बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा क्वारेनटाइनमै पुगेर योग अभ्यास र औषधि वितरण

बाजुरामा क्वारेनटाइनमै पुगेर योग अभ्यास र औषधि वितरण

  • शुक्रबार, जेष्ठ ३०, २०७७
बाजुरामा क्वारेनटाइनमै पुगेर योग अभ्यास र औषधि वितरण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले क्वारेनटाइनमै पुगेर योग अध्यास र निशुल्क औषधि बितरण गरेको छ । क्वारेनटाइनमा बसेकालाई आयुर्वेद औषधि बितरण सँगै तनाब ब्यबस्थापन, मनोवल गराउन योग सम्बन्धि जानकारी तथा योग गराउने काम भएको कार्यलयले वताएको छ । कोभिड १९ को बेला प्रतिरक्षात्मक बढाउनका लागि आयुर्वेद औषधि वितरण गरेको कार्यलय प्रमुख भण्डारीले वताएकि छन् ।
गौमुल गाँउपालिकाको किर्तिचौर उमाबि क्वारेनटाइनमा रहेका २ सय १२ जनालाई शुक्रवार औषधि सँगै योग अभ्यास गराईएको कार्यलयले जनाएको छ । क्वारेनटाइनमा रहेकालाई औषधि सँगै १२ चरणका योग अभ्यास गराईएको थियो । त्यस्तै बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस पनि योग अभ्यास सँगै औषधि बितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले वताएको छ ।
क्वारेनटाइनमा बस्दा तनाब मुक्त गर्न र त्यो सँगै शरिरमा प्रतिरक्षात्मक क्षमता बढाउनका लागि औषधि बितरण गरेको हो, यो बेला मानसिक रुपमा पनि उपचार चाहिन्छ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकी कर्मचारी निशा कुवरले वताएकि छन् । गौमुल गाँउपालिका अध्यक्ष हरि रोकायाले भने औषधि वितरण र योग सम्बन्धि जानकारी गर्नुले क्वारेनटाइनमा बसेकालाई ठुलो सहयोग हुने वताएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले गरेको यो अभियान अहिले आबश्यक पनि रहेको रोकायाले वताएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समयमा बाजुरामा उपचार सेवा प्रभाबकारी दिदै आएको छ । आयुर्वेद अस्पतालमा बाथ, अम्लपत्ति, दम, खोकी, पिनास, ग्याषटाईट्रिक, पाइलस, छाला रोग, स्त्री रोग, उच्च रक्तचाप लगायतका रोगहरुको उपचार हुने गरेको भण्डारीले वताएकि छन् । पहिला त त्यति बिरामी आउदैनन्, थिए, अहिले प्रचार प्रसार र ब्यबस्थित गरेपछि बिरामीको संख्या बढदै गएको उनले थपिन् । साथै सुनौला हजार दिनका आमालाई दुध बढाउने औषधि र जेठ नागरिकको लागी रसायन औषधि बितरण गर्दै आएको छ । अस्पतालमा ओपिडि सेवा, पुर्व कर्म, पञ्चकर्म सेवा र औषधि बितरण हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार