बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के पत्रकारको हविगत यस्तै हो ?

के पत्रकारको हविगत यस्तै हो ?

  • बुधबार, माघ २३, २०७५
के पत्रकारको हविगत यस्तै हो ?

केशव भट्टराई, धनगढी : सानै देखीको मेरो चञ्चलता, सवैसंग वोली हाल्ने वानी र कसैसंग नडराउने मेरो स्वभावका कारण आज म पत्रकारीता क्षेत्रमा काम गरी रहेको छु । पत्रकारीता शब्द जती नै सानो छ, त्यसको विफ्रिङ गर्न गाह््रो छ ।
वुवा आमाको इच्छा विपरीत ब्यवस्थापन संकायका विषय नपढेर आफ्नो इच्छा र खुसीले मानविकी संकाय अन्तरगत पत्रकारीता विषय पढ्न थाले….. विभिन्न चुनौतीहरु पार गर्दै वि.सं.२०६९ जेठमा १२ कक्षाको परिक्षा दिएर भारत पस्न वाध्य भए….. तिन वर्ष लामो भारतको वसाइ पछी पुन नेपाल फर्कीएर वि.सं. २०७१ मा विदेस जान्छु भन्दै पासपोर्ट पनी वनाउन भ्याए, पासपोर्ट वनाएर भिजा प्रक्रियाका लागी वि.सं. २०७२ वैशाखमा काठमाडौँ सम्म पुगे । तर त्यो प्रयास असफल भएपछी म आफ्नै गाउँ फर्कीएर पत्रकारीता क्षेत्रमा आवद्ध भएको हु । पत्रकारीता क्षेत्रमा मलाई सहयोग गर्ने सवैलाई सम्झन चाहन्छु ।
पत्रकारीता क्षेत्रमा आउनु भन्दा पहिले सोच्थे पत्रकार एउटा सवैले मान्ने ब्यतिm, सवैको समस्या उजागर गर्ने ब्यक्ति, जहाँ पनी पुग्ने, मनमनै पत्रकार र पत्रकारीता वारे मेरो मनमा धेरै कुरा खेल्थ्यो । रेडीयो सुन्ने, टि.भी हेर्ने, पत्रपत्रिका पढ्ने मेरो सानै देखीको रुची भएकाले पनी होला अरुले रेडीयो टि.भीमा वोलेको देख्दा म आफैलाई त्यस ठाउँमा सम्झीन्थे । तर जव आज म त्यही ठाउँमा पुगे धेरै दुःखी छु । धेरैले सोच्न सक्छन् यती राम्रो संग काम गरीरहेको छ किन यस्तो भनेको होला भनेर त्यो सोच्नु जायजै हो । पत्रकारीतालाई मैले जुन रुपमा सोचेको थिए त्यो धेरैनै फरक रहेछ । सवैभन्दा पहिले त वुवाआमाको इच्छा अनुसार मैले केही गरीन् म आफैलाई पत्रकारीता को भुत चढ्को थियो । नत कहिले छुट्टी नै पाइन्छ, नत काही कहिले कतै गएर वसौँ भनेपनी मन नमान्ने, आफ्नो लागी कहिल्यै मैले फुर्सद नै पाउन सकिन नत समय वुवाआमालाई दिन सके नत भाइवैनी नत श्रीमतीलाई नै….. आज म घरवाहिर सवैको साथ र सहयोगमा भएपनी मेरो परिवार वाट अलगीएको छु । म सवैको एक्लो भएको छु । कहिल्यै आमावुवा, भाइवहिनी, श्रीमती संग सगै वसेर खान खाने पनी समय नपाउने भए मैले सधै चिसो भात खानुपर्ने अवस्था आको छ । सधै सवैवाट अलग्गै हुनुपरेको छ ।काम त धेरै छैन् कमाइ पनी ठिकै छ तर पनी मनमा अनेकन कुराहरुले मलाइ सताइरहेको छ ।
कुनै दिन पैसा थिएन, समय प्रसस्त थियो आजभोली काम र पैसा छ समय छैन् मात्र एक्लो छु । विहानै ६ वजेको ७ समाचार पढ्न निस्कन्छु घरवाट, अनी फेरी यताउता गर्दागर्दै १०–११ वजे घर पुग्छु त्यतीवेला सम्म सवैले खाना खाएर आ–आफ्नै काम गइसकेका हुन्छन् । फेरी दिउसो अफिस आयो यताउता रिपोटीङमा साथीहरुलाई पठायो आफुपनी गयो । फेरी दिउसो ३ वजे समाचार वनाउन पुग्नै प¥यो । अनी साझको वुलेटीन तयार गर्न रिपोटीङका विषयवस्तुलाई समाचार वनाउन थाल्यो साझ ७ वजेको न्युज पढ्ने लगायत यस्तै यस्तै कामहरु गर्दै मेरो दिनहरु वितेका छन् । अनी घर पुग्दा उहि रातीको ९–१० वज्छ । सुनसान रात सवै मस्त निन्द्रामा आधा रात कटाइ सकेका हुन्छन् । आफु चाही गयो अनी उहि चिसो खाना…… दिनचार्य यसरी नै वित्दै गइरहेको छ । कहिलेकाही मेरो श्रीमती भन्छीन् भो यो काम छोड्दीनु, मनमनै सोच्छु यो काम वाहेक के नै आउँछ र मलाई ? के नै गर्न सक्छु र म ? मैले उनको प्रश्नको जवाफ अहिलेसम्म दिन सकेको छैन् । कहिलेकाही त लाग्छ लागौँ अव परदेस तिर तर मन मान्दैन् । आखीर के चही गर्नसक्छु मैले यहाँ वसेर न कुनै हातमा सिप छ । यस्तै यस्तै प्रश्नले मलाई गीज्याइरहेको छ । म यी सवै कुराको उत्तर दिन सक्दीन ।

चर्चामा

सम्बन्धित समाचार