मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • स्वास्थ्य सामग्री खरिदमा बदमासी : चीनमा समेत प्रतिबन्धित भिटिएम २ करोड ७२ लाखमा किनेको खुलासा

स्वास्थ्य सामग्री खरिदमा बदमासी : चीनमा समेत प्रतिबन्धित भिटिएम २ करोड ७२ लाखमा किनेको खुलासा

  • शुक्रबार, असार १२, २०७७
स्वास्थ्य सामग्री खरिदमा बदमासी : चीनमा समेत प्रतिबन्धित भिटिएम २ करोड ७२ लाखमा किनेको खुलासा

काठमाडौं- कमिसनको खेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले चीन सरकारले प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको खुलेको छ। विभागले चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ राष्ट्रिय स्वास्थ्य सामग्री प्रशासन (एनएमपिए)ले प्रयोग गर्ने अनुमति नदिई  निर्यातमा समेत प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा खेम कार्कीको मिलोमतोमा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग १ लाख ७० हजार गुणस्तरहीन भिटिएम खरिद गरेका हुन्।

भिटिएम खरिदका लागि भएको टेन्डरमा २० वटा कम्पनीले आवेदन दिए पनि विभागले गुणस्तरहीन भिटिएम दिने प्रस्ताव पेस गरेकै कम्पनीसँग खरिद सम्झौता गरेकाले यसमा मिलेमतो भएको देखाउँछ।

अन्य १९ वटा कम्पनीले चीन तथा कोरियामा उत्पादन भएको गुणस्तरीय भिटिएम दिने प्रस्ताव हालेका थिए। तर विभागका अधिकारीहरुले चीन सरकारले नै रोक लगाएको कम्पनीको भिटिएम दिन प्रस्ताव गरेको जनमुक्तिसँग भिटिएम खरिद गर्ने गरी दुई पक्षीय सम्झौता गरेका थिए। विभागले १ लाख ७० हजार भिटिएम खरिदका लागि २ करोड ७२ लाख रुपैयाँमा जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग सम्झौता गरेको थियो।

टेन्डरमा एउटा कम्पनी, सामान अर्कै कम्पनीको 

स्वास्थ्य सेवा विभागले गरेको भिटिएम खरिदमा सहभागी जनमुक्ति हेल्थ इन्टरप्राइजेजले चिनियाँ जेनफाइन बायोटेक कम्पनीले उत्पादन गरेको भिटिएम उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर, विभागलाई भिटिएम उपलब्ध गराउँदा भने अर्कै कम्पनीको भिटिएम दिएको स्वास्थ्यखबरले प्राप्त गरेको प्रमाणले देखाउँछ।

जनमुक्ति हेल्थ इन्टरप्राइजेजले विभागलाई दिएको भिटिएमको नमुना स्वास्थ्यखबरसँग सुरक्षित छ। विभागलाई जनमुक्ति हेल्थ इन्टरप्राइजेजले दिएको भिटिएम चिनियाँ लियुङ सानिल मेडिकल टेक्नोलोजीको हो। जुन कम्पनीको उत्पादन चीनमै प्रतिबन्ध छ भने चीन सरकारले निर्यातको पनि अनुमति दिएको छैन।

चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ एनएमपिएले जम्मा ११ वटा कम्पनीको भिटिएमलाई मात्रै निर्यातको अनुमति दिएको छ। त्यसमा लियुङ सानिल मेडिकल टेक्नोलोजीको नाम छैन।

जनमुक्ति हेल्थ इन्टरप्राइजेजले टेन्डरमा उल्लेख गरेको कम्पनी र अहिले दिएको भिटिएम उत्पादन कम्पनीसमेत उक्त सूचीमा छैन।

यसले भिटिएम खरिदमा विभागले मन्त्री भानुभक्त ढकाल, मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्की, विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले बदमासी गरेको पुष्टि हुन्छ। कोरोना भाइरस संक्रमण जोखिम बढिरहेका बेला उनीहरुको आर्थिक मिलेमतोमा गुणस्तरहीन भिटिएम खरिद गरेका खरिद प्रक्रिया र खरिद गरिएका सामग्रीको गुणस्तरबाट प्रस्ट हुन्छ।

1140x725

विभागमा महानिर्देशक डा सिंहलाई चीनमै प्रतिबन्धित र निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम किन खरिद गरेको भनेर प्रश्न सोध्दा उनले आफू यस विषयमा अनभिज्ञ रहेको दाबी गरे। उनले खरिद भएको भिटिएम ल्याब परीक्षण गरेर मात्रै प्रयोगमा ल्याएइने दाबीसमेत गरे। अन्य विषयमा भने डा खरेललसँग जानकारी लिनु भन्दै सिंह पन्छिए। तर, विभागमा निर्देशक खरेल सम्पर्कमा आउन चाहेनन्।

विभाग स्रोतका अनुसार गुणस्तरहीन भिटिएम खरिदमा विभागमा महानिर्देशक सिंह, खरेल र शाखा अधिकृत विष्ट संग्लन छन्। स्वास्थ्यखबरले प्राप्त गरेको विवरणले पनि यही देखाउँछ। खरिद सम्झौताको विषय सुरु हुँदा नै विभागका अधिकांश कर्मचारीले जनमुक्ति हेल्थ इन्टरप्राइजेजले उल्लेख गरेको कम्पनीको भिटिएम गुणस्तरहीन रहेको भन्दै खरिद नगर्न सुझाव दिएका थिए। तर, उनीहरु गुणस्तरहीन भिटिएम खरिद गर्न अडिग रहे।

यस विषयमा शाखा अधिकृत विष्टलाई सोध्दा उनले कुन कम्पनीलाई कसले प्रतिबन्ध लगाएको छ भनेर हेर्ने काम विभागको नभएको गैरजिम्मेवार जवाफ दिए। उनले भने, ‘विभागले विदेशमा कुन कम्पनीलाई कसले प्रतिबन्ध गरेको छ भन्ने कुरा हामीलाई मतलब हुँदैन। हामीले खरिद ऐनअनुसार प्रस्ताव हाल्ने कम्पनीको प्रमाणपत्र जाँच गरेर ठेक्का सम्झौता गरेको हौं। सम्झौतापछि कम्पनीले दिएको सामान लिएका हौं। जनमुक्तिले नै कम मूल्यमा सामान दिने गर कम रकम कबुल गरेको थियो। सोही आधारमा सम्झौता खरिद भएको हो।’

भिटिएम के हो?

भिटिएम भनेको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो। यसलाई एक प्रकारको किट भनेर बुझ्दा पनि हुन्छ। यसको काम प्रयोगशालासम्म पुर्‍याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस भन्ने नै हो।

यी हुन् निर्यात तथा प्रयोगमा चीनले अनुमति दिएका भिटिएम उत्पादन कम्पनी

स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार