शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका युवा गिद्ध संरक्षणमा

बाजुराका युवा गिद्ध संरक्षणमा

  • शुक्रबार, माघ २५, २०७५
बाजुराका युवा गिद्ध संरक्षणमा

लक्ष्मीराज पा ध्याय
बाजुरा
बाजुराको हिमालि गाउँपालिका ६ बोल्डीकका युवाहरु गिद्ध संरक्षण मा जुटेका छन् । केही दिन अघी हिमालि गाउँपालिका वडा न ६ को बोल्ढीकमा एक घाइते गिद्ध भटीएपछि स्थानिय प्रमानन्द पाण्डे, विष्णुराम पाण्डे र मन्नाम सार्की लगाएतका युवाहरुले घाइते अवस्थामा भेटिएको गिद्धको घरेलु उपचार गरिएका छन् ।
गाउँमा काम गर्न जादा स्थानिय यूवाहरुले सिकिस्त विरामी भएको गिद्ध जंगलमा भेटाए पछि घरमा ल्याएर उपचार गरीरहेको र घरमै पालन पोसण समेत गरेको प्रमानन्द पाण्डेले बताएका छन । विरामि गिद्धलाइ हाल घरमै स्याहार गरीरहेको र निको भए पछि छोडीदिने समेत बताउनु भएको छ ।
रेडीयो लगायत गाउँ बिद्यालयहरुमा संरक्षणका अभियान संचालन गरेपछी युवाहरु संरक्षण गर्न जुटेका स्थानियले बताएका छन । प्रकृतिको कुचीकारका रुपमा चिनीने गिद्ध पछिल्लो समय लोभ हुदै गएको भन्दै मध्यपश्चिम विस्वविद्यालयका उपप्रध्यापन गंगा शाह र पत्रकार तथा गिद्ध संरक्षण अभियान्ता लक्ष्मीराज पाध्याय लगाएतका अनुसन्धान कर्ताहरुले बाजुरामा विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन् ।src=”https://badimalikakhabar.com/demo/wp-content/uploads/2019/02/49118454_368864457005779_4000715830965829632_n-300×225.jpg” alt=”” width=”300″ height=”225″ class=”alignnone size-full wp-image-49673″ />
गिद्ध संरक्षण अभियान्ता लक्ष्मीराज पाध्याका अनुसार बाजुरा जिल्लामा ४ प्रजातीका रैथाने गिद्ध पाएको बताए । बाजुरामा पाईने गिद्धहरुमा हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध र हाडफोर गिद्ध गरी चार प्रजातीका गिद्ध भेटीने गरेको अभियान्ता लक्ष्मीराज पाध्यायले बताए ।
तर पछिल्लो समय जिल्लामा सिनोहरु गाड्न थालेपछी गिद्धहरु लोप हुदै गएको मध्यपश्चिम विस्वविद्यालयका उपप्रध्यापक तथा गिद्ध अनुुान्धानकर्ता गंगा शाहले बताए ।
उनले भने जिल्लामा केहबी बर्ष पहिले डाईनोफोलीक्स नामक औसधी प्रयोग गरेर धेरै गिद्धको लोप भए पनी पछिल्ला बर्षहरुमा सिनो नपाउने र आहाराको कमीले लोप हुदै गएको मध्यपश्चिम विस्वविद्यालयका उपप्रध्यापक तथा गिद्ध अनुुान्धानकर्ता गंगा शाहले बताए ।हाल संंरक्षणका लागी जिल्लाका बिभिन्न माद्यामीक बिद्यालयहरुमा संरक्षणका अभियान संचालन भइरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार