सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रकाश थापा (गजल) देश लाई केक नै बनाएर काट्न थाले

प्रकाश थापा (गजल) देश लाई केक नै बनाएर काट्न थाले

  • शनिबार, फाल्गुन १७, २०७६
प्रकाश थापा (गजल) देश लाई केक नै बनाएर काट्न थाले

देश लाई केक नै बनाएर काट्न थाले
जनता माझ डुँङ्ग गनाएर काट्न थाले

कहाँ जाँदैछ हाम्रो समाज यो चाला ले
एक एक प्रदेश नै छनाएर काट्न थाले

हामि संघियता फालेर अखण्ड रोज्छौँ
आफुलाई दलाल जनाएर काट्न थाले

कुन रीति आयो मेरो देशमा अचेल हेरन
देश लाई जनमदिन मनाएर काट्न थाले
प्रकाश थापा बाजुरा
हाल : काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार