शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  • शुक्रबार, बैशाख १०, २०७८
कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कैलाली —कैलालीको टीकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७0 का एक पुरुष हुन् ।

नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले रातोपाटीलाई जानकारी दिए ।

कोरोना पुष्टि भएपछि कोरोना वार्डमा उपचार गराइरहेका उनको बिहिबार मृत्यु भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार