बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटकीय क्षेत्र कालाजग्रा चुचुराेमा भ्यू टावर निर्माण हुँदै

पर्यटकीय क्षेत्र कालाजग्रा चुचुराेमा भ्यू टावर निर्माण हुँदै

  • शनिबार, असार ७, २०७६
पर्यटकीय क्षेत्र कालाजग्रा चुचुराेमा भ्यू टावर निर्माण हुँदै

लक्ष्मीराज पाध्याय
बाजुरा ७ असार
बाजुराको बडीमालिका    नगरपालिका–७ मा पर्ने अग्लो ठाउँमा रहेको कालाजग्राको नामले चिनिने टाइगर हिलमा असी लाखको लागतमा भ्यू टावर निर्माण हुन लागेको छ । जिल्लाको सबै भन्दा सरल बाटो र सदरमुकाम नजिकै रहेको पर्यटनको सम्भवना रहेको कालाजग्रा तथा टाइगर हिलमा भ्यू टावर निर्माण हुन थालिएको हो ।
बडीमालिका नगरपालिका वडा न ७ मा रहेको पर्यटनको सम्भावना बोकेको कालाजग्रा क्षेत्रमा आउने पर्यटकलाई सहजरुपमा अवलोकन गर्नका लागि भ्यू टावर निर्माण भईरहेको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्र बहादुर रोकायाले बताएका छन् ।


कालाजग्राको फेदीमा परापूर्वकालदेखि रहि आएको गुफाताल अवस्थित छ । उक्त गुफाताल माथि देवीको मन्दिरमा गएर रमाउनका लागि हराभरा फाँट प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । प्राकृतिक सुन्दरताले भरिएको, आसपासमा हरियो जङ्गल रहेको जिल्लाकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेख टाइगर हिलको नामले चिनिन्छ । ऐतिहासिक गढीका रूपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषीमाताको मन्दिरका साथै गुफाताल पनि छ । यही बाटो भएर बुढिनन्दा क्षेत्र तथा गौमुल आसपास र बडीमालिकाबाट बुढिनन्दा तिर बाघहरुको हिड्ने प्रमुख बाटो रहेको बुढापाकाको भनाई रहेको छ ।
बडीमालिका वडा न ७ को ढम्कने गाउँबाट पर्यटकीय पदमार्ग निर्माण कार्य पनी भइरहेको छ भने कालाजग्रगा चुचुरोमा पुगेका पर्यटकलाइ सहज रुपमा अवलोकनका लागी सुदुर पश्चिम प्रदेश सरकारको आर्थिक सहयोमा भ्यू टावर निर्माण हुन लागेको सुदुर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए । सुदुर पश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा हाल ९ लाखमा केही तयारी भईरहेको र आगमी बर्षमा बजेट आएमा सो ठाउँमा ठुलै भ्यू टावर निर्माण गरिने संरक्षण समितिका अध्यक्ष लोकेन्द्र बहादुर रोकायाले बताएका छन् ।


ढम्कनेबाट करीब डेढ घण्टापछि विभिन्न दृश्य कालाजग्रा चुचुरोमा पुगेर अवलोकन गर्न सकिन्छ । कालाजग्रा क्षेत्रमा रहेको वनमा चिर कालिजसमेत पाइने गरेको वडा अध्यक्ष पाध्यायले बताए । भौगोलिक कठिनाइका कारण यहाँ अपेक्षित पर्यटक पुग्न सकेका छैनन् । बडिमालिकापछि उचाइका दृष्टिले बाजुराको दोस्रो उच्च ठाउँ हो कालाजग्रा र सोही ठाउँमा रहेको चट्टान भित्रको अनौठो गुफाताल आकर्षक दृश्यावलोकनका लागि पर्याप्त सम्भावना बोकेको भए पनि यहाँ पर्यटक पुग्न सकेका छैनन् । पछिल्लो समय भने पोरखेमा सडक यातायातको पहुँच विस्तार भइसकेको हुनाले २ बर्ष अगीदेखी केही आन्तरिक पर्यटक कालाजग्रा पुग्ने गरेको कालाजग्रा पर्यटन तथा संरक्षण समितिका अध्यक्ष लोकेन्द्र बहादुर रोकायाले बताएका छन् ।
यो घना जंगल भएको ठाउँ हो । बडिमालिका मन्दिरपछिको दोस्रो उचाइको डाँडो हो कालजग्रा चुचुरो र पोरखे लेक । कालाजग्रा देबीको मन्दीर समेत रहेको छ । यहाँ धार्मीक महत्व बोकेको ठाउँका साथै यस ठाउँबाट बाजुरा जिल्लाका सबै ठाउँहरुको अबलोकन गर्न मिल्ने भएकोले यस क्षेत्रलाइ पर्यटकिय क्षेत्र बनाउन स्थानीयको पहल भई रहेको स्थानीय राम बहादुर धामीले बताए । यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता तथा गुफातालको दर्शन÷अवलोकन गर्न सकिन्छ । कालाजग्रा मन्दिरमा धार्मिक पर्यटक पुग्ने गरेका छन् । धार्मिक तथा प्राकृतिक गन्तव्यका रूपमा यस क्षेत्रले ठूलो सम्भावना बोकेको स्थानीय बलबहादुर रोकायाले बताए ।
देउडा, भोटेसेलो, घोडचढीजस्ता गतिविधिका कारण यहाँ पर्यटक आकर्षित हुने सम्भावना छ । स्थानीय स्तरमा उत्पादन हुने डोका, नाम्ला, सुपा, करुवालाई उपहारका रूपमा किनमेल गर्न सकिन्छ । आलुका विभीन्न परीकार, कोदो तथा फापरका मिष्ठान्न भोजनले पनि पर्यटक आकर्षित हुने सम्भावना छ ।


कालाजग्रा, गुफाताल तथा पोरखे लेक प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सुरु भएका छन् । बडिमालिका नगरपालिकाले प्रवद्र्धनात्मकको पहल थालेको छ । ‘स्थानीय पर्यटकीय उत्पादनको प्रवर्द्धनका लागि गन्तव्य पोरखे’ नामक अभियान नै सुरु गरेका छौँ,’ बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले भनेका छन् । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध तर प्रचारप्रसार हुन नसकेको कालाजग्रामा आन्तरिक तथा बाह्य पर्यटक बढाउन बडिमालिका नगरपालिकाले गन्तव्य यात्रा समेत शुरु गरेको थियो ।
दशकौँदेखि सुनसान रहेको यस क्षेत्रमा हरेक वर्ष घुम्न जानेको सङ्ख्या बढ्दै आएको भए पनी ब्यबस्थापन नहुदा केही समस्या आएकोले यसको व्यवस्थापनका लागि प्रचार प्रसार गर्न र ब्यबस्थापन गर्न थालिएको वडा नं. ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए । सदरमुकाम मार्तडी हुँदै बाजुराको प्रमुख व्यापारी केन्द्र कोल्टी र कर्णाली कालीकोट, मुगुको रारा, हुम्ला, जुम्लाको व्यापारिक बाटोका रूपमा चिनिने गरेको अध्यक्ष पाध्यायले बताए ।


पुसदेखि फागुनसम्म हिउँले ढाकिने फाँट र फाँटको छेउमा मिलाएर रोपिएको जस्तो बुट्टा देखिने हिउँको दृश्य पोरखेगडी आसपासका क्षेत्रलाई बूढीगङ्गा नदीको उद्यगमस्थलले चिनिन्छ । कालाजग्रा क्षेत्रमा पर्ने पोरखे लेखमा बाइसे र चौबीसे राज्य भएको बेला राजाले बनाएको दरबार पोरखेगढी दरबारको हालसम्म भग्नावशेषका रूपमा त्यहाँ देख्न पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार