मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • समाचार
  • बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

  • शुक्रबार, बैशाख १०, २०७८
बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

काठमाडौं —सुनसरीको प्रकाशपुरमा बुवाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।

विवाद हुँदा चिया पकाउने ताप्केले हिर्काउँदा घाइते भएका उपेन्द्रलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहिबार उनको मृत्यु भएको हो ।

बुवाको मृत्युभएपछि छोरालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए । नाबालक भएकाले प्रहरीले हत्या आरोपीको नाम सार्वजनिक गरेको छैन ।

चर्चामा

सम्बन्धित समाचार