शुक्रबार, बैशाख १४, २०८१

भाई!(कथा)

  • मङ्लबार, असार १६, २०७७
भाई!(कथा)

सुरेशकुमार पान्डे।  जति छोरा छोरी भयपनि आमालाई प्यारोनै लाग्छन।आमाको आँसु रोकिएको थिएन भल-भल बगेकै थियो।छोरा हराएको पिर त थियोनै आज कसैले त्यहि घाउमा नुन चुक लगाई दियो। “छैन तिम्रो छोरा जिउँदो भय ता फर्किने थियो आज सम्म”भन्यो भन्दै धरधरी आँसु बगाउँदै हुँनु हुँन्थ्यो।आमाको आँसुले सेतेको मुटु भित्रभित्रै चराएको थियो।तर के गर्ने?करिब दुई बर्ष देखि घरबाट निश्किएको भाई अहिले सम्म ला-पत्ता थियो।

उ काँछ कसैलाई स्युँको पनि थिएन।आँमाको मनता हो आर्काको छोरा देखेपनि आफ्नै छोरा जस्तो सम्झेर आँखा रसाउँन थाल्छन।आज आमा रोएको देख्दा सेतेपनि भाबुक भएकोथियो।उस्को पनि ता भाई हो। सानै देखिको लाहुरे अँस्ति भर्खर घर आएको सेते,आमा दिनौ छोरो संझेर रोएको चाल पाएपछि उस्लाई खोज्नै भनेर नै आएको थियो।सानि बैनिलाई कसै का घरमा छाडेर ,सानि बैनिपनि त धेरै बिमारी हुँन्थि।एक ता छोरी बिमार उप्रबाट छोरा हराउँदा आमाको मनमा कस्तो बिरह भयको हुँदोहो?अनुमान लगाउँन सकिन्छ।

आमाको बर्षे झरिझैँ आँखा को बलेनि चुँदा सबै भन्दा पहिले भाईलाई खोज्ने बिचार गय्रो।तर काँ खोज्ने?पूर्व,पश्चिम,उत्तर ,दक्षिण आखिर जाने कता?तैपनि सेते ले आमा हाम्रो भाईलाई केहि भयकोछैन मैले खोजेर ल्याउँछु चिन्ता नलिनुश भन्दै सम्झाउँदै घर बाट भाई खोज्न निष्किन्छ। कति छिट्टै फर्किन थालिस त माईला लाहुर केहिदिन अरु बसेको भय हुँन्थ्यो?पछाडि बाट एकजना बृद्धले सोध्छन।होईन हजूर म अहिले भाई खोज्न हिँडेको!भन्दै उन्को कुराको उत्तर नपर्खिएर अगाडि बढ्छ।

भाई ल्याउँन रे? काँ भेटिस र भाईलाई?उन्ले फेरी सोध्छन।उनि पछि पछि अलि तेज पाईँला सार्दै आएकाले,कतै भेटिएकोता छैन तर भेट्टिहाल्ला कतैता!सेते उँभिएर उत्तर दिन्छ र फरक्कै बर्केर अलि छिटछिट्टै पाईला चाल्दै अँघि बड्छ।बुढाले सेतेलाई अलि ढिलो भयको जस्तो देखेपछि त्यँहि उभिएर हेरि राख्छन।सेते ले अब गाउँको डाँडो काटि सकेको थियो।

उस्लाई एउटा चामलको ब्यपारीको बारेमा संका थियो तर उस्लाई राम्ररी सोधेर बताउँने वाला छैनन।उन्ले कयौ केटाहरुलाई पुलिसमा नोकरी लगाई दिन्छु भन्दै कतै साहुको घरमा काम गर्न पठाएको अरु अरुले भनेका थिए।ब्यापारी लाई च्याप्पै छोपेर हिँड पुलिस ठाना भन्दै तान्न थाल्छ।सेतेको त्यो ब्यबहार देखेर होईन बाबु मेरो के कसुरछर म ठानामा जाने?उन्ले सेतेको हातबाट छुट्टिन बल गर्छन।अहिले थाहा हुँन्छ मेरो भाई लाई काँहा पठाएकाछौ ?छिट्टै भन,भन्दै तानेर लग्न थाल्दा एकजानले होईन सेते के गरेको बाउ जस्तो मान्छेलाई भन्दै छाड्न आग्राह गर्छन! तर सेतेले छाड्दैन।होईन बाबु मैले न जा बा नजा भने तर उस्ले नमानेर गयकोहो!भन्छन।उन्को कुराले सेतेको संका पुष्टि भयो,आफ्नो भाई हराएकोले सेतेको रिस चरम सिमामा थियो।

एकै छिन पछि पुलिसको चौकिमा पुग्छन अनि सबै पुलिसहरुको उपस्थितिमा अब भन मेरो भाईलाई काँ पठाएका छौ?उनि अक्क मक्क पर्छन डरले,एकजना फलाना डि एस पि ले लगेका हुँन भन्छन।त्यो डि एस पि को बद्लि रोल्पा भयको थियो।अनि रोल्पा आवा गर्न लगाउँछ रोल्पा बाट त्यो केटा आफु सँग न भयको भन्दै डि एस पी ले फोन काट्छ। अब सेते लाई झनै दुबिधा हुँन्छ एक ता पञ्चायती ब्यबस्था अलि बोल्दा खत थापेर जेलभित्र थुन्न बेरै गर्दैनन्।

आखिरीमा के गर्ने?अब एक पटक काठ माण्डौ गयर आई जी साहिबलाई भेटेर यिनी ब्यापारी र उक्त डि एस पि को बिरुद्ध निवेदन लेखेर भाई खोजि पाउँ भन्ने माग राख्छु भन्दै आफु काठ माण्डौ जाने निदो गर्छ। उक्त ब्यपारीलाई चेतवानी दिँदै सेते काठ माण्डौको लागि नाईट बसको टिकट बनाउँछ।भोली बेलुकाको त्यँहा बाट चारजना पुलिसहरु पनि तालिमका लागि जाँदै थिए। अर्को दिन बिहानै पुलिसहरु सहित काठमाण्डौ पुग्छन र मिनार होटेलमा एउटा रुम भाडामा लिन्छन।

सेते को एकजाना जानकार असाईले यो सबै परिपाटी मिलाई दिन्छन।सेते जी हामि कुनैपनि आफिसरको नजिक आउँदैनौ तर टाडा बाट हजूरको सक्या सम्मको हेल्प गर्ने छौँ भन्दै जँहा पनि ठुला प्रहरि कार्यालय छन सबै लाई बताई दिन्छन।उनिहरुले जानेको ठाउँमा लगेर छाड्दिन्छन अनि आफुहरु आफ्नो काम मा जान्छन सेते ले उक्ता ठाउँमा आफ्नो भाईको पत्ता गर्ने प्रयास गर्छ। तर पाँच दिन बिति सक्दा पनि पत्तालाग्दैन।उनिहरु फर्किने बेला भयको जानकारी गराउँछन।

यहि द्वौरान हनुमान ढोकामा एउटि लेडिज एस पि सँग झग्डा हुँन्छ उस्ले आफ्नो पासमा काम गर्ने केटालाई देखाउँन मान्दैन ।सेतेलाई सँका हुँन्छ पछि उस्को घर पत्ता गरेर त्यो केटालाई भेट्छ त्यो कैलालि तिरको थियो। अन्तिम मा भाईलाई नभेटाएपछि उ नक्साल पुग्छ त्यँहा ए आईजी बस्द दिए तर त्यो सनिवारको दिन भयकोले आज उनि आफ्नो घर माईति घरमा भयको त्यँहाबाट जानकारी मिल्छ।सेते हिँड्दा हिँड्दै थकित भयर ए आईजीको रेजि डेन्श माईती घरमा पुग्छ।

तर आज उनि त्यँहा पनि भेट्टिदैनन।कतै गयको जानकारी मिल्छ।फेरी पनि घरमा आई सकेपछि कोईता होला?भन्दै “भाईर कुकुर देखि साबधान लेखेको थियो”प्रवा नगरी दरवाजा को बेल बजाउँछ।त्यो घरमा काम गर्ने भाईर आउँछन र आफ्नो साहेब नभयको भन्दै दैलो बन्द गर्न खोज्छन।सेते ठिङ्गै उभ्भिरहेको देखेर केहि काम थियोर दाई भन्दै त्यो भाईले सोद्छ!हो थियो मेरो भाई हराएकोछ म दाङ बाट आएको हुँ एक साता भयो कतै भेट्टिन भन्दै आफ्नो दुखासो सुनाउँछ।हो दाई मपनि रोल्पाको हुँ कतै हजूर पाण्डे ता होईन ?भन्दै सोध्छ ! हो !भन्दै सेतेले उत्तर दिन्छ।त पाई को भाई पातलो लामु नाग गरेको झुत्रे ता होईन उस्ले सोध्छ! हो भाई काँछ त्यो?सेते अत्यान्तै हर्षित हुदै सोद्छ।उन्ले भित्र बगैचामा एउटा कुर्चि राखेर बसाल्छन लोटामा पानी लिएर दिन्छन।

