मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • आर्थिक अभावले थप उपचारमा हुन सकेन

आर्थिक अभावले थप उपचारमा हुन सकेन

  • बिहिबार, चैत्र २१, २०७५
आर्थिक अभावले थप उपचारमा हुन सकेन

चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछी आर्थिक अभावका कारण नेपालगन्ज उपमहानगरपालिका ७ की २३ वर्षीया पुनम नेपालीको थप उपचार हुन सकेको छैन् ।
तिन महिना अघि शरिर निलो हुँदै गएपछि नेपालगन्ज स्थित नर्सीगंहोममा स्वास्थ्य परिक्षण गराउँदा चिकित्सकले नेपालगन्जमा उपचार सम्भव नभएको भन्दै लखनऊ लैजान परिवारलाई बताएपछी उनका श्रीमान सुरेश नेपालीले थप उपचारका लागी लखनउ लगेका थिए । आर्थिक अभावका कारण लखनउःमा पनि उपचार सम्भव हुन सकेन् ।

हाल काठमाडौं नयाँ बानेश्वर स्थित सिभिल सर्भिस अस्पतालमा उनको उपचार भइरहेको भएपनि तत्काल चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछी उनिलाई मगंलबार डिस्चार्ज गरीएको उनका श्रीमान सुरेशले बताएका छन् । सिभिल सर्भिस अस्पतालमा डा. विशेष पौडेल सहितको चिकित्सकको टोलिले उनको उपचार गरीरहेको भएपनि थप उपचार अघि बढाउन तत्काल रु १० देखी १५ लाख रकम आवश्यकता पर्ने बताएपछी उनका श्रीमानले आफ्नी श्रमतीको ज्यान वचाउनका लागी याचना गरीरहेकाछन् ।

सिभिल सर्भिस अस्पतालबाट बाहीरीएर दक्षिकाली स्थित आफन्तको डेरमा आश्रय लिइरहेका नेपाली दम्पतिलाई आर्थिक श्रोत नजुटाउन अप्ठेरो परिरहेको छ । नेपालगन्जमा पेन्टिगंको काम समान्य मजदुरी गरेर जीवन निर्वाह गर्दै आइरेका नेपाली झण्डै ३ महिनादेखी काममा जान सकिरहेका छैनन् । अहिले सम्म उनको उपचारमा झण्डै रु ५ लाख रकम खर्च भइसेको अवस्थामा थप रकम जुटाउन नेपाली दम्तीलाई मुस्किल भइरहेको छ ।
केही दिन अघि उनको उपचारका लागी नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले रु. ५० हजार सहयोग गरेका थिए । उनिलाई आर्थिक सहयोग गर्न चाहनेहरुले श्रीमान सुरेश नेपालीको मोबाइल नम्बर ९८२५५७१५४१मा सम्पर्क गर्न सक्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार