शुक्रबार, बैशाख १४, २०८१

लार

  • शनिबार, असार १३, २०७७
लार

मुना चौधरी– सुखरीका हल्का झोल्लिएका तर आकर्षक स्तन देखेपछि देवेनको जीउभरि अनौठो ऊर्जा थपियो । उनको जीउमा रक्तसञ्चार भएको सजिलै देख्न सकिन्थ्यो, राता ओठ हेरेर । काँप्न थाले उनका हात । तर निःसन्देह काँपेको थियो उनको पूरै जीउ, सुखरीको यौवन देखेर । उनका हात यसरी काँपेका थिए कि सुखरीका अङ्गअङ्ग नचलाई शान्त हुनै नसक्ने स्थितिमा थिए । उनको श्वासको गति तीव्र थियो । अनौठो आवेगले सुखरी उनको पिठ्यूँमा चिमोटिरहेकी थिइन् । उनले राता ओठ हेरे, सुखरी कामातुरले छटपटाइरहेकी थिइन् । उनको पिठ्यूँमा लार बिझिरहेको थियो । उनले पटकपटक पिठ्यूँ कन्याउँदै र जीउ कोपर्दै देवेनको ओठमा ओठ राखिरहेकी थिइन् । लार बिझे पनि उनी हराएकी थिइन्, केवल देवेनको लदाबन्दी प्रेममा । सुखरीका स्तन निचोर्दा दूधको सिर्का देवेनको अनुहारमा प¥यो । सुखरी अर्धचेतको त्यो समयमा पुगेकी थिइन्, जुन समयमा उनले आफ्नो घरपरिवार र लोग्ने सबैलाई बिर्सेकी थिइन् । उनले सम्झिरहेकी थिइन्, केवल देवेनको स्पर्श र असिम प्रेम । अर्धनग्न सुखरी देवेनको स्पर्शले शिथिल थिइन् । अनुहारमा परेको दूधको सिर्का देवेनले बायाँ हातले पुछ्यो । र लार (पराल)मा हात पुछ्यो । बल्ल हात सुके जस्तो लाग्यो उनलाई । उनले सुखरीका स्तन थुमथुमाए । थुमथुमाउँदा उत्पन्न त्यसको स्पन्दन देख्दा देवेनको जीउ सिरिङ्ग भयो । अनुहारमा परेको दूध देवेनले जिब्रोले थोरै चाटे । उनलाई दूध कस्तोकस्तो लाग्यो । मुख बिगार्दै सुखरीतिर हेरे । उनी मुसुक्क हाँसिन् । देवेनले छेउमा थुक्दै सुखरीको ओठमा म्वाइ खाए । सुखरीले आँखा बन्द गरिन् । अर्धनग्न उनका दुई गोरा स्तन खुबै आकर्षक देखिएका थिए । उनी बच्चालाई दूध खुवाउने आमा भएकीले अलि झोल्लिएका पनि देखिन्थे स्तन ।

सुखरीको यौवनमा हराएका देवेनले फेरि उनका स्तन दुवै हातले चलाए । तर यो पल्ट अलि सचेत भएर । अनुहार छेउतिर फर्काए । दूधका सिर्का फेरि माथिमाथि उछिट्टिए । पर फालिएको ब्लाउज देवेनले तानेर ल्याए । दूधको सिर्का उछिट्टिएको देखेर स्तनमाथि ब्लाउज राखे । ब्लाउज राखेर स्तन चलाउन थाले । जति स्तन चलाउन थाले, त्यति नै सुखरी छटपटाउन थालिन् । सुखरीलाई देवेन स्निग्ध लाग्यो । उनले दुवै खुट्टा देवेनको खुट्टामा बेरिन् । मुखबाट तातो थुक र नाकबाट तातो सास निस्किरहेको थियो । थर्थराइरहेको थियो, सुखरीको ओठ र काँपिरहेको थियो देवेनको जीउ ।

देवेनको अनुहारतिर हेरिन् । चुच्चो नाक, फराकिलो निधार, झ्याप्प दाह्रीजुँगा, लाम्चो, खुसमिजाज अनुहार र मिलेका दाँत भएका देवेनलाई हेरेर उनी आकर्षित भइन् । चौंडा छाती, पुष्ट जीउ, बलिष्ठ हातखुट्टा भएका देवेनले सुखरीको ओठमा ओठ राखे । अनौठो तिर्खाले व्याकुल सुखरी देवेनका बलिष्ठ पाखुराहरुमा हात डुलाउन थालिन् । गोरी, पुष्ट जीउ, लामो कपाल र जवानीको गहिराइबाट बाहिर ननिस्केकी सुखरीको स्पर्शले देवेनको होस हरायो । सुखरीका दुई आकर्षक स्तन उसले नहेरी धरै भएन । सुखरीको छातीमाथि भएको ब्लाउज देवनले फेरि पर फाल्यो ।

जुनेली रातमा देवेनको अनुहारबाट पसिना तपतप चुहिरहेको थियो । धड्किरहेका थिए, दुवैको धड्कन बेजोडले । अघिदेखि देवेनका खुट्टामा सुखरीले खुट्टा बेरेको देखेर देवेनले आफूलाई रोक्न सकेनन् । उनी सुखरीको खुट्टाबाट आफ्नो खुट्टा छुटाएर बसे । सुखरीको सारी र पेटीकोट फुकाले । उनी लमतन्न लारमा पल्टिरहेकी थिइन् । नाङ्गिएकी सुखरी देखेर देवेनको जीउभरि थप ऊर्जा सञ्चार भयो । सुखरीको जीउमा खप्टिएर स्तन फेरि निचोर्न थाले । दूधको सिर्का देवेनको अनुहारभरि प¥यो । देवेनलाई यो पटक वास्ता लागेन । सारीमा अनुहार पुछ्दै उनले सुखरीको मुखमा मुख जोडे । देवेनको स्पर्शमा डुबेकी सुखरीको मुखबाट आह… र उहँ…को आवाज निस्किन थाल्यो । उनको मुखबाट आवाज निस्केको सुनेर देवेनले इसारामा सुखरीलाई भने, “मान्छेले सुन्छ, आवाज ननिकाल् ।” सुखरी देवेनको आवाज सुनेर नियन्त्रित भइनन् । तर देवेनले सुखरीका अङ्गअङ्ग निचोर्न छाडेनन् । हरेक अङ्ग चलाइरहँदा उनले आफूलाई नियन्त्रण गर्न सकिनन् । फेरि आह… र उहँ…को आवाज निकाल्न थालिन् । फेरि आवाज निकालेको सुनेर देवेन सुखरीको मुखमा मुख राख्दै जीउमा दुवै हात बेरेर खप्टिए । सुखरीको आवाज बन्द भयो । उनले देवेनबाट यथेष्ट प्रेम पाइन् । उनले कसेर मुठीभरि लार समातिन् । देवेन उनको जीउमाथि जति उफ्रिन्थे, त्यति नै कसेर सुखरीले लार मुठीभरि समात्थिन् ।

देवनका दाह्रीजुँगाले घोच्दा सुखरी हाँस्न खोज्थिन् । तर हाँस्न सक्दिनथिन् । देवेन सुखरीको जीउमा उफ्रँदा लार खरखर खरखर बोलिरहेको थियो । सुखरीका स्तनबाट सबै दूध ननिस्केकाले उनका स्तनमा दूध बिझिरहेको थियो । उनले एक वर्षकी छोरीलाई सम्झिइन् । छोरीलाई दूध खुवाउने बेला हुँदै छ । त्यही कुरा सोच्दै उनी लारको माचतिर हेर्न थालिन् । उनको ध्यान अन्तै केन्द्रित भएको थाहा पाएर देवेनले अनुहार मुसार्दै स्तनहरु पालैपालो जोरले थिच्न थाले । सुखरीको ध्यान देवेनतिर गयो । देवेन तीव्र वेगले छटपटाउँदै सुखरीको जीउमा लछारपछार गर्न थाले । उनीहरुका रोधक कोही थिएनन् । सुखरीले उनको स्पर्श सहन सकिनन् । उनले देवेनको ओठमा बेस्मारी टोकिन् । त्यही टोकाइले देवेन फलीभूत भए । मानौं, उनलाई सबैथोक पुग्यो । उनले रामहर्ष प्राप्त गरे । उनले लामो श्वास ताने । र पूरै हातखुट्टा फालेर आनन्द र सन्तुष्टिको श्वास फाले । उनको जीउ शिथिल भयो । सबै ऊर्जा क्षीण भयो ।

तर सुखरीलाई पुगेकै थिएन । सुखरी देवेनको पिठ्यूँमा नङले कोपर्न थालिन् । सुखरीले देवेनलाई यति जोरले टोकेकी थिइन् कि उनको टोकाइ सहन गाह्रो प¥यो । सुखरी सन्तुष्ट भएकी थिइनन्, देवेन आफू मात्र सन्तुष्ट भए ।

उनले देवेनलाई छाड्न मानेकी थिइनन् । घरबाट छोरी रोएको आवाज आइरहेको थियो । बच्ची रोएको आवाज सुनेर उनकी सासू घरबाट कराइन्, “कखैन से हैग के येबही कनिया ?” (कति बेरसम्म दिसा गरेर फर्किन्छेस् बुहारी ?)

सासूको आवाज सुनेर सुखरीको सातोपुत्लो उड्यो । दुवै जना उठेर हतारहतार लुगा लगाए । सुखरीको जीउ डरले लगलग काँपिरहेको थियो । ब्लाउज लगाइन् । पेटीकोटको डोरी बाँधेर सारी लगाइन् । त्यति बेलासम्म देवेनले सबै लुगा लगाइसकेका थिए । सुखरीको अनुहार असन्तुष्ट देखिन्थ्यो । तर देवेनको अनुहार सन्तुष्ट । सुखरीलाई सन्तुष्ट पार्न नसकेकोमा देवेन उदास थिए ।

सुखरीको बारीमा लारका चार ओटा ठूला र साना माच थिए । ठूला माचको छेउमा कसैले नदेख्ने गरी सुखरी र देवेनले सानो लारको माचलाई कानन बनाएका थिए । सुखरीको सारीमा लार टाँसिएका थिए । लार सारीमा टाँसिएको देखेर देवेनले हतारहतार भ्याटभ्याट गर्दै झारिदिए । सुखरीका आँखाले भनिरहेका थिए, अब हामी कहिले भेट्ने ? सुखरीका आँखाको भाका बुझेर उनलाई झट्ट अँगालोमा बाँधेर अनुहारभरि चुम्दै देवेनले भने, “काइल हम नै येबौ । परसु भेटबौ ।” (भोलि म आउँदिनँ । पर्सि भेट्छु ।) देवेन सुखरीका गाला सुमसुम्याउँदै जुनेली रातमा त्यहाँबाट बिदा भए । सुखरीका हातखुट्टा चिलाइरहेका थिए । उनका हातखुट्टा परालले पाछिसकेको थियो । उनी जीउ चिलाउँदै बारीबाट घरतिर गइन् । त्यति बेलासम्म उनकी सासूले बच्चीलाई थपथपाउँदै सुताइसकेकी थिइन् ।

सुखरीलाई देखेपछि सासूले भनिन्, “कतहेक अबेर से येलही हैग के ?” (कति ढिला फकेर्की दिसा गरेर ?) सासूको कुरा सुनेर सुखरीले भनिन्, “पेट दुखाइ छेलै ।” (पेट दुखिरहेको थियो ।) सुखरीका कुरा सुनेर सासूले भनिन्, “पाइन पिके सुत् । ठीक हेतौ ।” (पानी पिएर सुत् । ठीक हुन्छ ।) सासूका कुरा सुनेर बाकसमाथि लोहोटामा राखिएको पानी उनले घटघटी पिइन् । चिसो पानी खाएर थोरै भए पनि उनको जीउ शीतल भयो । छटपट बाँकी रहे पनि सासूलाई देखेर उनले आफूलाई नियन्त्रण गरिन् । उनका हातखुट्टा लारले पाछेर चिलाइरहेका थिए । तर उनले चिलाउन सकेकी थिइनन् । सारीको माथिबाट बिस्तारै हातखुट्टा कन्याउँदै बच्चीको छेउमा सुतिन् । बच्ची जन्मेदेखि सासू सुखरीकै कोठामा सुत्थिन् । तर अर्को खाटमा । सुखरीले सासूतिर हेरिन् । सासू सुतिसकेकी थिइन् । सुखरीले बत्ती निभाइन् ।

बच्चीको छेउमा सुतिन् । ब्लाउजको टाँक खोलिन् । दूधको मुन्टो निकाल्दै बच्चीको मुखमा हालिन् । बच्ची सुतिसकेकीले दूध चुसिनन् । उनले फेरि ब्लाउजभित्र स्तन राखिन् । सिरक ओढ्दै आफ्नै स्तन चलाउन थालिन् । जति स्तन चलाउँथिन्, त्यति नै दूध निस्किरहेको थियो । आफ्नै स्तन चलाउँदा उनलाई कुनै विशेष अनुभूति भएन । मासुको डल्ला चलाए जस्तो मात्र लाग्यो । उनको थुक सुकिसकेको थियो । अर्कोतिर सासूको पनि डर थियो । खाट यताउति हल्लियो भने सासूले के सोच्ने होलिन् । उनले बिस्तारै आफ्ना स्तन थिच्न बन्द गरिन् ।

उनी कामातुर थिइन् । देवेनलाई सम्झेर उनलाई रिस उठ्यो, उनले मनमनै भनिन्, “नामर्द मोरो, आफू सन्तुष्ट भयो । पुग्यो । मेरो अवस्था एक पटक बुझेन डरछेरूवा ।” उनलाई बच्चीदेखि पनि रिस उठ्यो । उनले फेरि मनमनै थपिन्, यो केटी पनि अहिले नै रूनुपर्ने । छ्या ! आजको दिनै खराब । आज नभेटे नि हुने । व्यर्थमा भेटेर छटपट मात्र भयो । उनी सोच्दै घरी यता पल्टिन्थिन्, घरी उता । उनी यताउता पल्टिँदा खाट कटकट बोलिरहेको थियो । उनी बच्चीतिर पिठ्यूँ फर्काएर सुतिन् । तर निदाउन सकिनन् । फेरि बच्चीतिर फर्किइन् । बच्ची मस्त निदाइरहेकी थिइन् । बच्ची नरोए पनि उनले दायाँ हातको बूढी र माइली औंलाले बच्चीलाई चिमोटिन् । बच्ची रोइनन् । सबै रिस बच्चीमाथि खन्याउँदै बच्चीलाई उनले यसपल्ट बेस्सरी चिमोटिन् । बच्ची रून थालिन् । रोएको सुनेर सासूले निदाएकै स्वरमा भनिन्, “दैया के दूध पिया । तखैन से कानै छै ।” (नानीलाई दूध खुवा । अघिदेखि रोइरहेकी छे ।)

सुखरीले यही नै खोजेकी थिइन् । उनले बच्चीको मुखमा दूधको मुन्टो घुसारिन् । बच्चीले दूध चुस्न थालिन् । सुखरीलाई अनौठो काउकुती लाग्यो । उनी छटपटाउन थालिन् । तर सासू त्यही घरमा भएकीले उनले आफूलाई नियन्त्रण गरिन् । एउटा स्तन बच्चीले चुसिरहँदा उनी आँखा बन्द गरेर देवेनलाई सम्झिरहिन् । तैपनि सन्तुष्टिको सास लिन सकिनन् । दायाँ हातले दाहिने स्तन चलाउन थालिन् । एउटा स्तन बच्चीलाई चुसाउँदै अर्को स्तन आफैंले चलाउँदै देवेन आफ्नो जीउमाथि खप्टेको कल्पना गर्न थालिन् । जिब्राले दुवै ओठ चलाउँदै देवेनले म्वाइ खाएको सम्झिरहिन् । बच्चीले जतिजति दूध चुस्दै थिइन्, त्यति नै मन्दमन्द काउकुतीले बिथोलिएकी थिइन्, सुखरी । दूध खाँदै गरेको स्तन बच्चीको मुखबाट झिकेर अर्को स्तन बच्चीको मुखमा हालिन् । अर्को स्तनको दूध पनि बच्चीले चुस्न थालिन् । बच्चीको दूध चुसाइमा सुखरीले यौनसुख प्राप्त गरेको अनुभव गर्न थालिन् । उनले बिस्तारै आफ्नै पेट, छाती, गाला र निधार मुसार्दै एउटा विचित्र तृष्णा मेटाइरहिन् । दुवै स्तनको दूध बच्चीले चुसिसकेपछि सुखरीको जीउ सेलाउँदै गयो । उनको मनमा भएको यौनतृष्णा कम हुँदै गयो । जीउ लल्याकलुलुक भयो । उनलाई निद्राले छोप्यो । बच्चीसँगै उनी पनि निदाइन् ।

मलेसिया गएका सुखरीका लोग्ने दुई वर्षअगाडि आएका थिए । त्यतिबेलै सुखरी गर्भवती भएकी थिइन् । छोरी अहिले एक वर्षकी थिइन् । तीन वर्षपछि मात्र फर्किने गरी उनका लोग्ने फेरि मलेसिया गएका थिए । देवेन यादव र सुखरीका लोग्ने सँगै एकै कम्पनीमा काम गर्थे । देवेन गाउँ फर्केका बेला उनकै हातबाट बच्ची र सुखरीका लागि लुगाफाटा पठाइदिएका थिए, सुखरीका लोग्नेले । देवेन अर्को गाउँका थिए । उनी बिहे गर्न मलेसियाबाट घर आएका थिए । पहिलो पटक देवेन सुखरीको घर जाँदा गोरी, अग्ली, बाटुलो अनुहार, लामो केशराशि, सुरमयी लोचन भएकी सुखरी उनलाई सुभाषिणी र कामिनी लाग्यो । त्यहाँबाट देवेन सधैं फोनमा कुरा गर्दै सुखरीसँग जिस्किन्थे । कुरा गर्दागर्दै सुखरी र देवेनको मायाप्रीति बस्यो । त्यहाँदेखि उनीहरु लुकीलुकी भेट्न थाले । देवेन मोटरसाइकलमा राति सुखरीलाई भेट्न आउँथे । मोटरसाइकल गाउँबाहिरको चिया पसलमा राख्थे । हिँड्दै सुखरीको बारीमा पुग्थे । सुखरीको घर गाउँमा सबैभन्दा वर भएकाले देवेन गाउँ छिर्नुपर्दैनथ्यो । लारको टौवा घरपछाडि बारीमा थियो । सुखरीलाई फोन गरेर आफू बारीमा आएको जानकारी देवेनले गराउँथे । सुखरी दिसा गर्ने बहाना बनाएर देवेनलाई भेट्न जान्थिन् ।
उनी बिस्तारै पूर्ण रुपमा देवेनलाई मात्र सम्झिन थालिन् । खाँदा, उठ्दा, बस्दा पनि देवेनले उनको मनमा राज गरिसकेका थिए । उनको लोग्नेले मलेसियाबाट फोन गर्दा उनलाई कुरा गर्न मन लाग्दैनथ्यो । औपचारिकता पूरा गर्न मात्र कुरा गर्थिन् ।
एकदुई दिन बिराएर सुखरी र देवेन टौवाबारीमा भेट्थे । सधैं भेट्न समय मिल्दैनथ्यो । सुखरी र देवेन एकअर्काको प्रेममा यसरी गहिरिएका थिए कि एक दिन नभेट्दा उनीहरुलाई संसार नै अर्थहीन लाग्थ्यो ।

तीन महिनापछि मध्यरातमा उनी देवेनसँग भागिन्, बच्चीलाई छाडेर । उनलाई बच्चीको कत्ति पनि माया लागेन । उनी कस्ती स्वार्थी आमा थिइन् ? हो, उनलाई देवेनबाहेक कसैको माया लागेन । बच्चीभन्दा पनि उनलाई स्निग्ध लाग्यो, देवेन ।

देवेन सुखरीलाई लिएर मध्यरातमा आफ्नो घर गए । सुखरीको सिउँदोमा पहिलादेखि नै सिन्दूर थियो । सिन्दूर लगाएको देखेर कसैकी स्वास्नीलाई भगाएर ल्याएको कुरा उनका बाआमाले थाहा पाए । देवेनको परिवार सुखरीलाई अपनाउन तयार भएनन् । कुमार केटोले बिहे भएकी आइमाईलाई भगाएर ल्याउँदा देवेनले बिहेमा पाउने दाइजो गुमाएका थिए । उनकी आमा आगो भइन् । भनिन्, “घर मे नै । तु जते सुतै चिही । ततै येकरो सुता ।” (घरमा होइन । तँ जहाँ सुत्छस्, यसलाई पनि त्यहीँ सुता ।) देवेनका बाआमाले सुखरी कुन गाउँकी, कसकी स्वास्नी हो भनेर सोधे । तर देवेनले बाआमाको कुनै प्रश्नको जवाफ दिएनन् । सुखरीलाई जहाँबाट भगाएर ल्याएको छस्, त्यही फेरि पु¥याइदे भनेर देवेनका बाआमाले भने । तर देवेनले मानेनन् ।

देवेन गुहालीमा सुत्थे । उनले सुखरीको हात समात्दै गुहालीतिर गए । गुहालीमा तल भैंसी र गोरू बाँधिएका थिए । माथि दोमहला थियो । त्यही दोमहलामा देवेन सुत्थे । उनी गुहालीतिर जाँदा उनकी आमा केही बोलिनन् । देवेनलाई विश्वास भयो, सुखरीलाई गुहालीमा राखें भने कोही केही बोल्नेछैनन् । पछि सबैको मन जितें भने भित्र्याउनेछु । सुखरीलाई भगाएर ल्याउँदा सबै जना रिसाउनु जायज थियो । सबैको मन जितेर बिहे गर्ने सोच देवेनले बनाए ।

गुहाली हुँदै दोमहलामा जानुपथ्र्यो । दोमहलामा चढ्न बाँसको पैठी (भ¥याङ) लगाइएको थियो । पहिला देवेन पैठीमा चढे । देवेनको पछिपछि सुखरी चढिन् । पैठीमा टेक्दा त्यो करकर आवाज निकालिरहेको थियो । दुवैजना एकै पटक चढ्दा पैठी भाँचिने पो हो कि भनेर सुखरी डराइन् । दुवै हातले पैठीको छेउ समात्दै चढ्न थालिन् । दोमहलामा देवेन चढिसकेर सुखरीतिर आफ्नो हात लम्काए । देवेनले हात लम्काएको देखेर सुखरी ढुक्क भइन् । बायाँ हात देवेनलाई दिइन् । देवेनले सुखरीलाई ताने । सुखरी पैठीबाट हात छोड्दै देवेनको हातमा आफ्नो हात राख्दै दोमहलामा चढिन् । दोमहलाको एउटा कुनामा चौकी थियो । चौकीमा भोटिया (लुगाको गुन्द्री) र भोटियामाथि पुरानो तन्ना ओछ्याइएको थियो । चौकीमा झुल तानिएको थियो । धूलोधूवाँले झुल पुरानो भइसकेको थियो । एउटा तकिया ओछ्यानमा राखिएको थियो ।

झुल मथि उठाउँदै देवेन चौकीमा बसे । सुखरीलाई पनि यहाँ बस् भने । सुखरीले चौकीमा बस्नुभन्दा अगाडि चौकीमुनि हेरिन् । चौकीमुनि आलु र प्याज राखिएको थियो । देवेनको परिवारले आफूलाई नस्विकार्दा सुखरीका ओठमुख सुकिसकेका थिए । सुखरीले जिब्रोले ओठ चाटिन् । मुखमा थुक थिएन । उनले सानो स्वरमा देवेनलाई भनिन्, “पियास लागल आइछ । पाइन पिबै ।” (तिर्खा लागेको छ, पानी पिउँछु ।) उनको कुरा सुनेर देवेन चौकीबाट उठे । उनले खाटमुनि हेरे । त्यहाँ एउटा कमण्डलु थियो । त्यसमा अघिल्लो दिनकै पानी थियो । उनले कमण्डलु चौकीमुनिबाट झिके । पैठीमा टेक्दै तल ओर्लिए । तल ओर्लिने बेलामा पैठी फेरि हल्लिँदै कुइँकुइँ गर्न थाल्यो । दोहमलाबाट झरेर उनी पम्प गए । तीनचार पटक पम्प पेल्दै पानी हाल्दै, फाल्दै कमण्डलु धोए । कमण्डलुमा पानी भरेर ल्याए । सुखरी चौकीमा बसिरहेकी थिइन् । देवेनले सुखरीको हातमा कमण्डलु थमाए । सुखरी कमण्डलुको डन्डी समातेर पानी खान थालिन् । उनले पानी खाँदा घटघट आवाज आइरहेको थियो । पानी खाइसकेपछि उनले कमण्डलु चौकीमुनि राखिन् । देवेन चौकीमा पल्टिए । सुखरी देवेनको छेउमा भित्तापट्टि पल्टिइन् । देवेनले सुखरीलाई आफ्नोतिर फर्काए । सुखरी देवेनतिर फर्किइन् ।

सुखरी र देवेन दुवै जना तनावमा थिए । सुखरी आफ्नो घर र छोरीलाई सम्झिरहेकी थिइन् । उनी मनमनै पश्चात्ताप गरिरहेकी थिइन् । तर उनले देवेनलाई केही भनिनन् । देवेनको परिवार पनि देवेनसँग रिसाएका थिए । चिन्ता गरेर के नै हुने हो र ? मनमनै सुखरीले सोचिन्, जे हुनु थियो भयो । यो कुरा सोच्दै सुखरीले देवेनलाई कसेर समातिन् । आमाको नाराजगीमा हराइरहेका थिए, देवेन । सुखरीले कसेर समातेको देखेर देवेनको जीउमा ऊर्जा जागृत भयो । नसाहरु काँप्न थाले । उनले सुखरीको निधारमा चुम्दै स्तन चलाउन थाले । सुखरी छटपटाउन थालिन् । देवेनका दाह्री चलाउन थालिन् । देवेनले सुखरीको ब्लाउजको टाँक खोल्यो । दोमहला अँध्यारो थियो । तर दुवै जना एकअर्काका अङ्गअङ्ग चलाउँदै छटपटाइरहेका थिए । दुवै जनाको मुख र नाकबाट तातो सास निस्किरहेको थियो । देवेनले सुखरीको ओठमा ओठ राख्दा सुखरीको मुटु बेजोडले धड्किरहेको थियो । पहिला पो लारमा लुकेर भेट्नुपथ्र्यो । कतैबाट कसैले समात्लान् कि भन्ने डर हुन्थ्यो । तर आज दुवैलाई कसैको डर थिएन । दुवै जना खुला आकाशका चरा बनेका थिए । अँध्यारोमा देवेन र सुखरी पूरै नाङ्गिए । दुवैमध्ये आज कसैले आँखा पनि बन्द गर्नुपरेन । एकअर्काको जीउ हेरेर होइन, स्पर्श गरेर उनीहरु आनन्दको त्यो भवसागरमा डुबे, जहाँ दुई जनाबाहेक कसैको सम्झनाले छोएन उनीहरुलाई । चौकी घ्याचघ्याच बोलिरहेको थियो । त्योबाहेक अर्को आवाज निस्किरहेको थियो । त्यो सुखरी र देवेनको मुखबाट निस्केको आहहह…. र उहँहँहँहँ… को आवाज थियो ।

उता सुखरी मध्यरातमा एक जना केटोको मोटरसाइकलमा बसेर बाहिर गएको खबर गाउँभरि फैलिसकेको थियो । बिहानसम्म सुखरी नआउँदा पोइल गएको कुरा सासूससुराले पत्ता लगाइसकेका थिए । गाउँलेहरुलाई सुखरी र एउटा केटो महिनौं अगाडिदेखि भेटिरहेको कुरा थाहा थियो । तर उनका सासूससुरालाई भन्न सकिरहेका थिएनन् । आज गाउँलेहरुले सबै पोल खोले । छोरालाई पनि फोन गरेर सुखरी पोइल गएको खबर गरिसकेका थिए, सुखरीका सासूससुराले । त्यहाँदेखि सुखरीलाई खोज्ने प्रयास कसैले गरेनन् । बच्चीलाई सुखरीका सासूससुराले हेरचाह गर्न थाले ।

बिहान उठ्दा सुखरी र देवेन एउटै सारीले जीउ छोपेर सुतेका थिए । रातभर बच्चालाई दूध नखुवाएकीले सुखरीका छातीमा दूध जमेर बिझिरहेको थियो । चस्सचस्स बिझ्दा उनले सहनै सकिनन् । उनले दुइटै स्तन छामिन् । दुवै स्तन पुष्ट भइसकेका थिए । उनलाई केही उपाय सुझेन । उज्यालो भइसकेको थियो । देवेन मस्त निदाइरहेका थिए ।

सुखरीले देवेनको जीउबाट सारी तानिन् । सारी तानेपछि देवेनको आँखा खुल्यो । उनलाई उठ्नै मन लागेन । उनले फेरि आँखा चिम्लिए । आँखा चिम्लिँदै सुखरीलाई भने, “जो घर के काम कैर देहे ।” (जा घरको काम गरिदे ।) देवेनको कुरा सुनेर सुखरीले सारी लगाइन् । ब्लाउजको टाँक लगाउन सकिनन् । छातीमा दूध साह्रै बिझिरहेको थियो । उनले ब्लाउजका दुइटा टाँक मात्र लगाइन् । सारी लगाएर दोहमलाको भुइँमा एउटा कुनामा बसिन् । दूध निचोर्न यताउता हेरिन् । गिलास वा बटुको खोजिन् । उनले केही पनि भेटाइनन् । सिरानीतिर देवेनको तौलिया थियो । उठेर त्यही तौलिया ल्याइन् । फेरि बसिन् । तौलिया छातीनजिक राखिन् । ब्लाउजबाट दायाँ स्तन निकालेर दूध तौलियामा निचोर्न थालिन् । स्तनबाट दूधका सिर्का बाक्लो गरी निस्किरहेका थिए । उनले तिघ्रामा तौलिया राख्दै दूध निचोरेको देवेनले आँखा खोलेर हेरे । केही बोलेनन् । दायाँ स्तनको दूध निचोरिसकेपछि उनलाई थोरै आराम भयो । उनले दायाँ स्तन ब्लाउजभित्र हालिन् । बायाँ स्तन दायाँ हातले बाहिर निकालिन् । दुवै हातले तौलियामा स्तन निचोर्न थालिन् । दूधका सिर्का तौलियामा ध्यारध्यार गर्दै पोखिए । दूध निचोरिसकेपछि उनले लामो सास तानिन् । उनलाई पिलो फुटेर सबै पीप बगेर सन्चो भए जस्तो लाग्यो । जीउ हल्का भयो । उनले तौलिया बटारेर दिउँसो धुनका लागि चौकीमुनि राखिन् । ब्लाउजका टाँक लगाइन् ।

घुम्टो ओढेर दोहमलाबाट तल झरिन् । आँगनमा आइन् । आँगनमा आएपछि सासूले भनिन्, “तोहे घर के नै । गाहली के काम कर् । गोबर उठा । गाईभैंस के लार, पुवार सैब कथियो देख आई से । यी काम नै करबिही त जते से येलचिही ततै चैल जो ।” (तँ घरको होइन, गुहालीको काम गर् । गएर भकारो सोहोर् । आजदेखि गाईभैंसीलाई पराल र कुँडो हाल्ने काम तँ गर्छेस् । गर्दिनस् भने जहाँबाट आइस्, त्यहीँ फर्केर जा ।)

सासूका कुरा सुनेर उनलाई रिस उठ्यो । रिसले निधार खुम्चाउँदै छितनी (भकारो सोहर्ने सानो ढाकी) बोकेर गुहाली गइन् । छितनी भ्यात्त फाल्दै भुइँमा राखिन् । रिसाउँदै त्यही छितनीमा भकारो सोहोरेर भ्यातभ्यात राखिन् । छितनीबाट भकारो उछिट्टिएर भुइँमा पोखियो । पोखिएको भकारो फेरि सोहोरेर छितनीमा राखिन् । त्यो दिनदेखि उनले भकारो सोहर्ने, गाईभैंसीलाई पानी खुवाउने, पराल हाल्ने, कुँडो काट्ने काम गर्न थालिन् ।

उनलाई साह्रै दिक्क लाग्थ्यो, भकारो सोहोर्न । उनले नोकर्नी जस्तै काम गर्नुपथ्र्यो । भैंसी बसिरहेका बेला उनी दुईचार लात हान्थिन् । गुहाली बढार्ने खराले ड्याङड्याङ भैंसीहरुलाई हान्थिन् । त्यति बेला भैंसीहरु बाँबाँ गर्दै कराउँथे । त्यो घरमा बुहारीको दर्जा पाउँछु भनेर सुखरीलाई खुब आशा थियो । तर छ महिना बितिसक्यो, सुखरीले कुनै दर्जा पाएकी थिइनन् । पाएकी थिइन्, केवल नोकर्नीको उपनाम । उनले राति देवेनलाई कैयौं पटक भनेकी थिइन्, “कहिले मसँग बिहे गर्नुहुन्छ ?” तर देवेन उनका कुरामा कुनै चाख दिँदैनथे ।

सुखरी त्यो घरमा रातभर देवेनको ओछ्यानमा सुत्थिन् । दिनभर गुहालीको काम गर्थिन् । उनले दिनमा दुईतीन पटक आफ्नो दूध निचोरेर फाल्थिन् । देवेन निराश हुँदै गएका थिए । उनका बाआमाले पनि उनलाई एक्लै बोलाएर कैयौं पटक भनिसकेका थिए, “हामी यो आइमाईलाई बुहारी बनाउन सक्दैनौं ।” तर यो सबै कुरा सुखरीलाई देवेनले सुनाएका थिएनन् ।

बच्चालाई दूध नखुवाएपछि सुखरीका दूध सुक्दै गए । देवेनमा पनि पहिलाको जस्तो ऊर्जा थिएन । उनले सुखरीलाई पहिलेको जस्तो माया र हेरचाह गर्दैनथे । यो देखेर सुखरी पश्चात्तापमा पर्न थालिन् । उनलाई आफ्नो बच्चा र बूढाको धेरै याद आउँथ्यो । तर त्यो घर फेरि फर्केर जान पनि सक्दैनथिन् । उनी आधा रातसम्म रोइरहन्थिन् । उनी रोए पनि वास्ता नगरी देवेन सुत्थे । देवेनले आफूलाई वास्ता नगरेको देखेर सुखरीले एक रात भनिन्, “नै सुनलियै । उठु न । हमर से कैहिया बियाह करबै । सैब दिन नोकर्नी ये बन्या के राखने रहबै ।” (सुन्नुभएन ? उठ्नू न । मसँग कहिले बिहे गर्नुहुन्छ ? सधैं मलाई नोकर्नी बनाएर राख्नुहुन्छ ?)

उनका कुरा सुनेर देवेन केही बोलेनन् । सुखरीले देवेनको जीउ हल्लाउँदै भनिन्, “सुइत गेलियै ?” (सुतिसक्नुभो ?) । देवेन फेरि केही बोलेनन् ।

केही नबोलेको देखेर सुखरीले भनिन्, “बेकार मे हम यहाँ जरे येलियै । हमरा ओहया घरवला जरे सुख छेलै । जैहिया से अत येलियै । तहिया से दुखेदुख पाबैचियै । हमरा यहा के बाप महताइर नोकर्नी बन्या के राखने आइछ । तैभरूवा कथियो बोलै चियै ?” (व्यर्थमा म तपाईंसँग आएँ । मलाई पहिलाको बूढासँगै सुख थियो । म यहाँ आएदेखि दुःखैदुःख पाइरहेकी छु । मलाई तपाईंका बाआमाले नोकर्नी बनाएर राखेका छन् । तैपनि तपाईं किन केही बोल्नुहुन्न, भडुवा ?)

देवेनले केही नबोलीकन सुखरीलाई एक झापड बेस्करी हाने । सुखरीको कानको जाली फुट्ला झैं झमझम, रमरम, परपर भयो । चोट लागेर ताता भए गाला । उनी गाला समातेर रिसले तकिया भुइँमा फालेर देवेनलाई टिकटा, बोइलठेला, जोनढाहा भन्दै रून थालिन् । उनले गाली गरेको देखेर देवेनले जङ्गिँदै भने, “यी सार हमर जीवन बर्बाद कैर देने आइछ । हमर घर से भाग् । ने त हम तोरा काइटकुइट के बोरामे बाइन्ह के फेक देबौ । हमर बाप महताइर के नाम नै ले । हमरे बाप महताइर छेलौ से तोरा खाइले देलकौ । या राखल कौ । दोसर के बाप महताइर रहतियौ त झोटा पकैर के निकाइरल देने रहतियौ । मादरचोद बेटी । हमर अगारी से भाग । येकर खातिर हम दहेज दैवला छौरी से बियाह नै करैले सकैचियै ।” (यो सालाले मेरो जीवन बर्बाद पारेकी छे । मेरो घरबाट भाग् । नभए तँलाई काटेर टुक्राटुक्रा पारेर बोरामा बाँधेर फाल्छु । मेरो बाआमाको नाम नले । मेरै बाआमाले तँलाई खान र बस्न दिनुभो । अर्काका बाआमा भइदिएको भए जगल्टाएर निकालिदिन्थे । मादरचोदकी छोरी, मेरो अगाडिबाट भाग् । तेरै कारणले मैले दहेज दिने केटीसँग बिहे गर्न सकेको छैन ।)

देवेनले जोरले सुखरीको हात झट्कारेर फाल्दै थपे, “छ मैहनामे तोहे एक लाख रूपैयाँ खेने चिही । बुझलिही । तोहे दोसर के बौह चिही । उरहैर के येल चिही । हमरा नै छुब । ने त एक लात देबौ ।” (छ महिनामा एक लाख रूपैयाँ बराबरको खाना खाएकी छेस्, बुझिस् । तँ अर्कार्की स्वास्नी होस् । पोइल आएकी होस् । मलाई नछो । नत्र एक लात हान्छु ।)

देवेनको पछिल्लो कुराले सुखरी स्तब्ध भइन् । उनलाई देवेनको आमाचकारी मन परेन । तँ अर्कार्की स्वास्नी, छ महिनामा एक लाख रूपैयाँ खाइस् र दहेज दिने केटीसँग बिहे गर्न नसकेको सुनेर उनको मन छियाछिया भयो । उनी छाँगाबाट खसे झैं भइन् । उनले सम्झिइन्, लोग्नेले मलेसियाबाट उनी नभागुन्जेल सबै पैसा उनकै नाममा पठाउँथे । बिहे भएदेखि राम्ररी राखेका थिए । उनले खाएको–पिएको कहिल्यै हिसाब गरेका थिएनन् । तर यहाँ देवेनको कटुवचन सुनेर सुखरीलाई जीवनमा कहिल्यै नभएको पछुतो भयो । उनका आँखामा आएको आँसु सबै सुक्यो । उनले देवेनलाई सजाय नदिई आरामको सास नलिने अठोट गरिन् । दुवै हातले आँसु पुछिन् । र भित्तापट्टि फर्केर सुतेको नाटक गरिरहिन् । उनले मनमनै योजना बनाइन्, भोलि बिहानै प्रहरी चौकी जान्छु । देवेनलाई सजाय दिलाउँछु । पहिलाको लोग्नेसँग पनि बस्दिनँ । घर गएर छोरीलाई ल्याउँछु । यी आफन्त र गाउँबाट टाढा जान्छु, जहाँ मलाई कसैले चिन्दैनन् । छोरीलाई हुर्काउँछु । मनमा आएका कुराले उनी खुसी भइन् । उनलाई देवेन विषालु र दुष्ट लाग्यो । आफ्नो लोग्ने र दूध खाने बच्चीलाई छाडेर पराइ पुरूषको घर बसाउन आएकोमा आफैंप्रति क्षोभ पलायो । उनले ओछ्यानको कुनामा भित्तापट्टि थुकिन् । आफूलाई व्यभिचारी आइमाई करार गरिन् ।

सुत्न सकिनन्, उनी उठेर बसिन् । देवेन सुतिसकेपछि छेउ लाग्दै थाहा नपाउने गरी उनी चौकीबाट ओर्लिइन् । गोडाको चाल मारेर घुम्टो नओढी निस्किइन् । ओर्लिने बेलामा पैठीबाट कुइँकुइँ आवाज आउला भन्ने डरले उनी बिस्तारै दोमहलाबाट ओर्लिइन् । उनलाई पैठीले पनि साथ दिए जस्तो भयो । पैठी चुप रह्यो ।

उनी मध्यरातमा देवेनको घरबाट निस्किइन् ।एकाबिहानै छिमेकी गाउँमा लारको माचछेउ एउटी नाङ्गो आइमाईको शव भेटियो । अनुहार कच्याककुचुक्क भएको थियो । रगत सबैतिर लतपतिएको थियो । बाह् खरीबाट

चर्चामा

सम्बन्धित समाचार