बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अवरुद्ध कर्णाली करिडोर सडक खाेल्ने निर्णय, के के भयो सहमति?

अवरुद्ध कर्णाली करिडोर सडक खाेल्ने निर्णय, के के भयो सहमति?

  • शुक्रबार, जेष्ठ ८, २०८३
सेयर गर्नुहोस् :
अवरुद्ध कर्णाली करिडोर सडक खाेल्ने निर्णय, के के भयो सहमति?

बाजुरा–बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा भएको सीमा विवादको घटनापछि आन्दोलनरत पक्ष र प्रशासनबीच सहमति भएको छ । हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बाजुरा बीच छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति गरिएको हो ।

उक्त सहमतिअनुसार लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी सर्जिमन मुचल्का बनाउने, हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं. २ र ३ र उक्त घटनामा संलग्न दोषिहरुलाई काुननी दायरामा ल्याइने जनाएको छ ।

यस्तै स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकहरुको लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पत्तिहरुको क्षतिपूर्ति पीडितहरुलाई उपलब्ध गराउने, कुटपिटमा घाइते भएका स्थानीयहरूको उपचारका लागि पिडक क्षले जिम्मा लिई उपचारको पूर्ण क्षतिपूर्ति रूपमा उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै लाम्पाटा, च्याचौरका विस्थापित परिवारलाई स्थानान्तरण गरी सुरक्षाको प्रत्याभूति दिलाउने, निर्माणाधीन प्रहरी चौकी भवन निर्माणका नष्ट भएका सामग्रीको क्षतिपूर्ति असुल गरी निर्माण कार्य तुरुन्त अघि बढाउने त्रिपक्षीय सहमति भएको छ ।

सम्झौता पत्रमा उल्लेख गरिएका कार्यहरूको कानुनी प्रक्रिया २४ घण्टामा यातायात सञ्चालन गर्ने साथै उक्त अवधिभित्र प्रक्रिया अघि नबढेमा पुनः अनिश्चितकालीन आन्दोलन गरिने चेतावनी समेत दिइएको छ।

सम्झाैता पत्र यस्ताे छ । 

No description available.

 

चर्चामा

सम्बन्धित समाचार