शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लघुकथा ( आदर्शवादी युवा )

लघुकथा ( आदर्शवादी युवा )

  • शुक्रबार, चैत्र ७, २०७६
लघुकथा ( आदर्शवादी युवा )

यमराज तिमिल्सिना धेरै लोप गर्नुहुँदैन ! बढी सम्पत्ति किन चाहियो ? आफ्ना आधारभूत आवश्यकता पूर्ति भए पुग्छ । देश बन्यो भने सबै कुरा सहज हुन्छ । बरू देश र जनताका लागि केही गर्नुपर्छ । अहिलेकै नेतृत्वबाट देश समृद्ध बन्न सक्दैन । तसर्थ हामी युवाहरू एकजुट भइ ‘समृद्ध देश, सुखी जनता’ को अवधारणालाई साकार पार्नुपर्छ भन्दै पार्टीमा युवाहरू गोलबद्ध भए । ठूल्ठूला आमसभा आयोजना गरिए । प्रत्येक वक्ताका भाषणमा देशमा सुशासन स्थापना, कालोबजारी अन्त्य, बेरोजगारी समस्याको दिगो समाधान, दिन दुखी गरिब भोकानाङ्गा कोहि रहनु नपर्ने, जमिन नहुनेलाई जमिन, घर नहुनेलाई घर, शिक्षा, स्वास्थ्य नि:शुल्क आदि थुप्रै कुरा । राष्ट्रिय अन्तर्राष्ट्रिय आदर्शवादी नेता, विद्वानहरूका भनाई सापटीले उपस्थिति सबैका मन पग्लिन्थे । आहा ! कति आदर्वादी खासमा देशलाई चाहिने व्यक्ति यस्तै जोस जाँगर भएका युवाहरू हुनुपर्छ । ‘अबको चुनावमा दलहरूले यस्तै युवाहरूलाई अगाडी सार्नुपर्छ’ पार्टी र जनताको भलो हुन्छ’ उपस्थिति कानेखुसी गर्थे । एकाएक देशमा कसैले पत्याउनै नसक्ने गरि रोग देखापर्न थाल्यो । जताततै हाहाकार मच्चियो ! दैनिक अत्यावश्यक खाद्यान्न वस्तु ( दाल, चामल, तरकारी, नुन, तेल ) देखि लिएर सामान्य औषधि सिटामोल, माक्स, सेनेटरी प्याट, आदिको अभाव भयो । मान्छेका ओठतालु सुके ! सबै वस्तुको भाउ सर्वसाधारणले छुनै नसक्ने गरि आकासियो । बढी मूल्य तिर्न सक्नेले भने तुरुन्तै पाउँथे । सर्वसाधारणले ‘समृद्ध देश सुखी जनता’ नारा लगाउने तिनै युवाहरूको आवश्यकता महशुस गरे । देशमा संकट परेकाबेला किर्तिम अभाव, कालोबजारी, चर्को मूल्य तस्करी गर्नहरूलाई तिनीहरूले मात्रै ठिक पार्न सक्छन्,भनी खोजि सुरू गरे । नभन्दै टेलिभिजनका पर्दा, रेडियो, एफएम, अनलाइन, पत्रपत्रिकामा भाषण गर्ने तिनै युवाहरू प्रमाण सहित गैरकानुनी अभियोगमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका समाचार धमाधम आउन थाले…….?

चर्चामा

सम्बन्धित समाचार