शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बसले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु

बसले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु

  • शुक्रबार, बैशाख १०, २०७८
बसले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु

धनगढी — कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालीजंग रावतको मृत्यु भएको हो।

दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए।

ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालबाट थप उपचारका लागि कैलाली अस्पताल लगिएको थियो। उपचारकका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

कैलालीमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जना घाइते

चर्चामा

सम्बन्धित समाचार