बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • फेसबुकमा साथी बनाएर खाजा खुवाउने बहानामा बलात्कार गर्ने पक्राउ

फेसबुकमा साथी बनाएर खाजा खुवाउने बहानामा बलात्कार गर्ने पक्राउ

  • सोमवार, चैत्र २१, २०७८
सेयर गर्नुहोस् :
फेसबुकमा साथी बनाएर खाजा खुवाउने बहानामा बलात्कार गर्ने पक्राउ

धनगढी — फेसबुकमा साथी बनेका अपरिचित युवाले खाजा खान बोलाएर बलात्कार गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सिराहा जिल्लाको सिराहा नगरपालिकाका २९ वर्षीय मुकेशकुमार यादवले ३६ वर्षीया ती महिलालाई ५ दिनअघि बलात्कार गरेका हुन्। रामेछापको मन्थलीमा यादव र ती विवाहित महिलाको भेट भएको थियो।

फेसबुकमा साथी हुनु बाहेक उनीहरु दुईबीच चिनजान थिएन। प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार फेसबुक मेसेन्जरमा कुराकानी हुँदा भेटेर खाजा खाने योजना थियो। मन्थलीकै एक होटलमा पुर्‍याएर यादवले महिलालाई कोठा बन्द गरी जबर्जस्ती बलात्कार गरेको महिलाले दिएको उजुरीमा उल्लेख छ। कतै भनिस् र हल्ला गरिस् भने मारिदिन्छु भन्दै धम्काएर बलात्कार गरेपछि यादव फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

घटनापछि भाग्दै गरेका यादवलाई इलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा शनिबार साँझ पक्राउ गरी जबर्जस्ती करणीको अभियोगमा अनुसन्धान थालिएको छ। यादव जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन्।दिनेशखबरबाट । 

चर्चामा

सम्बन्धित समाचार