शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाल मज्दुर हुँदा अर्का को गालि गलौचहरु,

बाल मज्दुर हुँदा अर्का को गालि गलौचहरु,

  • शुक्रबार, असार १२, २०७७
बाल मज्दुर हुँदा अर्का को गालि गलौचहरु,

गजल!
भोगे का कष्ट केही गजल केही कहानी बने,
केही किताबमा सझिए त केही जवानी बने।

बाल मज्दुर हुँदा अर्का को गालि गलौचहरु,
मुटु पोल्ने आगो आखा बाट बग्ने पानी बने।

कस लाई के थाहा यो ज्यानले के के सहयो,
भोको पेट र गल्लिको बास पनि दलानी बने,

पढ्ने लेख्ने खेल्ने कुद्ने कस्लाई हुँदैन रहर,
आफ्नो ता धेरै जिज्ञासा सानैमा खरानि बने।

जुनठाउँले तुच्छ काम दियो त्यो बेला मलाई,
आफ्नो मनभित्र त्यो ठाउँपनि राजधानी बने।

आफन्ति बिरासतमै आएका कति छन कति,
उनैले दिएका घाउ आफ्नो मन मा खानि बने

मुटुमै रैछ छुरा छिया छिया पारे सेतेको हृदय,
उनिहरु आत्म कथाको निव छानि छानी बने।
सुरेशकुमार पान्डे।२६-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार