सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • स्थानीय सरकार र जनताको चहाना

स्थानीय सरकार र जनताको चहाना

  • शनिबार, बैशाख ७, २०७६
स्थानीय सरकार र जनताको चहाना

तपेश रावल
“गाउँ गाउँमा सिहदरबार” एकदमै मिठो नारा लिएर राजनीतिक दल तिनका नेता कार्यकर्ता चुनावको बेला घोषणा पत्र बोकेर जनताको घरदैलोमा पुगे । जनताको मत आफ्नो पक्षमा पार्न सफल पनि भए । स्थानीय निर्वाचन भइ जनप्रतिनिधिले सपथ खाइ काम गर्ने सुरु गरेको पनि करिब दुई बर्ष पुग्न लाग्यो ।

स्थानीय तहले करिब दुई आर्थिक बर्षको बजेट बिनियोजन गरि आफ्ना कार्यक्रम तथा योजना सम्पन्नको चरणमा छन । जनताले भने आफुले निर्वाचित गरेका जनप्रतिनिधिले आफु अनुकुल काम नगरेको आरोप लगाउदै आएका छन् । जिल्लाका अधिकाश स्थानीय तहका मतदाताले आफुले जिताएका जनप्रतिनिधिलाई सम्मानको साटो आक्रोश ब्याबहार देखाउन थालेका छन् । तिनका मतदाता तथा अगुवा कार्यकर्ताले काम नगरेको आरोप लगाउदै आएका छन् । यसको प्रमुख कारण जनप्रतिनिधिले जनतासमक्ष समबन्य छलफल नगरी आफुअनुकुल नेता कार्यकर्तालाई अगाडि सार्नु, दिगो बिकासको लक्ष्य अनुरुप योजना कार्यक्रम अगाडि नसार्नु, बिगतको राजनीति दन्द्धले ग्रशित एक आपसमा मिलाप नहुनु, प्रयाप्त कर्मचारी नहुनु र जनप्रतिनिधिले चुनाबमा गरेका बाचा तथा घोषणा पत्र अनुरुप काम नगर्नु हो ।
जिल्लाका अधिकाश स्थानीय निकायले आफुले प्राप्त गरेका अधिकारका लागि प्रयाप्त रुपमा बिधेयक समेत बनाउन सकेका छैनन । अधिकाश ठाउँमा बाताबरणिय अध्यायन बिना जथाभावी सडक खन्नाले बाढी पहिरोको समेत उच्च जोखिम देखिएको छ । कयौं ठाउँमा डोजर आतङ्गले गर्दा पानिका मुहान सुक्दै गएका छन । शिक्षाको क्षेत्रमा पनि एकआध नगर तथा गाउँपालिका बाहेक अरुले खासै योजना कार्यक्रम बनाएको पाइएको छैन । बनाएका ठाउँमा पनि कार्याबन्यन पक्ष खासै गतिलो नभएको विभिन्न समयमा सञ्चार माध्याममा आउने गरेको पाइन्छ । कृषि पर्यटनका क्षेत्रमा योजना र कार्यक्रम बनाइएका भएपनि ठुलो बजेट लगानी गरि अहिलेसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सक्ने खालको सरचना दुई बर्ष बित्नै लाग्दा कुनै पनि स्थानीय तहले नबनाएको पाइन्छ ।
गाउँ तथा नगरपालिकाको बजेट बिनियोजना हुदा यस्ता खालका ठुला योजना बनाउनुको साटो दामासायि हिसाबले वडा तथा टोलमा योजना छुटाउने गरेका छन् । आफु निकट नेता कार्यकर्ता लाभान्वित हुने जोडघटाउमा जनप्रतिनिधि लाग्नुले जनप्रतिनिधि र जनताको बिचमा दुरि बढ्दै गरेको कतिपय जानकारहरुले बताउने गरेका छन । प्रयाप्त रुपमा सम्भावना बोकेका बडिमालिका, खप्तड, छेडेदह, बुढिन्नदा, पाण्डबगुफा, काजाग्रा, गौमुल, एतिहासिक तथा पर्यटकिय क्षेत्रमा हालसम्म पनि कुनै पनि खालको संरचना बनाउने योजना र भाषणमा मात्रै सिमित रहेको छ । हालसम्म पनि यी उल्लेखित ठाउँमा सहज खालको सडक सञ्जाल जोड्न कुनै पनि स्थानीय तहले सकेको छैन । अर्कोतिर सडक सञ्जाल गति पनि कछुवाको गतिमा अगाडि बढेका देखिन्छन् ।

यी कुरामा सबै प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारले पनि गाउँ गाउँमा जनताको सामु गएर बाचा गरेपनि उहाहरुको पनि ध्यान गएको देखिदैन झन सासद बिकास कोष र केन्द्रको बजेट आफुअनुकुल नेता कार्याकर्तालाई पालन पोषण गर्ने पुरानै चलन कायमै रहेको बिपक्षी दल लगायत स्थानीय जनताहरुले आरोप लागाउने गरेका छन । प्रदेश प्रतिनिधि सभाको चुनाब पछि जिल्लाले आन्तरिक मामिला तथा कानुन मन्त्री पनि पायो यसमा सबैले गौरब गर्नुपर्ने कुरा हो । तर प्रदेशबाट बिनियोजन गरेका अधिकाश योजना स्थानीय सरकार सगँको समबन्य बिना सुचारू भएको गाउँ तथा नगरपालिका प्रतिनिधिले बताउने गरेको पाइन्छ ।

अहिलेसम्म पनि जिल्लाका गौमुल, जगन्नाथ, हिमालि, स्वामिकार्तिक गाँउपालिकामा बैङ्किङ सुबिधा उपल्बध भएको छैनन । जुनसुकै निकायले जुनसुकै तरिकाले योजना तथा कार्यक्रम बनाए पनि सबैको लक्ष्य दिगो बिकास समबृद नेपाल शुखि नेपाली हो । यो कुरालाई आत्मासाथ गरि नेता कार्यकर्तामुखि योजना कार्यक्रमलाई बिट मारेर स्थानीय सरकार प्रदेश सरकार प्रतिनिधि र सघ सरकार प्रतिनिधि ज्युहरुले पार्टी कार्याकर्तालाई बिर्सेर दिघो बिकास, कृषि पर्यटन, जल जमिन जङ्गलको अधिकतम सदुपयोग गर्न आबश्यक देखिन्छ । आफुले र आफ्ना पार्टिले जनतासामु गरेका घोषणा तथा प्रतिबद्धता नबिर्सियर हाम्रालाइ योजना बनाइ आवश्यक जनताले चाहेका राम्रा योजना बनाउने सके मात्रै सम्रग जिल्ला बिकासको गतिमा एक कदम अगाडि बढ्ने छ । यसका बाबजुत अबको ३ र ४ बर्ष स्थानीय जनप्रतिनिधि सघ प्रतिनिधि र प्रदेश प्रतिनिधिको कार्याकालले पनि जिल्ला मानव सुसाङ्कको पुच्छरमा परे अबजस उहाहरुले लिनै पर्छ ।

चर्चामा

सम्बन्धित समाचार