तपाँईको भाई हामि सँगै आएको हो।त्यहि ब्यापारीले पठाएको हो पुलिसमा लगाई दिन्छु भनेको खै दाई भान्से बनाएको छ धेरै मैले बगैचाको रेख देख पनि गर्छु दाई!उस्ले भन्यो।त्यो हजूरको भाई बिक्रम साह को पास देखेको थिएँ मैले उ अहिले नेपाल गञ्ज छ दाई!उस्ले अगाडि थप्छ।सेते आफ्नो भाई जिउँदो भयको सुनेर गदगद भयो।उनिहरुलाई धन्यावाद दिँदै भाईर निस्किन थालेकै थियो नेपाल गञ्ज जान एकजना युवा भित्र पस्छन,यँहा दाई लाई थाहा होला!भन्दै उतिर ईसारा गर्छ रोल्पालि भाईले।

दाई त्यो बिक्रम साहा काँछ नेपाल गञ्ज छ नी होईनर?प्रश्न गर्छ होईन यतै आएकोछ बद्लि भयर!उस्ले भन्छ।साँच्चै हो दाई?रोल्पाली भाईले सोद्छ।किन डाँट्मला?के भयोर?उस्ले प्रश्न गर्छ।यँहाको भाई झुत्रे भन्ने छ त्यो सँग यँहा बिचरा उत्न दाङ देखि आएको एक साता भयो दुखः पाउँनु भयकोछ।उस्ले बिस्तारै भन्छ।त्यसो भय हजूर बाग बजारमा जानुश त्यँहा डि एस पि हरुको रेजिडेन्सछ कसै सँग सोध्नु भयोभनी पत्ता लागि हाल्छ।उस्ले भन्यो,सेते असाध्य खुसि भयो सबैलाई धन्यावाद दिदैँ उ अब बाग बजार तिर लाग्छ।घामले नेटो काटि सकेको थियो। खुट्टामा हिँडेर रात रात फोका परेकाछन कोई फोका फुटेर घाउ बनेकाछन,तैपनि उ हिँडन छाडेको छैन।

बाग बजार जाँदा झमक्कै रात परेपनि झकमकै थियो बजार उस्ले जता कतै खोज्छ डि एस पि का घरहरु भेट्दैन पुलिसको बुथमा सोदेको पनि ब्यार्थै भयो हामिलाई थाहाछैन खोज भनेर भने।अलि पछि फेरी खोजेर थाकेपछि मनमा एउटा कुरा सुझ्यो र सेते पुलिसको बुथमा पुगेर भन्छ”श्रीमान जी म माईति घरबाट आएको हुँ मलाई ए आई जी साहिबले पठाउँनु भयको हो उँहाले पुलिसको कुनै बुथमा गएर भने तिमिलाई उँहाको घर पुराई दिन्छन”अब सर म लाई उँहाको घर थाहा छ भने भन्दिनुस नत्र म माईति घर फर्किन्छु!यति भनेपछि उनिहरु ले आपसमा एक आर्का सँग हेरा हेर गर्छन र उनि मध्य एकजानाले घर ता देखेको छैन मैले गल्लि देखाई दिन्छु हिँड्नुस भनेर गल्लिमा पुराई दिन्छ। गलल्लिमा पुगेपछि पहिलो घरमा बेल बजाउँछ एउटी महिला भाईर आउँछिन हजूर यो बिक्रम राणाको घर हो? होईन उ त्यो हो तर उनि राणा होईनन् साहा हुँन!उन्ले भन्छिन र दैलो हुल्दै भित्र तिर लाग्छिन।

पल्लो घरको बेल बजाएपछि गेट खोल्न स्वायम सेते कै भाई भाईर निस्किन्छ।सेते अपार खिसु भयो भाईलाई आफ्नो अगाडि देखेपछि उस्को खुसिको सिमा रहेन।उस्लाई बिहान देखि जोरो आएको थियो,खुट्टा दुखेका थिए तर अहिले त्यो सबै एका एक निको भयको जस्तो ज्यु हलुङ्गो भान हुँन्थ्यो।भाईले भित्र लग्छ आफु बस्ने कोठामा।एउटा सिटामोल दिन्छ र एक कप चिया दिन्छ।एकछिन पछि डि एस पि कि स्वास्नी प्रेवेश गर्छिन कपाल काटेकी होँची तर अलि मोटि खफ्ना ठुला ठुला आँखाले सेते तिर नियाल्छिन।मेरो दाई हुँनुहुँन्छ भाईले भन्छ।

यह यह ठिकैछ किन आएको?हजूर म भाईलाई लिन आएको सेतेले भन्छ!होर साहेब घरमा हुँनु हुँन्न उँहा तालिम मा पोखरा जानु भयकोछ!उन्ले भन्छिन अब ता साहिब आएपछि भन्नु भनेर उ भित्र तिर लाग्छे।एक छिन पछि उनिहरुको कुरा भयर होला साहेब भोली साँझ फर्किनु हुँन्छ अरे भनेर भाई सँग खबर पठाउँछिन। पर्शि बिहानै साहेब राति आएको हो बोलाकोछ भन्छ भाईले।सेते उ बसेको ड्रईङ्ग रुम मा जान्छ तल कलिन बिछाको थियो आफु सोफामा बसेको।नमस्ते सर!उस्ले नमस्तेको जवाफमा भन किन आएको? भन्दै अलि चर्को स्वरमा सोध्छ।सर म आफ्नो भाई लाई लिन आएको हुँ!के के केभन्यो?सेतेको कुरा न सक्किदै उ झनै चर्किन्छ।

सर म भाईलाई लिन आएको हुँ!सेतेले कुरा दौराउँछ।यो तिम्रो भाई हो भन्ने के प्रमाण छ?हामि जस्ता गणमान्य हरु सँग पनि परिचय पत्र हुँन्छ तिमि सँग छ?भन्दै आफ्नो आई कार्ड देखाउँछ।सर सबैका बिभागमा आ-आफ्ना आई कार्ड हुँन्छ तर भाई हो मेरो भनेर बनाएको आइ काड कस्को हुँन्छ?बरु प्रमाण त भाई सँग सोधे भैहाल्छनी सेतेले भन्छ।उ सेतेको कुरा सुनेर अलि रातो पिरो हुँदै जुरुक्कै उड्छ मानौ सेते सँग लड्नै आएको झैँ गरेर सेते तिर बढ्छ।अलि उता जा क्लिन भर्खर बिच्छाएको मैलो हुँन्छ भन्दै धम्काउँछ।सेते न बोली कलिन बाट अलि पछि हट्दै सर म आफ्नो भाई लिएर जाने हुँ यस्को हिसाब किताब जो छ सबै मिलाई दिनुश।सेतेको यो कुरा सुनेर उस्लाई झन रिस उठ्छ!तलाई हिसाब आज हिसाब माग्न आउँने म सँग तँ को होस?केहि पैसा छैन रिसले बरबराउँछ।

तँ जस्ता लाहुरे लाई चिन्याछुँ मैले तँ तँ.के होश भन्ने सबै रिकार्डछ मँसँग बुझिस!भन्दै उ रिसले बरबराउँछ।सर होला तर मेरो रिकार्ड कस्तो छ भन्ने मेरो गाउँले र जाँ मैले काम गर्छु उनिहरु सबैलाई थाहाछ।सेतेपनि चर्किन्छ।दाङ मा बसेको मान्छे हुँ म को कस्तोछ सबै थाहाछ तेरो नाम पनि छ मेरो रिकाडमा भन्दै धम्काउँने प्रयात्न गर्छ।सुन्नु भयको होला सर तर मैले के अप्राद गरेको छुँ र हजूरले यसरी धम्काउँनु भयकोछ भन्दै सेते पनि चर्किन्छ।

सेतेलाई तल बाट माथि सम्म नियाल्दै हेर भाई तिमि जाउ तिम्रो भाई दँसै मान्न पठाई दिन्छु मैले भन्दै सम्झाउँने प्रयात्न गर्छ।तर सेते ले सर मैले भाईलाई लिएरै जाने हो भनेपछि उस्ले खोल्टि बाट तिन सए रुपिया निकालेर मेचमा राख्दै ला भाडा र गैजा,ए केटा तँ जानेहो भन्दै भाई लाई बोलाउँछ र भाई ले पनि जान्छु भनेपछि कुनै कागजमा त्यतिकै सहि गर्न लगाएछ।यो कुरा सेतेलाई भनकनै भैन।एकता पञ्चायति तानाशाहि ब्यबस्था उप्रबाट उनैका कर्ता धर्ता।सेते आफ्नो भाईलाई भेटाए अरु केहि चाहिन्न भन्दै मनमनै सन्तुष्ट थियो। घरमा लिएर आएपछि आमा खुसिले भाईलाई अँगालो हालेर बररर आँसु खसाल्नु हुँन्छ।३०-०६-२०२०

चर्चामा

सम्बन्धित समाचार