मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भयो यस्तो छलफल

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भयो यस्तो छलफल

  • बिहिबार, चैत्र २१, २०७५
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भयो यस्तो छलफल

काठमाण्डु, २१ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आज विहान भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताएका छन् ।

‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंदाको कार्यन्वयन तदारुकताका साथ गरिने बताए ।

प्रधानमन्त्री ओलीले आँधी पीडित बारा र पर्साका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

मुख्यमन्त्री राईले भने, ‘अन्तर प्रदेश समन्वय परिषदको बैठकमा २९ बुँदे सहमति भएको थियो । त्यसको कार्यान्वयन एकदमै कमजोर देखियो । ती निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री ज्यूले पहल लिनुपर्‍यो भनेर हामीले ध्यानाकर्षण गरायौं ।’

गत २३ मंसिरमा सिंहदरबारमा अन्तरप्रदेश समन्वय परिषदको बैठक बसेको थियो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि परिषद बैठकमा भएका सहमति कार्यान्वयनको गति अघि बढाउन प्रधानमन्त्रीलाई भनिएको जानकारी दिए ।

बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशको बजेट न्युन भएकाले त्यसलाई बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रदेश २ का मुख्यमन्त्री राउतले कम्तिमा ३३ प्रतिशत बजेट प्रदेश सरकारले पाउनुपर्ने बताए ।

‘हिजोको बजेट बाँडफाँट न्यायोचित हुन सकेको छैन् । कमसेकम ३३ प्रतिशत बजेट प्रदेशले पाउनुपर्ने हो अनिमात्र विकास देखिन्छ,’ राउतले भने ।

चर्चामा

सम्बन्धित समाचार