सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा इन्टरनेट समस्याले सेवा ग्राही मर्कामा

बाजुरामा इन्टरनेट समस्याले सेवा ग्राही मर्कामा

  • सोमवार, चैत्र २१, २०७८
बाजुरामा इन्टरनेट समस्याले सेवा ग्राही मर्कामा

बाजुरा– बाजुरामा इन्टरनेट सेवा नियमित र गुणस्तरिय नहुदा सेवा ग्राही समस्यमा परेका छन् । नेपाल टेलिकमले दिने सेवा गुणस्तर नहुदा सरकारी तथा गैर सरकारी कार्यालय संचार माध्याम, बैकीङ्क सेवा लगाएत इन्टरनेट प्रयोग कर्ता प्रभाबित भएको छ ।
बडिमालिका नगरपालिका ६ कोर्धका तुल्या बहादुर खड्का सोमबार बिहान सात बजे हिडेर दश बजे राष्टिया बाणिज्य बैकमा पुगे बैक नखुल्दै लाईनमा लागेका खड्का दिउसो १ बजसम्म लाईनमै लागेको बताए । इन्टरनेटले काम नगर्दा पैशा निकाल्न नपाएको खड्काले बताए ।
स्थानिय तहले सामाजिक सुरक्षा भत्ता बैक खाता खोलेर खातामै हाल्ने गरेको छ । गाउँबाट ४, ५ घण्टा पैदल हिडेर बृद्धबृदा लिन अपाङ्ग, एकल महिला आउछन् इन्टरनेट नभएपछि सेवा दिन समस्या भएको राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखा प्रबन्धक टिकाराम बुढाले बताए ।
सदरमुकाम मार्तडीबाट १० ओटा अनलाईन संचालनमा छन् । इन्टरनेट नचले पछि सबै पत्रकार बेराजगार बन्नु परेको नागरिक रैबारका कार्यकारी सम्पादक मदन बिकले बताए । अनलाईन दैनीक अप्डेट गर्नु पर्ने हुन्छ । इन्टरनेट नियमित नहुदा अनलाईनको भ्यूज घट्छ । भ्युज घट्दा अनलाइन रेङकीङमा घट्ने हुन्छ । यसो हुनु भनेको बेरोजगार हुनु सरह नै भएको बिकले बताए । अनलाईन अप्डेट नहुदा पाठकहरु नै घटना परिघटना तथा सुचनाबाट बन्चित हुने गरेका छन् ।
नेपाल टेलिकम बाजुराका प्रमुख पदम पडालका अनुसार बाजुरामा चल्ने इन्टरनेट अछामको सिउडी टावरबाट जडान छ । सिउँडी टावरबाट बाजुराका लागि टोटल ६ सय ८० रेडियो हो, सबै प्याक भई सकेको छ । पछिल्लो समय अनलाईन कक्षा जुम मिटिङ, सबै अफिस तथा ब्यापारीहरुले सप्टोवयर मै काम गर्न थालेपछि बाजुरामा आएको क्षेमता भन्दा बढी सेवा ग्राही भएकोले नेट साेलाे र छिन छिनमा आउने जाने समस्या हुने गरेको बताए ।
फाईबर लाईन फिजिकल्ली रुपमा मार्तडी पुगिसकेको छ । नेपाल दुरसंचार प्राबिधिकरणले नेपाल टेलिकमलाई संचालनको लागि अनुमति दिएको छैन । अनुमति लिने प्रकृयामा छलफल भईरहेको बताए । नया बर्ष भित्र इन्टरनेट साेलो हुने समस्या समाधान हुने पडालले बताए ।

चर्चामा

सम्बन्धित समाचार