शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • १ महिना बन्द हुँदा पनि शुल्क असुलेर अभिभावकको ढाड सेक्दै निजी शिक्षण संस्था

१ महिना बन्द हुँदा पनि शुल्क असुलेर अभिभावकको ढाड सेक्दै निजी शिक्षण संस्था

  • बिहिबार, अशोज २३, २०७६
१ महिना बन्द हुँदा पनि शुल्क असुलेर अभिभावकको ढाड सेक्दै निजी शिक्षण संस्था

शैं शुरु भएसँगै काठमाडौं महानगरपालिकाले काठमाडौं भित्र रहेका सम्पूर्ण विद्यालयहरु तिहार सम्मै विदा दिन निर्देशन दियो । साथै, उपत्यका भित्रको चल्तिका स्कुल र क्याम्पसहरुले भने छठ सम्मै विदा दिएका छन् ।

यति लामो विदाको अर्थतन्त्र पनि ठूलो नै छ । उपत्यकाका कलेजहरुले पहिलो शत्रको परीक्षा दशैँ अघि सम्पन्न गरिसक्छन् र विद्यालय तथा कलेज छुट्टि दिन्छन् ।

विद्यालय तथा कलेजहरुले विद्यार्थी सँग बाह्र महिनाको नै शुल्क लिने गर्छन् । उनीहरुको बस भाडा, खाजाको रकम तथा स्पोर्टस शुल्क भनेर पनि लिने गरेका छन् ।

कुनै व्यक्तिले वा संस्थाले वस्तु तथा सेवा विक्री नगरी ( प्रदान नगरी) शुल्क लिन्छ भने त्यो ठगी हो । यदि विद्यालय तथा कलेजहरुले दशैँ तथा तिहारको विदामा लिइरहेको शुल्कहरु पनि एक प्रकार ठगी नै हो ।

यति लामो समय विदा हुँदा विद्यार्थीहरुलाई गृहकार्य मात्रै दिएर पठाइन्छ । विद्यार्थीलाई उतिसारो फाइदाजनक केहि सहुलियत केहि नदिएको कतिपय जानकार बताउँछन् ।

उपभोक्ता अधिकार संरक्षणकर्मी तथा अधिवक्ता पुष्पराज पौडेलका अनुसार ‘कुनै व्यक्तिले वा संस्थाले वस्तु तथा सेवा विक्री नगरी ( प्रदान नगरी) शुल्क लिन्छ भने त्यो ठगी हो । यदि विद्यालय तथा कलेजहरुले दशैँ तथा तिहारको विदामा लिइरहेको शुल्कहरु पनि एक प्रकार ठगी नै हो’ उनले भने ।

उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि विक्रेता वा सेवा प्रदायकले ललाईफकाई गरेर, प्रलोभनमा पारेर, कुनै प्रकारको हानी नोक्सानी पुर्याएमा वा वेइमानी गरेमा त्यस्ता प्रकृतिको क्रियाकलापलाई ठगी हो भनिएको छ ।

पौडेलका अनुसार यदि यस्तो ठगी गरेको प्रमाणित भएमा ७ वर्ष सम्म जेल सजाय तथा ७० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

विद्यालय तथा कलेजहरुले यदि लामो समय विदा दिँदा विद्यालयहरुले के कुरा सिकाउँछन वा त्यति रकम लिए वापत् उनीहरुलाई के दिइन्छ भन्ने यकिन नै छैन ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाका अनुसार ‘ विद्याथीहरुलाई यति लामो विदामा के सिकाउने, के गराउने भन्ने नै छैन । उही पुरानो शैलीको होमवर्क मात्रै दिने परम्परा छ ।’ विद्यार्थीको विदा हुने तर, अभिभावहकहरुको चाँही विदा नहुने हुँदा समस्या आउने भन्ने तर्क सामाजिक सञ्जालमा देखिएका छन ।

विद्यालय तथा कलेजहरुले यदि लामो समय विदा दिँदा विद्यालयहरुले के कुरा सिकाउँछन वा त्यति रकम लिए वापत् उनीहरुलाई के दिइन्छ भन्ने यकिन नै छैन ।

कोइरालाका अनुसार ‘ छुट्टी (विदा) आफैमा राम्रो नराम्रो भन्ने हुदैन । विदा उपयोगी भयो की भएन भन्ने मात्रै हो । यदि विद्यालय तथा कलेजहरुले विद्यार्थीलाई अनुसन्धानमूलक काममा लगाएको भए त्यो फलदायी नै हुन्छ । नत्र पुरानै पारा हुन्छ । अनी होमवर्क दिएको भरमा शुल्क भने पूरै लिनु भनेको त ठगी नै हो ।’

सरकारी तथा सामुदायिक विद्यालयहरुले विदाको समयमा भने शुल्क लिदैनन । तर निजी कलेज तथा विद्यालयहरुले विदाको पनि शुल्क लिने गरेका छन् ।

यसरी लिएको शुल्कको एक हिसाबले ठगी भएको अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ्गले बताए । उनी भन्छन निजी विद्यालयहरुका लागि सधैं जसो दशैं नै हो । हामी यो व्यवस्था अन्त्य गर्न आन्दोलनमा छौँ ।

‘संविधानले प्रदान गरेको मौलिक हक हो शिक्षा । राज्यका प्रत्येक नागरिकले निःशुल्क गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार हो, यसको निम्ति अनेरास्ववियूले निरन्तर सरकारलाई दबाब दिइरहेको छ तामाङ्गले’ भने ।

तपाईंहरु कै पाटी सरकारमा छ नी ? भन्ने प्रश्नमा उनी भन्छन् ‘ हामी दबाब दिने निकाय मात्र हो, कार्यान्वयन गर्ने निकाय होइन । सरकारले नियम बनाएर कडाभन्दा कडा कारवाहीको लागि जोडदार माग गर्दछौँ ।’सरकारले भने कानुन भएर पनि कारवाही अगाडी बढाउन सकेको छैन । सम्बन्धित निकायहरुले कर्मचारी तथा स्रोत साधनको अभाव देखाएर कारवाही गर्न सकेको छैन ।

कतिपयले भने शैक्षिक संस्थामा काम गर्ने स्टाफहरुलाई तलब, प्रशासनिक खर्च र दशैँको खर्च पनि दिनु पर्ने हुन्छ । त्यसैको लागी पनि दशैँको बिदामा पनि शुल्क उठाएको हुन सक्ने र त्यसलाई ठूलो रुपमा लिन नहुने बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार