मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेपाली चेलीको भारतीय कोठीमा नरकिय जिवन

नेपाली चेलीको भारतीय कोठीमा नरकिय जिवन

  • मङ्लबार, फाल्गुन १४, २०७५
नेपाली चेलीको भारतीय कोठीमा नरकिय जिवन

प्रकाश सिंह
तिन बर्ष पछि मेरो भारतको यात्रा तय जुरयो । म पुष महिनाको २१ गते नेपाल वाट भारत तिर प्रस्थान गरे । ब्यक्तिगत उपचारका लागि म भारतको नयाँ दिल्लीमा प्रस्थान गरेको थिए । महिले भारतको एउटा निजि अस्पतालमा चेकचाँच गरे । उपचार सकिएपछि म अन्य काम तिर लागे । पहिला भारत जाँदा पनि नेपालि चेलिहरु भारत बिक्रि हुने कुरा सुनिरहेको थिए ।
दिल्लिको रलेवे स्टेशन नजिकमा रहेको जिवि रोडमा नेपालि चेलिहरु बिक्रि भएर यौन शोषणमा परिरहेका सुनेको थिए । उपचारको काम सकिएको लगतै त्यो कोठिमा मलाई यौन ब्यबसाह कसरि हुन्छ, नेपालि चेलि कसरि त्यो कोठीमा बिक्रि कसरि हुन्छन्, भन्ने जान्नका विगत देखि चासो रहेको थियो । एक्लै त्यहाँ जाने हिक्मत थिएन एकजना भारतको करौलवागमा काम गरिहेको नेपालि जनसम्पर्क समिति करौलावाग क्षेत्रका अध्यक्ष खकेन्द्र बहादुर सिंह सँग सल्लाह गरि उहाँ र म जाने निर्णय गरयौ ।
पौष ३ गते विहिवार त्यस क्षेत्रमा लाग्यौ । दिउसो १ बजे हामि दुई जना पहाडगञ्ज बाट रेक्शामा चढेर १५ मिनेट पछि जिवि रोड एरिया पुग्यौ । खकेन्द्र जीलाई नेपालि कुन कोठिमा छन्, भन्ने थाहा थियो हामि त्यतै तिर लागिरहेका थियौ । रोडमा हिडिरहँदा पनि भारतिय महिलाले हामिलाई हिन्दीमा यता आउ भाई, यता आउ भाई भनेर कराउदै (इधर आ भाइसाव) हामि कहाँ रोडमै पुगि तर खकेन्द्रजीले बोलाउदा पनि नबोल्नु लुट्ने काम हुन्छ भनेको थियो ।
त्यहि अनुसार हामि नेपालि केटि राख्ने कोठि नम्मर ६४ मा पुग्यौ । (नेपालि केटि ६४ नम्वर ५८ नम्मवर कोठिमा राख्ने गरेका छन्) हामि त्यहाँ पुग्दा १ः३० बजिसकेको थियो । त्यो कोठिमा ५ तला रहेका थिए । हामि पहिलो तला पुग्दा सबै नेपालि केटिहरु देख्दा म अच्चमित भए । जुन सोचे भन्दा पनि फरक पाए । हामि त्यो तलामा आधा घण्टा बस्यौ । ग्राहक आउदै केटीलाई रोज्दै २ सय भारती रुपैया तिरदै साना साना चर्पी जस्तै कोठाहरुमा जाने गर्थे । त्यो तलामा मात्र ४० जना भन्दा बढि नेपालि केटि थिईन । हामि त्यहाँ बसिरहँदा कसैले केही सोधेनन्, धेरै आउथे जान्थे खासै केहि मतलव हुदैन थियो । हामि केही समय पछि सबै भन्दा महँगि नेपालि केटि बस्ने त्यसैको ५ नम्वर तलामा गयौ, त्यहाँ पुग्दा पुरै नेपालि केटिहरु, कान्टउनरमा समेत नेपालि महिला र पुरुष बसिरहेका थिए । जुन त्यो तलामा एकजना केटिको ४ सय भारु रहेछ । मलाई त्यहाँको मावल हेर्दा काठमाडौका दरवार मार्ग, ठमेल, सुन्धाराका डान्स वार भन्दा पनि मेकअप कम गरेकी नेपालि केटि थिएनन् ।
पुगेको ५ मिनेटमै एकजना केटि हामि नजिक आई र हामिलाई जाने हो भनेर सोधि तर हामिले उसलाई हामी सँग कुरा गर्न केन्द्रित गरयौ तर वोल्न चाईनन् । फेरी त्यो केटि हामी तिर आई र हामिले उसलाई बोल्नका लागि धेरै प्रयास गरयौ अन्ततमा उसले आफ्नो वारेमा यसरी भनिन् । मेरो घर बुटवल हो । मेरो नाम सरिता श्रेष्ठ (नाम परिर्वतन) तिन बर्ष देखि यहि कोठिमा यौन शोषणमा पढिरहेको वताईन् । भारतमा नौकरी लगाई दिने नाममा नेपालको सुनौली वोडर बाट दलाल मार्फत आफु दिल्लिको कोठिमा पुगेकि वताईन् । कोठिमा बिक्रि भएको २ बर्षमा आफु बन्दक रुपमा पुरुषको यौन शोषणमा पढि रहे, जब आफु यौन व्यपारमा समर्थन जनाउने भएपछि मात्र यो कोठिमा राखेको वताईन् । समर्थन जनाएको भएपनि कोठि बाट बाहिर भने निस्कने नदिने गरेको उनले भनिन् । कसैले आफुलाई उद्धार गरेमा फर्कन चाहने समेत वताईन् ।
दिपक गुरुङ नामको पुरुषले आफुलाई दिल्लिमा पुयाएको सरिताले वताईन् । जब कोठिमा बिक्रि भएको समयमा दैनिक पिटने, खाना नदिने रात दिनमा यौन क्रियाकलापमा भाग लिने पिडा भोगेको वताईन् । २ बर्ष सम्म यो पिडा सहिसकेपछि, बाध्यताले अनि आफुले समर्थन जनाएपछि यो क्रियाकलापमा लागेको वताईन् । अहिले आफ्नो एक जना पुरुषको एक पटक रेट चार सय भारु रहेको छ, यसमा आफुले २० प्रतिशत रकम आफुले पाउने गरेको वताईन् । दैनिक २० जना भन्दा बढि पुरुष सँग यौन क्रियाकलापमा सहभागि हुने गरेको भनिन् । हामि सँग कुरा गरिरहँदा उनलाई मालिक थाहा पाउँछन भन्ने चिन्ता समेत लागि रहेको वताईन् । त्यति मात्र हैन उनले हामिलाई भनिन् हामी सँग कुरा गरेको थाहा पाएमा मालिक प्रहार होलान भनिन् । अनि उनि ग्राहक पटाउनमा तिर गईन् ।
त्यसपछि हामि अरु सँग कुरा गर्न खोज्यौ, सरिता जस्तै पाचँथरकि विना मगर (नाम परिवर्तन ) को पिडा पनि कम रहेनछ । आफु पनि ४ बर्ष देखि उक्त कोठिमा यौन शोषणमा पढिरहेकि रहेको वताईन् । आफुलाई एकजान केटाले विवाह गरने नाँउमा आफुलाई दिल्लिको कोठिमा पुयाएको वताईन् । दिउसो एकपटक एक जना सँग यौन कार्य गरेको ४ सय भारति रुपैया एक रातीको भने २५ सय भारु लिने गरेको वताईन् । आफ्नो वेजत भइसक्यो, आफु भने नेपाल नफर्कने गएमा अपमान हुने भएकाले नजाने वताईन् । अन्य केही केटिहरु सँग पनि कुरा गरयौ । केहीले कुरा गर्न मानेनीन र खुलेर बोल्न समेत चाईनन् केहीले मात्र कुरा गरिन् । अधिकांशले उद्धार गरेमा आफुहरु घर फर्कने वताएकि छन् ।
हामी ६४ नम्मर कोठि बाट ५८ नम्मवर कोठि तिर लाग्यौ हामि त्यहाँ धेरै बसेनौ एउटा तलामा तिन चार मिनेट जति समय दियौ र त्यहाँको केही पनि अबस्था जान्न पायौ । नेपालि केटि ६४ नम्मवर कोठि र ५८ नम्मवर कोठिमा छन् । यि दुवैमा करिब ५ सय भन्दा बढि नेपालि केटि रहेको थाहा पायौ । यि नेपालि महिलाको एक जना बाट एक पटक यौन क्रियाकलाप गरेको ५० रुपैया देखि ४ सय सम्म भारु रुैपया लिने गरेका पायौ । त्यो जिवि रोडमा १० ओटा कोठि रहेका छन् । एउटा कोठिमा ५ वटा तला रहेका छन् ।
नेपाल बाट विवाह र जागिर लगाउने नियुमा दिल्लिको यी कोठिमा नेपालि केटी बिक्रि हुने गरेका पायौ । चार बर्ष सम्म कारागार झै बन्दक बनाएर राख्ने गर्छन, अनि उनिहरुले बिस्तारै बन्दक बाट कम गर्ने भएपनि घर परिवार बाट अपेलित हुने भएकाले आफुहरुले बाध्य भएर काम गरिरहनु परेको काभ्रे घर जनाउने एक महिलाले वताईन् । यो कोठिमा सयौ नेपालि महिलाका यौन शोषणमा रहेको नेपालि राजदुतावास लगायत अन्य भारतमा काम गर्ने केही नेपालि निकाय भएपनि यसमा भने कुनै वास्ता नगरेको पाईएको छ । नेपालका पुर्वका केटिहरु वढी रहेका छन् । सबै भन्दा बढि सुनौली नाका बाट भारत पुयाउने गरेको कोठिमा काम गर्ने महिलालले वताईन् । दिल्लिमा रहेको यो यौन ब्यबसाह कोठि बैद्यानिक रहेको छ । यसमा भारती प्रहरी समेतको मिलोमतो हुने गरेको पाईएको छ । त्यो भित्र गएमा केही भनौ भनेपनि आफै माथि प्रहार हुने डरले पनि केही गर्न नसकेको नेपालिले वताएका छन् । हामि करिब ३ घण्टाको वसाई पछि कोठमा फिर्ता भयौ । यसरी नेपालि चेली भारतका बिभिन्न शहरमा यौन पिडा सहदै आएको भएपनि नेपालि राजदुतावास र अन्य संस्था भने मौन बसेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार