बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • विकास र बाजुराको विकासका आधारहरु

विकास र बाजुराको विकासका आधारहरु

  • बिहिबार, फाल्गुन ९, २०७५
विकास र बाजुराको विकासका आधारहरु

लोकवहादुर रावल

समाज र समाजको वहुआयामिक चरित्र तथा त्यसको प्रमुख पात्र मानिसको वर्तमान अवस्थावाट केहि हदको अपेक्षित अवस्था सम्मको (from existing to desired condition) सकारात्मक परिवर्तनलाई विकास ठानिन्छ । विकासलाई सामान्यतया पुर्वाधारहरु तर्फका भौतिक संरचनाको निर्माण , मनिसको आर्थिक सामाजिक लगायतका क्षेत्रका देखिएको सकारात्मक परिवर्तनको रुपमा वुझ्न सकिन्छ । तर त्यो विकासको वाह्य पाटो (Hardware ) मात्र हो । यसको अर्को महत्वपूर्ण पाटो विकासको आन्तरिकरण (realization) हो । जनताको जिवनस्तरको परिवर्तन, सुखिपनामा वृद्धि, सन्तुष्टि , समाजको भावशुन्यतावाट गतिशिलता तर्फको यात्रा जस्ता पक्ष हरु यस भित्र समेटिन्छन् । यसलाई पछिल्लो समयमा राजनितिक खुलापना ,वजार उदारीकरण, प्रेस स्वतन्त्रता र न्यायलयको सर्वोच्चता जस्ता उप-आगमन (Sub Approach) को आधारमा पनि अर्थ लगाउने गरिन्छ । अर्को तर्फ समाजवादी अर्थशास्त्रिहरु गरिविको निवारण, रोजगारीको सृजना र सामाजिक न्याय जस्ता पाटोवाट विकासलाई चिहाँउदछन्र । तसर्थ विकास एक वहुआयामिक अवधारणा हो ।

Think Globally Work Locally (संसारलाई आधार मानि यथार्थमा निर्णय गर) भन्ने सिदान्त विकासको लागु अचुक औषधि हुने व्यावहारीक अनुभववाट देखिन्छ । स्वार्थरहित उदार राजनितिक नेतृत्व र राजनितिक प्रणाली,त्यसलाई आत्मासाथ गर्ने तल्लो निकाय,  सुस्पष्ट र पारिभाषित जिम्मेवारी सहितको प्रशासनिक सयन्त्र, स्रोतको विनियोजनमा मुल्य सृजना र पुजि निर्माण गर्ने व्यवस्थाको प्रादुभाव, खवदारी र पहरेदारी गर्ने सशक्त नागरिक समाज यसको लागि आवश्यक prior parameter हुन । त्यस पछि मात्र प्रतिफलको सोझो अपेक्षा गर्ने जनसमुदायले निर्णायक महत्व राख्दछ । भु-राजनिति र त्यसको पेचिलो खेल ,भौगोलिक अवस्था राज्यको सक्षमता जस्ता यावत पक्षहरुले पनि विकासको प्रवेगिकरणमा सहायक सिद्ध हुन्छन । उल्लेखित आधारमानै मैले वाजुराको विकासका केहि आधारहरुलाई आँकलन गर्ने प्रयास गरेको छु।

वाजुरा जिल्ला भौगोलिक रुपमा सुदुर पश्चिमको पुर्वोत्रमा रहेको छ । यसको क्षेत्रफल २,१८८ व.मि.रहेको अवस्था छ । राजनितिक रुपमा ९ वटा स्थानिय तहमा विभाजित गरिएको छ। यसका चारै तिरका जिल्लाहरु मध्य उत्तर तर्फ प्रदेश नं.६ कर्णालिको हुम्ला मुगु र कालिकोट जिल्लाका अतिरिक्त  दक्षिण र पश्चिममा प्रदेश नं ७ सुदुर पश्चिम प्रदेशका जिल्ला अछाम ,वझाङ्ग र अलिकति डोटि सँग जोडीएको छ । भु-वनोटको अवस्थाहरुलाई समान्यरुपमा सिहांलोकन गर्दा अधिकांश भुभाग उच्च हिमालि, प्रायः दक्षिण मोहडा भएका पहाडी उप श्रृङ्खलाहरु सोहि विचमा स-साना टार -वेसिहरु र केहि उखडवाउलो ढाल भएका उपपहाडहरु सँगै गाँसिएका जमिनहरु रहेको अवस्था छ । केहि ठाँउमा सामान्य वन क्षेत्र, केहि ठाँउमा चरन क्षेत्र र तल्लो क्षेत्र मा केहि खेतियोग्य जमिन र क्षेत्र विशेषलाई आधार वनाई वगेका कर्णालि र वुढिगंगा नदि र अन्य स साना खोलानालाहरु रहेका देखिन्छन । जनसाङ्ख्याकिय रुपमा चुनावको वेला काम लाग्ने दक्ष जनशक्ति र अन्य क्षेत्रमा काम नलाग्ने जन्सख्याको भिड रहेको आभाष देखिन्छ। अन्य पुर्वाधारहरुमा संचारको समान्य सुविधा,सदरमुकाम क्षेत्र सम्ममा यातायातको मैसमि व्यवस्था वाहेका अन्य उल्लेख्य पुर्वाधारहरु नरहेको अवस्था छ । तसर्थ यिनै यथार्थका आधारमा विकासका वर्तमान आधारहरु पहिल्याउनु पर्ने देखिन्छ ।

भएको जनसख्याको अधिकांश भार खेतिमा निर्भर रहेको देखिदा विकासको पहिलो आधार कृषिको निवार्वामुखि व्वस्थावाट वजारमुखि व्वस्थामा रुपान्तरण गर्नु पर्ने देखिन्छ । त्यसको लागी परम्परागत खेति प्रणालिमा रुपान्तरण गरी उद्यमशिलता विकासमा जोड दिनुपर्ने हुन्छ। वेमैसमि तरकारी खेति, व्यवसाययिक फारमहरुको विकास गरी वाख्रा र कुखुरा पालन केहि ठाँउमा माछा पालन समेत गर्न सकिन्छ । केहि हिमालि क्षेत्रहरुमा भेडा पालन र सामुहिक जडिवुटि खेति गर्न सकिन्छ । आन्तरिक पर्यटन व्यवसाय लाई वढावाको लागी विविध कार्यक्रमको प्रायोजन  गर्न सकिन्छ । यातायात व्यवस्थालाई सवै स्थानिय क्षेत्रमा यथासक्य चाँडो व्वस्थित गर्न सके धेरै फाईदा पुग्ने देखिन्छ ।

वाजुराको विकास प्रकियालाई केहि हदसम्म प्रवेगिकरण गर्ने संरचनाहरु प्रस्ताव गर्न सकिन्छ । त्यस्ता संरचनाहरु केहि केन्द्र केहि प्रदेश र केहि स्थानिय सरकारले आपसि समझदारी र साझेदारिमा गर्न सकिन्छ । उदाहरणको लागी खप्तड छेडेदह गा.पा.अन्तरगत साविकको काँडा र जयवागेश्वरी गा.वि.स.को सिमाना भई वग्ने नदीलाई व्यवस्थितिकरण गरी जयवागेश्वरिको तल्लो क्षेत्र र साविकको वाह्रविस गा.वि.स.को अधिकांश क्षेत्रलाई सिचिंत गर्न सकिन्छ । यसवाट कृषि उत्पादनमा ठुलो फड्को मार्न सकिन्छ । तर त्यसको लागि २ वटा हालका लघु जलविधुत् आयोजनाको विकल्प वारे सोच्नु पर्ने हुन्छ । त्रिवेणि नगरपालिकाको मालागाड क्षेत्रको वारपारमा व्वसायकिक माछा पालनको अपुर संभावना छ । नुवाकोट जिल्लामा गरिएको रेन्वो ट्राउट माछा पालनवाट हामिले पनि पाठ सिक्न सक्दछौ । त्रिवेणि नगरपालिका, वुढिगंगा नगरपालिका तथा वडिमालिका नगरपालिकाको समन्वयमा वडिमालिका क्षेत्रलाई आधार मानि केवुलकार र एक आध होटल संरचनाको विकास गर्न सकिन्छ । यसका लागि निजि लगानि समेतलाई प्राथमिकता दिन सकिन्छ ।वुढिनन्दा न.पा.हिमालि गा.पा. र.गौमुल गा.पा.हरुको चरिचरन क्षेत्रलाई आधार मानि केहि व्यवसायकिक वाख्रा तथा भेडा फारमहरुको सम्भाव्याता देखिन्छ । व्यवासायिक रुपमा जडिवुटी खेति गर्न सकिन्छ । त्यस्तै हिमालि गा.पा.को माथिल्लो साविकको विच्छालाई राष्टिय निकुंजको रुपमा विकास गरी जडिवुटिको प्रवद्रन गर्न सकिन्छ ।

हामिलाई थाहा भएकै कुरा हो छिमेकि भारत हिन्दु वहुल राष्ट हो । यसवाट धार्मिक पर्यटकहरु वर्ष पिच्छे लाखैको सङ्ख्यामा चिनको कैलाश मान सरोवर जान्छन । यसको लागी सवै भन्दा छोटो रुट भनेको भारतको वनवासा –कंचनपुर-कैलाली –डोटी –वझाङ्ग-तिव्वत हो । सो सम्बन्धमा भविष्यमा कार्य हुने लगभग निश्चित देखिन्छ । यो रुटलाई वाजुराको तल्लो क्षेत्रवाट वझाँगको चौनुपुर जोड्न सकियो भने यसले हामिलाई ठुलो लाभ दिन सक्छ । किनकी हालकै अवस्थामा पनि १२ लाख भारतिहरु कैलाश मानसरोवर वार्षिक रुपमा जाने गरेकोले उनिहरुलाई कम्तिमा पनि १ छाक खाना वा १ वोतल पानी मात्र वेच्न सकेमा त्यसको वजार मूल्य लाखै हुने नै छ । अर्को तर्फ हाल रोड सँजालको विस्तारले गर्दा स साना वजार केन्द्रहरु विकास भईरहेका छन्र । जसवाट Micro Economy को चहल पहल वढेको छ । अवका केहि वर्षमा नै वाजुराको माथिल्लो क्षेत्र कर्णालि राजमार्गको माध्यमले हुम्ला नेपालगंज जोड्न देखिन्छ । यसवाट पिलुचौर लगायतका अन्य सम्भाव्य क्षेत्रमा अर्को साना-साना शहरको संभावना देखिन्छ । जसवाट होटल व्यवसाय लगायतका आर्थिक क्रियाकलापको चहलपहल हुने नै छ । तर त्यसको लागि हामिले अहिले नै काम र योजना वनाउन नसकेमा त्यसको फाईदा अर्को ठाँउको मानिसले लिने निश्चिन नै छ । जुनसुकै क्षेत्रमा पनि प्रतिस्प्रधा गर्न सक्ने मानव संशाधान नहुन वाजुराको अर्को दुर्दशा हो । त्यस तर्फ सोच्न अति आवश्यक देखिन्छ। त्यसको लागी तालिम सहुलियत लगायतका व्यवस्था गर्न सकिन्छ ।

उल्लेखित आधारहरु सर्वोपरि र सर्वमान्य होईनन् मात्र प्रस्तावहरु हुन्र। उल्लेखित आधारका अतिरिक्त विविध क्षेत्र गत आधारहरु तय गर्न सकिन्छ ।

( निजामति सेवामा कार्यरत रावल कानुनमा स्नातक अध्यनरत रहि त्रि.वि.ग्रामिण विकासमा स्नातकोत्तर र विज्ञानमा स्नातक वि.एस्सिमा अध्यानरत हनुहुन्छ )

चर्चामा

सम्बन्धित समाचार