शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • को कस्तोछ त्यो हेर्ने नजर मा भर पर्छ

को कस्तोछ त्यो हेर्ने नजर मा भर पर्छ

  • बुधबार, जेष्ठ ७, २०७७
को कस्तोछ त्यो हेर्ने नजर मा भर पर्छ

को कस्तोछ त्यो हेर्ने नजर मा भर पर्छ,
ब्यबहार पनी उसैको असर मा भर पर्छ।

यिनै नजरको प्रितमा पागल भएक हरु,
त्यो समेत थोरै वा धेरै उमर मा भर पर्छ।

मम्ताको काख जस्तो भेटिदैन कतै पनि,
नवजात शिषुलाई नि अधर मा भर पर्छ।

सबैले सु-सान्त निवाश रोजेको देखि रहेँ,
किन नजर गाउँ छाडि सहर मा भर पर्छ।

ब्यापारी हरुले पनि पत्रिका त छापेकै हो,
तर आयु ता साँचो त्यो खबर मा भर पर्छ।

अचेल किनहो टेकाउ भन्दा फेशन बढ्यो,
त्यसैले त क्षाणिक त्यो कभर मा भर पर्छ।

खुसि छैनन् जो जतिछ आफु सँग कमै हो,
सुखःशान्ति पनि सबैको रहर मा भर पर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार