शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

  • सोमवार, चैत्र २१, २०७८
नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

काठमाडौं — दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ । ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए ।

तेस्रो ओभरमै करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राख्यो । कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट हुँदा पीएनजी २५-३ को अवस्थामा पुग्‍यो ।

त्यसपछि चार्ल्स अमिनी र सेस बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ३२ रनको साझेदारीपछि अमिनी दशौँ ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । अमिनीलाई दीपेन्द्रले सोमपाल कामीबाट क्याचआउट गराए ।

कप्तान सन्दीप लामिछानेले १३औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई अझ दबावमा राखे । सन्दीपले ६ रन बनाएका रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए भने नोर्मन भानुअलाई शून्यमै आरिफ शेखबाट क्याचआउट गराए ।

१४औं ओभरमा दीपेन्द्रले चाड सपरलाई आदिल अन्सारीबाट क्याचआउट गराए । सपर १ रन बनाएर आउट भए ।

पीएनजीको इनिङ्स एक्लै सम्हालेका सेस बाउलाई करण केसीले १६औं ओभरको दोस्रो बलमा अविनाश बोहराबाट क्याचआउट गराएपछि खेलमा नेपाल जिततर्फ अघि बढ्यो । त्यही ओभरमा करणले ४ रन बनाएका अबुअ मोरेअलाई सन्दीप लामिछानेबाट क्याचआउट गराए ।

१७औं ओभरमा बलिङमा दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

आक्रामक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए ।

पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए ।

त्यसपछि आसिफ र दीपेन्द्रले नेपालको इनिङ्स सम्हालेका थिए । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि दबावमा आएको थियो ।

आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शून्यमै आउट भए ।

नेपालका तीनै खेलाडीलाई पीएनजीका सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे । ३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै सानदार बलिङ गर्दै ३ विकेट लिए ।

१६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । उनले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि दीपेन्द्र र करण मिलेर सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेका थिए ।

बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

१३औं ओभर बन्यो टर्निङ प्वाइन्ट

१२ ओभरको समाप्तीसम्म खेल प्रतिस्पर्धामा थियो । पाहुना टोली पीएनजीले ४ विकेट मात्र गुमाएर ७९ रन बनाएको थियो । उसलाई जितका लागि ८ ओभरमा ८९ रनको आवश्यकता थियो । र उसको ६ विकेट बाँकी थियो ।

यस्तोमा १३ औं ओभरको बलिङमा कप्तान सन्दीप आफैं आएका थिए । २ ओभर बलिङमा कुनै सफलता नपाएका उनको यो तेश्रो ओभर थियो । १३ औं ओभरको पहिलो बलमा सन्दीपलाई रिले हुकुरेले चौका हाने । दोश्रो बलमा ४ रन बाइ भयो ।

तर तेश्रो बलमा हुकुरे सन्दीपको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए । त्यस लगत्तैको बलमा सन्दीले नयाँ ब्याट्सम्यान नोर्मन भानुलाई डक आउट गरे । १३ औं ओभरमा १० रन लिए पनि २ बलमा लगातार २ विकेट गुमाएको पीएनजी दबाबमा पर्‍यो ।

१४ औं ओभरको तेश्रो बलमा दिपेन्द्रसिंह ऐरीले चाद सोपरलाई १ रनमा आउट गरे । जुन पीएनजीको सातौं विकेट थियो ।

त्यसपछि १६ औं ओभरको दोश्रो र अन्तिम बलमा करण केसीले विकेट लिएपछि नेपालको जित औपचारिकतामा मात्र बाँकी थियो । जुन औपचारिकता १७ औं ओभरको दोश्रो बलमा सोमपाल कामीले पूरा गरे ।अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार