शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • सुचना प्रविधि सम्बन्धी पञ्चबर्षीय योजना निर्माण

सुचना प्रविधि सम्बन्धी पञ्चबर्षीय योजना निर्माण

  • शनिबार, फाल्गुन १८, २०७५
सुचना प्रविधि सम्बन्धी पञ्चबर्षीय योजना निर्माण

सगिंता तिमिल्सेना
वडिमालिका नगरपालिकाले सुचना प्रविधि सम्बन्धी पञ्चबर्षीय योजना तर्जुमा गरेको छ । आज जिल्ला स्थित सम्पूर्ण संचार माध्याममा कार्यरत पत्रकारहरुको सहकार्यमा नगरपालिकाले आफ्नो सुचना प्रविधि सम्बन्धी पञ्चबर्षीय योजना तर्जुमा गरेको हो । वडिमालिका नगरपालिकाले अबको पाँच वर्षसम्म कसरी सम्पूर्ण नगरपालिकालाई संचार माध्यामर नेट इन्टरनेटको पहुँचमा पुर्याउने भन्ने उद्देश्यका साथ पञ्चबर्षीय योजना तर्जुमा गरेको जनाएको छ । हुन त अहिले वडिमालिका नगरपालिका भित्र मात्रै २ वटा रेडियो, विभिन्न साप्ताहिक तथा दैनिक पत्रिका तथा अनलाइृ खबरहरु संचालित रहेका छन् । तरपनि आगामी दिन वडिमालिका नगरपालिकालाई सुचना र प्रविधियुक्तनगर बनाउने लक्ष्य नगरपालिकाको रहेको छ । आजको कार्यक्रममा पत्रकारितालाई कसरी व्यवसायिक बनाउने र नगरबासीलाई कसरी सुचनाको पहुँचमा जोड्ने भन्ने विषयमा वृहत छलफल भएको हो । यसैबिच नगरपालिकाको कृषी तथा खाद्यसुरक्षा सम्बन्धी पनि पञ्चबर्षीय योजना तर्जुमा गरिएको छ । वडिमालिका नगरपालिकाका अधिकाँश स्थानीयहरु कृषीमा निर्भर भएकाले आगामी दिनमा पनि किसानहरुलाई कृषी क्षेत्रबाटै आत्म निर्भर र कृषी पेशालाई दिगो बनाउनका लागि नगरपालिकाले विभिन्न किसमिका योजना अगाडी बढाएको छ । नगरपालिकाले अब ५ वर्षसम्म कुनैपनि किसानलाई भोकै मर्नुनपर्ने गरी आफ्नो कृषी तथा खाद्य सुरक्षा कार्यक्रम अगाडी बढाएको हो । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्याममा कार्यरत पत्रकार, साहस नेपाल सिफल्स परियोजना अधिकृ राम बहादुर खत्री, नगरपालिकाका कम्पयुटर अपरेटर विरबहादुर विष्ट, लेखापाल मनिराम खत्री, सुचना अधिकारी हेम थापा लगायतको उपस्थिती रहेको थियो कार्यक्रम वडिमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार