शिक्षकको परीक्षामा गाइडबाट हुबहु प्रश्न आएपछि आयोगको विश्वसनीयतामाथि प्रश्न !
काठमाडौं — शिक्षक सेवा आयोगले लिएका परीक्षामा सन्दर्भ पुस्तक(गाइड)बाट हुबहु प्रश्न आएपछि आयोगले लिने परीक्षाको विश्वसनीयताको सवाल उठेको छ । आयोगले लिएको माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको वस्तुगत प्रश्नमा हुबहु सन्दर्भ पुस्तकबाट प्रश्न सारिएको भन्दै शंका उब्जिएको हो । आयोगले शिक्षक भर्नाको लागि १५ चैतदेखि परीक्षा लिन सुरु गरेको थियो । […]