
चितवन —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोग तथा राष्ट्रिय महाधिवेशन निर्वाचन समिति परिचालन गरेकाे छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको नेतृत्व भुवन केसीले गरिरहेका छन् । आयोगमा डा. राम गुरुङ उपप्रमुख रहेका छन् भने कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली सदस्य रहेका छन् ।
महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया, उम्मेदवारी व्यवस्थापन, मतदाता सूची प्रकाशन, मतदान तथा मतगणनालगायत सम्पूर्ण निर्वाचन कार्यको जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगले सम्हालिरहेको छ ।
यस्तै, महाधिवेशनको निर्वाचन व्यवस्थापनलाई सहयोग गर्न गठन गरिएको राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३ मा विरेन्द्र केएम (कुमार मेहता), गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भुपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्य रहेका छन् ।
निर्वाचन प्रक्रियालाई प्राविधिक तथा प्रशासनिक रूपमा सहजीकरण गर्न शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झा निर्वाचन कर्मचारीका रूपमा खटिएका छन् ।


