आज काग तिहार, राजा कागको सङ्ख्या विश्वमै कम
काठमाडौँ, कात्तिक ९ गते । यमपञ्चकको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीका दिन शनिबार काग पूजा गरी मनाइँदैछ । यसै दिनदेखि पाँच दिनसम्म यमराज मत्र्यलोकको विचरणमा रहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यो दिन कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भनिन्छ । कागलाई यमदूत मानिएको छ । काग धुरीमा कराउँदा, कागले मैथुन गरेको देखेमा अशुभ […]