बुधबार, चैत्र ८, २०७९
  • होमपेज
  • विचार/ब्लग
  • यी आमालाइ महिला अधिकारका बारेमा कहिले जानकारी होला

यी आमालाइ महिला अधिकारका बारेमा कहिले जानकारी होला

  • शुक्रबार, फाल्गुन २४, २०७५
यी आमालाइ महिला अधिकारका बारेमा कहिले जानकारी होला

प्रकाश सिंह
१०९ औ अन्तराष्ट्रिय नारी दिवस तथा श्रमिक दिवस आज बिश्वभरि मनाईरहेका छन् । नेपालमा पनि विभिन्न ठाउँमा मनाइरहेका छन् । यो दिवस मनाइरहँदा केही कुरा लेख्न मन लाग्यो ।
केही समय पहिला बाजुरा हुम्ला र मुगुका गाउँमा रिपोर्टिङमा जादा महिलाका थुप्रै समस्या प्रत्यक्ष देख्न पाइयो । केही घद लाग्दा तस्बिर पनि देख्न पाईयो र थुप्रै आमाहरुका समस्याहरुका बारेमा जान्न पनि पाईयो । कोल्टि बाट अगाडि पिपलडालिमा पुग्दा एकजना आमाले दूधे बालक बोकेर पिठ्युँ ४० केजी चामलको भारि बोकेर घर जान लागेको तस्बिर देखे । मैले तस्बिर लिए, अनि उहाँ सग कुरा गर्दै जादा उहाँले आफ्नो ब्यथा भन्न थालिन् । धेरै बच्चा छन्, श्रिमान बिदेश छन्, बच्चा पाल्नै परयो, घर बुढा सासू ससुरा छन् । आमा भईसकेपछि बच्चा पाल्ने भुमिका त हो नै, हाम्रो जिम्मेवार हो, यि सन्तान मेरो सम्पत्ति नै हुन ।
मुगुकोे हयाङगलुमा पुग्दा ३ महिनाको दूध बालक बोकेर पिठ्युँमा मल बोकेर खेत जाँदै थिईन् । उनलाई रोकेर मैले तस्बिर खिचे, उहाँलाई सोधे यो बेला त आराम गर्नु पर्ने हो अरू घरमा कोहि हुनुहुन्न भन्दा त श्रिमान हुनुहुन्छ, उहाँको काम त बच्चा जन्माउन मात्र त हो, सबै महिलाले त हो काम गर्ने । त्यसैमा उहाँ तास खेल्न गएको तीन दिन भयो आउनु भएको छैन । अनि बच्चाको लागि भएपनि काम त गर्ने परयो, ती साहासि महिलाले भनिन् । दुधे बालक त्यसैमा कडा परिश्रम कता कता ति आमा सँग कुरा गर्दा लाग्यो के सबै घरको जिम्मा महिलाकै हो र किन पुरुष सहयोग गर्दैनन् ।
यी यस्तै थुप्रै उदाहरण छन्, हाम्रो समाज हामी कुरा गर्छौ जिल्ला, प्रदेश र केन्द्र तहमा अधिकारका कुरामा त कहिले सम्म पुग्ला त यी गाँउमा अधिकार कुरा जस्ले प्रस्ट थाहा हुन्छ । बुढिन्नदा नगरपालिका ९ पाण्डुसेनमा पौाष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो । ज्यान गुमाउनु पर्ने रुढिवादी ट छ हाम्रो समाजमा, अझै भन्नु पर्दा त सुत्केरी भएको बेला पनि एक महिना सम्म गोरु गोठमा राख्नु पर्ने रुढीवादी सोच जारी नै छ । अझ भन्नुपर्दा महिला शसक्तिकरण भएको भनेर कागजी रीपार्ट तयार गर्ने पनि हामी कहाँ ठुलो जमात छदै छ ।
बिगत बर्षहरु जसरि यो बर्ष पनि “१०९ औ” अन्तराष्ट्रिय नारी दिवसलाइ मार्च आठको दिन संसार भरिका महिलाहरुले नारी दिवस मनाउदै छन् ! “लैङ्किक सामानताका लागि समान सोच र व्यहार ः समृद्धिको आधार” १०९ वर्ष अगाडि सहासिक ग्रीक महिला लिसी स्ट्राटाले फ्रेन्च यूद्धताका यूद्ध अन्यायका लागि पुरुषका विरुद्ध थालेको सैनिक आन्दोलनबाट प्रारम्भ भएको थियो ।
संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो । सन् १९०९ देखि अन्तराष्ट्रिय नारी दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकोमा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । यसरी संसारका विभिन्न देशले ५० औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको हो ।
संसारका सबै देशका सबै नारी पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त होउन उनीहरूमा पनि जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने विश्वव्यापी मान्यता हो । प्रत्येक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्त्राष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलंध पारिदै, महान संकल्प र अठोटको साथ् निरन्तर जारि राखिने अनन्तकालिन महायात्रा हो । नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाहरुको समस्या समाधान र नारी मुक्तिको आन्दोलन संग जोडेर मनाउन थालेको तीन दशक पार भई सकेको अवस्था छ । यधपी नारीहरुलाई समाज र राज्यले गर्ने विभेद गनी नसक्नु माथि थपिदै गएको महसुस हुन थालेको छ जुन राष्ट्रको निम्ति पूर्ण अहितकारी छ । पिछ्वाडा बर्ग ,राज्यले समेत अपहेलना गरेको दुर दराजका कैयो दुर्गम बस्तीमा पुरुषहरुको अवस्था नै दयनीय छ भने नारी र बाल बालिकाहरुको अवस्था त कल्पना गर्दा मात्र पनि आत्माकम्पित गराउने खालको छ । अन्तराष्ट्रिय स्तरबाट नै पनि महिला हिँसा रोक्ने माग गर्दै बिभिन्न खाले कार्यक्रमहरु भई रहेको पनि देखिन्छ । हाम्रो देश नेपालको सन्दर्भमा भने जति नै महिला अधिकार र हिँसा विभेद अन्त्य गर्नु पर्ने नीति निर्माण भए त पनि, दिनानु दिन महिलाहरु माथि बर्बर हिँसा भई रहेको छ ! यसरि महिला हिँसा बढ्नुको मूल कारण राज्यको कमजोर कानूनी प्रक्रियाको साथ् साथै, सामाजिक, धार्मिक, संस्कृतिक कारणहरु नै मुख्य जिम्मेवार छन् । घर भित्र देखि विभेद खेप्दै नारी समाजको मैदान सम्म बिभिन्न खाले जायज नाजायज नीति नियमको शिकार बन्दै प्रताडित भई रहेकी छिन । पिडीत जति सुकै परिबर्तन भए पनि, समाज जति सुकै शिक्षित भए पनि र सभ्य भए पनि नारी प्रतिको सामाजिक सोच भने पुरानै संस्कारको घेरा भित्र कैद छ अझै पनि । पुरातनबादी सोच र पुरुषबादी मानासिकतामा शुद्दीकारण नभए सम्म नारि मुक्ति कतै सम्भव छैन । तसर्थ यो अन्तराष्ट्रिय नारी दिवस चेतनशील नारिहारुको मात्र अभिभारा नभई कन समाज राज्यको नारी मुक्ति प्रतिको गहन जिम्मेवारी हो प्रमुख सरोकारको बिषय हो ।


शब्दमा मात्र हैन व्यबहारमा पनि उतार्ने हो भने पक्कै पनि नारि दिवस नमनाए पनि नारिले सम्मान र समान अवसर पाउन सजिलै सक्छन् । महिलामाथि शारिरीक तथा मानसिक रुपमा दिइने पीडा प्रतिबन्ध लगायतका महिलामाथि आत्म सम्मानमा पुर्याइने सबै किसिमको ब्यवहार नै महिला हिंसा हो । समाज पितृ सतात्मक सोच, अन्ध विश्वास, पुरातन संकार एवं परम्परा विवेक पूर्ण कानून, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबीजस्ता नीति निर्माणको कार्यमा महिलाको कम प्रतिनिधित्वले गर्दा महिला हिंसा हुने गर्दछ ।
सधै एउटा कमजोर र गरिब महिला नै बोक्सी हुन्छे भन्ने समाजको घृणित नजर, तराईमा दाइजो पश्चिममा छाउपडी जस्ता कुपर्था अझैं हट्न सकेको छैन बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु तारे होटलमा बजेट सिध्याउनको लागि गरिन्छ तर गरिब र अशिक्षित समाजमा थोरै मात्रमा हुने गर्दछ, पहिलेको तुलनामा समाज धेरै परिवर्तन भैसकेको छ जस्तै शिक्षाको क्षेत्रमा हेर्ने हो भने पुरुषको तुलनामा महिलाहरु धेरै शिक्षित हुँदैछन भर्ना हुने बेलामा स्कूल कलेजमा पुरुष धेरै भए पनि अन्तिम नतिजा आउदासम्म महिलाको संख्या धेरै हुन्छ सरकारको प्रमुख तिन अंगमा नारिनै प्रमुख हुनुन्छ सामाजिक राजनैतिक क्षेत्रमा पनि नारीको प्रतिनिधित्व उतिकै देखिन्छ ।
दाईजोको नाममा होस् या अन्तरजातीय विवाहले हुने महिलामाथि हत्या, अपहरण, बेचविखन कुटपीट दैनिक घरव्यवहारमा भेदभाव गर्नु, धर्म एवं संस्कारका नाममा अधिकारबाट बञ्चित गर्ने गराउने जस्ता कार्यहरुले नै महिला हिंसा हुने गरेको छ । नेपालको जनसंख्या र वैदेशिक रोजगारका आंकाडाहरु हेर्ने हो भने पनि नेपालमा महिला क्षमता र बाध्यता दुवै कारण नेतृत्वदायी अवस्थामा पुगेको देखिन्छ । महिलाहरु जबसम्म शैक्षिक र आर्थिक रुपमा सवल बन्न सक्दैनन् तबसम्म हरेक तहमा कोरम पुर्याउनका लागि मात्र प्रतिनिधित्व पाउने छन् तसर्थ महिलाहरु आर्थिक संबृद्धितर्फ जोडिन आवश्यक छ ।
महिला र पुरुष समान योग्यताका भए पनि रोजगारीका क्षेत्रमा पनि महिला असमानाता उत्तिकै छ, अझै भनौ भने सरकारी भन्दा निजि क्षेत्रका स्कुलहरु देश भरिमा करिब साढे दशहजार भन्दा बढि छन् जसमा करिब ५० हजार भन्दा बढि महिला शिक्षक छन् पुरुषका तुलनामा महिला बढि शिक्षाका भएपनि पारिश्रमिक दांज्ने हो भने पुरुषभन्दा महिलाको पारिश्रमिक एकदमै कम मात्रामा पाउंछन् । यस्ता प्रकारका व्यबहारहरु निजी क्षेत्रमा धेरै नै देखिन्छ । विवाह सस्कारका कुरा गर्ने हो भने समान अवस्थाका केटा केटि भएपनि केटि पक्षमाथि हुने ब्यबहार फरक हुने गर्दछ ।
समान हैसियत कि बेहुली दुलही बन्दाकै दिन दुलाहाको खुटा ढोग्ने, कलश लिएर वरिपरि घुम्ने दुलाहाको जुठो खाने जस्ता कुराबाट शुरुहुने भए पछि यसले पनि महिला र पुरुष विच समान व्यबहार देखाउंदैन । एउटा छोरी बुहारी बनीसके पछि उनले गर्ने विहान देखि सांझ सम्मको घरमा गरिनेकामको मूल्यांकन हंदैन अर्थात आर्थिक संग जोडिदैन यो पनि एक प्रकारको महिलामाथीको अवमूल्यांकन हो । महिलाहरु आफ्नो स्वतन्त्रताले जिवन साथि रोज्ने हिडने अधिकार अझै समाजले स्वीकार गर्न सकेको छैन । केटा मान्छ जहां हिडे पनि जे गरे पनि प्रश्न गर्ने काहि हुदैनन् तर केटि मान्छ लाई घर परिवारको बन्धन अझै असमानता छ । विवाहा उमेर र महिला माथिका सामाजिक प्रतिकृया महिना वारीमा गरिने सामाजिक विभेद जस्ता अनेकौं असमानताले महिलाहरुलाई अझै पनि कमजोर गराई रहेको छ ।
पत्येक बर्ष अन्तराष्ट्रिय नारी दिवस मान्नुको पछाडी कुनै खुशियालीको उत्सव थिएन र छैन पनि तर कामना गरौ भविष्यमा खुशियालीको उत्सव बनोस भनेर ! १०९ औ अन्तराष्ट्रिय नारी दिवसको शुभकामना देश भित्रका, विश्वभरिका नारीहरुलाई !!!

चर्चामा

सम्बन्धित समाचार