शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मानव उत्त्पति : वैज्ञानिक र धार्मिक विचार

मानव उत्त्पति : वैज्ञानिक र धार्मिक विचार

  • शनिबार, बैशाख २७, २०७७
मानव उत्त्पति : वैज्ञानिक र धार्मिक विचार

पृथ्वीमा कसरी मानवको उत्पत्ति भयो भन्नेबारे विभिन्न सिद्धान्त छन्। चार्ल्स डार्विनको ‘ओरिजिन अफ स्पिसेस’देखि आजसम्म विभिन्न अध्ययन-अनुसन्धान भएका छन्।
हरेक धर्म , संसकृती र वैज्ञानिक दृष्टिकोण अनुसार मानवउत्त्पतिसम्बन्धि आआफ्नो विचार प्रचलित छन । विशेषतः मानवको विकाससम्बन्धी एउटा सर्वव्यापी मान्यता छ- अफ्रिकाबाट उद्भव भई विश्वभर फैलिएको। झन्डै ६० हजारदेखि ८० हजार वर्षअघि मानव विकसित भई विभिन्न महादेशमा बसाइँ सर्दै गएको भन्ने मान्यता छ।
वेदमा उल्लेख भएअनुसार संसारको सृष्टि गर्ने, पालन गर्ने र संहार गर्ने भनेर क्रमशः ब्रह्मा , बिष्णु र महेश्वर मानिएको छ। सर्वप्रथम पृथ्वी , अग्नि, वायु , जल र प्रकाश तथा ग्रह , नक्षत्र , अन्तरीक्ष र भुमण्लको सृष्टि गरे । त्यसपछि मानसिक कल्पनाद्र्‍रा मानस पुत्रको रुपमा सप्तर्षि ऋषिको सृष्टि गरे । जसमा गौतम , भरद्राज , विश्वासमित्र , जमद्ग्नी , वशिष्ट , कश्यप र अग्नि लाई मानिएको छ । ब्रहमाकै शरीरबाट एउटा मानसिक पुरुष (स्वायम्भुव मनु ) र नारी ( शतरुपा ) को उत्त्पति भयो । तिनै स्वायम्भुव र शतरुपा बाट भएको सृष्टिको वृद्धि नै आजको मानव संसार भएको मानिएको छ। र, यस्ता मनु नाम गरेका यस पृथ्वीमा आदि पुरुषहरु १४ जना रहेका छन । सुमेरु पर्वत र मानसरोवरको बिचमा पर्ने यमपुर आर्यहरुको मुल जन्म – स्थान मानिएको छ । हिमालयको काखमा वैदिक हिन्दु धर्मावलम्बी आर्यहरुको उत्त्पति भएको कुरा ऋग्वेदमा उल्लेख गरिएको छ । डा. स्वामी प्रपन्नाचार्यको अनुसार सुमेरु पर्वतको काखमा सर्वप्रथम मानव सृष्टि भएको हो । त्यस सुमेरु पर्वतलाई केही मेरु पर्वत र केही कैलाश पर्वत पनि उल्लेख गरेको पाईन्छ ।

सुमेरु पर्वतको काखमा मानसरोवर भन्ने स्थानमा सर्वप्रथम मानवको सृष्टि भएपछि मानव सृष्टिको पहिलो बोली अर्थात भाषा वैदिक संस्कृत हो । र, यहि वैदिक भाषाबाट युरोपेली भाषाहरुको जन्म भएको हो भनेर डा.स्वामीले उल्लेख गर्नुभएको छ ।पुर्वी एसिया मंगोल जातिको मुल क्षेत्र हो। त्यहीबाट उत्तर र दक्षिणतिर त्यो जाति फैलिदै गयो । निग्रो जातिको मुलभुमी अफ्रिका हो । त्यसैको समानान्तर शाखा अष्ट्रेलियामा हुर्क्यो , जसलाई आष्ट्रीक जाति भनिन्छ ।
जब मानवको सृष्टि भयो , भाषा , धर्म र यज्ञको थालनी भयो , तब सभ्यताको स्वरुप देखा पर्न थाल्यो । केही विद्दानले सिन्धु घाँटी , मोहन्जोदाडो , हडप्पा र सुमेरु सभ्यता पत्ता लगाए ।

बीसौं शताब्दीको सुरुमा एसिया र युरोपमा प्रथम मानव उत्त्पति भएको थियो भन्ने मानिन्थ्यो । रेडमन्ड डार्टले अफ्रिकाको टाउङमा खप्पर ( Taung skull) फेला पारे । मानव र रेडु बादरबिचको पहिलो मानव ( Humanoids) र फोसिल अफ्रिकामा फेला पर्यो । यसले डार्विनको सिद्धान्तको एक अंशलाई प्रमाणित गर्यो । जसले गर्दा मानव प्रजातिको इतिहास र उत्त्पतिका सम्बन्धमा कोशेढुङगा सावित भयो । सन 1924 मा डार्टले टाउङको चुनढुङगा खानीमा लङगुर बादरको मेरुदण्डको फोसिल फेला पारे। फोसिलमा परिणत भएको मस्तिष्क फेला पर्नु भनेको दुर्लभ घटना थियो । यो लुङ्गुर बादरको मस्तिष्कभन्दा तीनगुणा ठूलो थियो ।

र , उमेर पुगेको चिम्पान्जीको भन्दा पनि ठुलो थियो ।उनले खप्परको बनावट र मेरुदण्डसंगको सम्बन्धका आधारमा त्यो मानवपुर्खा ठाडो उभिएर हिडथ्यो भनेर व्याख्या गरे । उनले अफ्रिकाको मैदानमा बादर (ape) बाट मानव बनेको भन्ने सम्बन्धमा टाउङको खप्परको त्यो पुष्टि भएको बताए । मान्छेको सबैभन्दा नजिकको प्रजाती चिम्पान्जी हो । वैज्ञानिकले के अनुमान गरेका छन भने मानव र चिम्पान्जी पुर्खा ५० लाख वर्षअघि एकै थिए । वैज्ञानिकले होमो सेपियन्स ( Homo sapiens ) नाम दिएको आधुनिक मानवको विकास होमो ह्याबिलिस ( Homo habilis) बाट भएको हो । 1.5 मिटर अग्लो यो मानव अस्ट्रेलोपिथेकसको पुर्खा हो । २० लाख वर्षअघि यो मानव होमो इरेक्टस ( Homo erctus) मानव बन्न पुग्यो , जसले आगोको प्रयोग सुरु गर्यो ।

यसैबाट १ लाख २० हजार वर्षपहिलो होमो सेपियन्सको विकास भयो ।डार्बिनको के विश्वास थियो भने मानवविकास अफ्रिकामा भएको हो । ५० वर्षसम्म उनको कुरा कसैले पत्याएनन । सन 1924 मा डार्टले खप्पर पत्ता लगाएपछि मात्र वैज्ञानिक उनको विचारप्रति बिस्तारै सहमत हुन थालेका हुन ।
मानव समाजको आदिम अवस्थामा राजतन्त्र थिएन , दास प्रथा र सामन्तवाद थिएन ,महिला र पुरुषको विवाह चलन थिएन र व्यक्तिगत सम्पत्ति पनि थिएन । राज्यसत्ता थिएन । गाउँ – बस्ती थिएअन । मानिस जङगलमा घुमन्ते थियो । जंगलमा प्राकृति आहार बटुलेर खाने गर्थ्ये ।
इतिहासकार तथा दार्शनिक युभल नोहा हरारीका अनुसार मानव विकास क्रमलाई आफ्नो किताबमा चर्चा गरेको छन। हरारी पहिलो किताब ” सेपियन्स अ ब्रीफ हिस्ट्री अफ म्यानकाईन्ड ” मा हाम्रो पुर्खाको बारेमा चर्चा गरेका छन । उनले ७० हजार वर्षको मानव इतिहासलाई तीन खण्डमा बाडेका छन , जसलाई हरारी ” क्रान्तिकारी परिवर्तन ” भन्छन ।
पहिलो , मान्छेको सोच्ने , सिक्ने र सहकाॠ गर्ने शक्ति , जुन अरु जनावरको तुलनामा अद्दत छ ।
दोस्रो , कृषि क्रान्ति , जसले फिरन्ते , घुमन्ते र शिकारी युगको मान्छेलाई खेतीपाती र स्थायी र थितिमा जन्म भयो।
तेस्रो , वैज्ञानिक क्रान्ति । मान्छेको सहारा लिए । घिर्नी , कोदालो र फाली बनाए । यी तीन परिवर्तन एउटै जगमा अडेको छ – सहकार्य शक्ति ।
पश्चिममा एसिया र युरोपमा आर्य , पुर्वी र दक्षिण पुर्वी एसियामा मंगोल , अफ्रिका र अष्ट्रेलियामा निग्रो ( निऋतिक र आष्ट्रीक ) महा प्रजातिहरुको इतिहास फैलिएको तथ्यहरु प्रमाणित छन । पुर्वी एसिया र अमेरिकाको अलास्काभुमिक्षेत नछुटिदासम्म पुर्वी र पश्चिमी गोलार्धका मानिसको मानिसको आवतजावत चल्थ्यो। दक्षिण एसिया पुर्वी गोलार्धका चार महादेशको अति प्राचीन कालदेखिको संगम थलो हो ।
लगभग २६ लाख वर्षपहिले मानव पुर्खाले सिकार खेल्नका लागी ढुङगाको हतियार बनाएका थिए । त्यसपछिको आविष्कार आगो हो । १४ लाख २० हजार वर्षपहिले अफ्रिकामा रहने मानवपुर्खाले ओत लाग्ने छाप्रो र जिउ ढाक्नका लागी छाला अथवा रुखका बोक्रा कपडाका रुपमा प्रयोग गर्न सुरु गरेका थिए । ती मानव पुर्खा हाम्रा लागी महान वैज्ञानिक नै हुन ।

( स्तम्भकार तथा साझा पार्टीका युवा नेता मोहन सिंह )

चर्चामा

सम्बन्धित समाचार