बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रदेश ३ सरकारको निर्णय : हावाहुरी प्रभावितलाई एक करोड सहयोगको घोषणा, सांसदहरुले तीन दिनको तलब दिने निश्चित

प्रदेश ३ सरकारको निर्णय : हावाहुरी प्रभावितलाई एक करोड सहयोगको घोषणा, सांसदहरुले तीन दिनको तलब दिने निश्चित

  • आइतवार, चैत्र २४, २०७५
प्रदेश ३ सरकारको निर्णय : हावाहुरी प्रभावितलाई एक करोड सहयोगको घोषणा, सांसदहरुले तीन दिनको तलब दिने निश्चित

काठमाडौँ– बारा र पर्सा जिल्लामा आएको आँधीहुरीबाट प्रभावितहरुलाई सहयोग जुट्ने क्रम जारी रहेको छ ।

यसैक्रममा प्रदेश तीन सरकारले हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । यस्तै मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

यसअघि सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको टोलीले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण समेत गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार