शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि

धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि

  • बुधबार, असार २४, २०७७
धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि

धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ पुरुष र एक महिला गरी थप नौँ जनामा कोरोना पुष्टि भएको हो।

डोटीको आदर्श गाउँपालिकाका दुई, दीपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको पुनरवासका तीन र बेलौरीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार