बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सांसद थापाको पहलमा बुढिगंगामा ५ करोडको लगानिमा फन पार्क निर्माण हुदै

सांसद थापाको पहलमा बुढिगंगामा ५ करोडको लगानिमा फन पार्क निर्माण हुदै

  • शुक्रबार, बैशाख १०, २०७८
सांसद थापाको पहलमा बुढिगंगामा ५ करोडको लगानिमा फन पार्क निर्माण हुदै

बाजुरा–संघिय सांसद लाल बहादुर थापाको पहलमा बुढिगंगा नगरपालिकामा ५ करोड लगानिमा फन पार्क निर्माण हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले नगरपालिकामा चैतेपिपल फन पार्क निर्माण गर्न लागेको सांसद थापाको स्वकिय सचिब सुरेश रोकायाले बडिमालिका खबरलाई वताएका छन् ।
मन्त्रालयले चैत २२ गते संघिय सरकारको ३ करोड २५ लाख र स्थानिय तहको १ करोड ७५ लाखको लगानिमा निर्माण हुने गरि बुढिगंगा नगरपालिकालाई परिपत्र गरेको छ । फन पार्क २०७९ फागुन मसान्त सम्म सम्पन्न गर्ने गरि निर्माण हुने मन्त्रालयले वताएको छ ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारि कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रि स्तर बाट फागुन ३ गते योजना छनोट भएको हो । नगरपालिकामा फन पार्क निर्माण हुने भएपछि स्थानिय खुशी भएका छन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायलले गौमुल गाउँपालिकामा पनि फन पार्क निर्माण हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार