वटा बत्तिको लाइन जोडिएकाछन,तर साँझ परेपछि कान्डिल बालेर बत्ति खोज्नु पर्ने अवस्थाछ ।जिल्ला भरिका जलविद्युत आयोजनाको भौतिक र आर्थिक व्यवस्थापनको पाटो सन्तोष जनक देखिदैन। निर्माण गरिएका अधिकाँश आयोजनामा कमसल निर्माण सामाग्रीको प्रयोग,तोकिएको मापदण्ड भन्दा कमजोर संरचना,लथालिगं वाइरिङ्ग,नियमित बिजुली नआँउनु,क्षमता भन्दा बढी घरधुरीमा बत्ति वितरण,कामदारले पैंशा नपाएको,उपभोक्ताले बर्षौ सम्म बिजुलीको बिल नतिरेको,कर्मचारीले महिनौ सम्म तलाव नपाएको,प्राविधिक कर्मचारी भन्दा अप्राविधिक कर्मचारीको भर्ति केन्द्र,समितिले लेखापरिक्षण,सार्वजनिक सुनुवाई,आर्थिक पारदर्शिता र नेतृत्व हस्तान्तरण नगरेको,बिजुली घाटामा,समितिले दाता,संघ,प्रदेश र स्थानिय तह बाट ल्याएको रकम पारदर्शि रुपमा परिचालन नगर्नु,कर्मचारीले समुदाय बाट उठाएको महसुल कार्यालयमा नबुझाउनु र समुदायले ज्याला नपाएको बहानामा बिल नतिर्नु नै मुल समस्या देखिन्छ। यि र यस्तै समस्याहरुको सवाल जवाफ समिति र उपभोक्ताका लागि सामान्य भई सकेकाछन्।तर सुधारका लागि कुनै ठोस पहल भएको देखिदैन।यहाँहरुको राजनीतिक यात्रा यतिमै सिमित पक्कै नहोला तर भोलीका दिनमा सार्वजनिक पद प्राप्तिका लागि जनमतको आवश्यकता हुनसक्छ।राजनितिक पद प्राप्तिका लागि सदभावले काम गरेपनि जनमत प्राप्तिका लागि बिगतमा गरेका कामको समिक्षाका आधारमा मत प्राप्त हुने भएकोले माथि उल्लेखित समस्याहरुलाई बेलैमा नसुल्झ्याएमा त्यो नै हजुरहरुका लागि कानुनी र सामाजिक रुपमा गलपासो नहोला भन्न सकिदैन ।

अहिले बिजुली प्रत्येक व्यक्तिको जीवन संग जोडिएको हुनाले एक छाक खाना नभएपनि धैर्यता गर्न सक्छ,तर एक घण्टा बिजुली नहुने हो भने उकुसमुकुस भइहाल्छ ।त्यसो भएको हुनाले जनताले बिजुलीको बिल तिर्दैनन् भन्नु मुर्खता हुन्छ।बिजुली बाट घाटा नहुने कुरा बाँधुमा साना किसान बैंकको ऋण निकालेर बालेको बिजुलीको साँवा ब्याज पाँच बर्षमा तिरेको जो कोहीलाई जगजाहेरछ।प्रति वल्ब रु १० का दरले र बढीमा ५ वटा सम्म बत्ती बाल्न पाँउने नियम लागु गरिएको,भौतिक व्यवस्थापन,आर्थिक पारदर्शिता र समुदायको सक्रियताका कारण सो रकम २०६० सालमा चुक्ता गरेर बैंक बाट लालपुर्जा फिर्ता लिनुका साथै समुदायले मिति २०७३ साल सम्म निशुल्क बत्ति बाल्न पाएका थिए ।आर्थिक पारदर्शिता भएकै कारण सो आयोजनामा द्धन्दकालमा समेत कुनै असर परेन ।

यो आलेख तयार गर्ने क्रममा मैले केहि आयोजनाका जिम्वेवार कर्मचारीहरु संग दिनमा कति किलोवाट बिजुली उत्पादन,कति किलोवाट खपत,कति किलो वाट मौजाद हुन्छ र दिनमा कति रुपैंया आम्दानी र कति रुपैंया खर्च हुन्छ भनेर सोद्धा स्पष्ट जवाफ नै पाइएन।व्यवस्थापनको पाटो हेर्ने कर्मचारीको यो अवस्था छ । बिजुलीको सैद्धान्तिक ज्ञान प्राप्त गरेका कर्मचारीहरु नगन्य मात्रामा होलान बाँकी सबै गर्दै सिक्दैको अवस्थाका कर्मचारीहरुले आयोजना चलाइ रहेका छन ।जिल्लामा बिजुली बले पश्चात मैले थाहा पाए सम्म तिन जनाले ज्यान गुमाउनुका साथै कैयौ व्यक्तिहरु अंगभंग भएकाछन ।

बिजुलीको स्वीच सहि ठाउमा थिचेमा एक सेकेन्डमा संसार उज्यालो देखिन्छ भने,गलत ठाँउमा थिचेमा उज्यालो संसार सदाका लागि अँध्यारो हुन्छ ।त्यसैले दृढ इच्छा शक्ति हुने हो भने, भौतिक पाटो बाहेक बिद्युत महसुल,कर्मचारी व्यवस्थापन,आर्थिक पारदर्शिता र नेतृत्व हस्तान्तरणका लागि समितिले चाहेमा एक बर्षमा सुधार गर्न सकिन्छ।आर्थिक पारदर्शिता भएमा बिजुलीले कमाउन थाल्छ ।आम्दानि बढेमा भौतिक पक्ष स्वत सुधार हुने कुरा हो ।आगामी दिनमा सुधारका लागि अधिकतम प्रविधिको प्रयोग (डिजिटल मिटर सिष्टम),खुला प्रतिष्प्रधा बाट प्राविधिक कर्मचारी भर्ना,आधुनिक लेखा प्रणालीको प्रयोग,स्थानिय तह संग समन्वय र सहकार्य,सहकारी मोडल,स्थानिय तहलाई हस्तान्तरण वा राष्ट्रिय लाइनमा जडान गर्न सकेमा बाजुरेली जनताले दिगो रुपमा बिजुली बाल्न सक्छन ।समयमै सुधारका लागि पहल नगरेमा समितिका लागि कामधेनु गाई सावित हुने देखिन्छ ।

 यी लेखकका निजी बिचार हुन ।

चर्चामा

सम्बन्धित समाचार