बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • १३ बर्षिया बालिकालाई बलत्कार घटनाका अरोपीत पक्राउ

१३ बर्षिया बालिकालाई बलत्कार घटनाका अरोपीत पक्राउ

  • सोमवार, चैत्र २१, २०७८
१३ बर्षिया बालिकालाई बलत्कार घटनाका अरोपीत पक्राउ

बाजुरा– बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ६ का २३ बर्षिया बसन्त पाण्डेलाई बलत्कार गर्न खोजेको ओरोपमा प्रहरीले पक्राउ गरेको छ ।
आमा म्यादि प्रहरीमा भर्ना हुन सदरमुुकाम मार्तडीमा आएको र घरमा एक्लै भएको समयमा १३ वर्षीया बालिकालाई चैत्र १७ गते बलत्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाकारी दिएको छ ।
बालिकाकी आमाले चैत्र १८ गते दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोल्टिबाट प्रहरी निरिक्ष देबेन्द्र जोशीको कमाण्डमा खटिएको टोलीले पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएको प्रहरीले जानकारी दिएको छ । हिजो सनिबार जिल्ला प्रहरी कार्यालय बाजुराले बाजुरा जिल्ला अदालत बाजुरामा जर्बजस्ती करणी उद्योग गर्न नहुने शिर्षकमा मुद्धा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेब साउदले बताए ।
जिल्ला अदालत बाजुराले ६ दिनको म्याद थप गरी अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको प्रहरी निरिक्षक साउदले बताए । पीडित बालिकाको जिल्ला अस्पताल बाजुरामा स्वास्थ्य परिक्षण गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार