बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • रात दिन नभनी सेवामा जुटिएका हामी

रात दिन नभनी सेवामा जुटिएका हामी

  • मङ्लबार, असार ९, २०७७
रात दिन नभनी सेवामा जुटिएका हामी

स्वास्थ्यकर्मिको सरकार, सरोकारवाला निकाय र जनता लाई हाम्रो आग्रह कोरोना control भन्दा बाहिर गैसक्यो जन्ता यति धेरै लामो बन्दा बन्दिको कारण खान नपायर मर्ने अबस्थामा छन । जनतालाइ खान न पायर आत्महत्या गर्ने बेला भैसक्यो । व्यापारी लगायत रिन लियर बेबसाय गर्ने हरु भाडा र ब्याज तिर्न न सकेर आपतमा छन , जनता लाई कोरोनाको बन्दा बन्दी भन्दा नियन्त्रण भन्दा बाहिर गयको डरले घर बाहिर निस्किन त्रसित छन , दिनानु दिन कोरोना संक्रमित को संख्या आज भन्दा भोलि दोब्बर ले बड्दै छ , विश्व नै त्रसित छ लाखौ स्वास्थ्यकर्मिले नै आफ्नो ज्यानको दाउ लगाइसएका छन अझ हाम्रो बाजुरा जिल्लामा पनि अहिले 6 जना स्वास्थ्यकर्मी पनि संक्रमित भैइसकेका छन। दिन-दिन संक्रमण बढ्दो छ ।

म एक quarantine र isolation मा दिन रात न भनि निरन्तर 28 दिन देखि school को कोठामा सुत्दै 28 दिन सम्म एउटै PPE set र मास्क धुदै लगाउदै जनताको स्वास्थ्य सेवामा विश्व स्वास्थ्य संकटकाल को यो विषम परिस्थिति मा सेवा दिदै आइरहेको छु । आफ्नो ज्यान को बाजि लगाइ आफ्नो सुरक्षा को प्रवाह नगरी चिसो तातोको प्रवाह नगरी यस्तो अबस्थामा quarantine लाई ब्यबस्थित बनाइ र PCR को दायरालाइ बढाइ भारत बाट र बाहिर बाट आयका मानिस हरुलाइ PCR Report नआउदा सम्म quarantine मै राख्ने ब्यबस्था मिलाउनको साटो उल्टै RDT positive हुने हरुलाइ पनि घर पठाइ आज तिनिहरुको PCR positive आउदस घर-घर/टोल-टोल सम्म कोरोना संक्रमण देखिन थालेको छ सबै जनता झन त्रसित भयकाछन तेसैमा दिन दिन स्वास्थ्यकर्मी माथिनै संक्रमण देखिने क्रम बढ्दो छ ।

कोरोना संक्रमिण बाट न त जनताले सुरक्षित महसुस गरेको छन न त हामी सेवामा खटियका कर्मचारी (स्वास्थ्य, सुरक्षा र संकारकर्मी) अझै बिना PPE संक्रमितको आफ्नो ज्यानको प्रबाह नगरी लागिरहेका छौ , तेसैमा सुनिन्छ दिन दिन स्वास्थ्यकर्मी कुटियो भन्ने खबरले झन मनोबल बढाइ सेवामा लागेका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारिको मनोबल दिन दिन घट्दै छ ।

दिनानुदिन यस्तो समाचार ले हामी सेवामा खटिका स्वास्थ्यकर्मी पनि कहिले कोरोनाको त्रास त कहिले जनताले कुट्ने त्रासमा आफ्नो ज्यानको बाजि लगाइ सेवा दिदै गर्दा किन अझै सरकार लगायत सरोकार वाला निकाय मौन छन अझै कहिले बुद्दी पलाउने म एक भारत बाट आयका लाई राखि रहेको quarantine र isolation मा काम गरिर्हेको स्वास्थ्यकर्मी हु मैले अहिले 28 दिन कामगरि सक्दा एक set ppe र एक N95 mask बहेक अरु पायको छैन तेहि PPE set र mask धुदै लगाउदै गरेको छु एकै set PPE कति सम्म प्रयोग गर्न मिल्छ त्यो त अब जो सुकै लाई थाहा भैसक्यो 1 सरो ppe मा ज्यान बाजिलगाइ काम गर्ने स्वास्थ्यकर्मि लगायत ओरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जादैगर्दा जनता भोको पेट ले आत्महत्या गरि मर्न न परोस , एक बेबसाही रिन , भाडा र ब्याज तिर्न नसकी आत्महत्या गर्न नपरोस , युवा हरु जागिर छोडी रोजगार बिहिन बनी आत्महत्या गर्न नपरोस , एक स्वास्थ्य कर्मी सुरक्षा नपाइ कुटियर र अरुलाइ बचाउछु भनी हिडेको बिना सुरक्षा सामांग्री संक्रमित भै मर्न नपरोस चाडो भन्दा चाडो यस्को बारेमा सोचियोस कार्ययोजना बनोस  ।

सबै जिल्ला, प्रदेश level मा PCR जाचको दायरा बढाइयोस जनतालाइ खाना नपाई मर्ने अबस्था र बेबसायिलाइ रिन र ब्याज तिर्न नसकी मर्ने अबस्थाको बारेमा राहत र बेबसाही लाई ब्याज मिनाहा गरियोस कर्मचारिलाइ जगिर छोडी बेरोजगार बन्ने अबस्था नआवस यी समस्स्याको बारेमा सोचियोस सरकार ।

(खत्री हाल HAAN जिल्ला कार्य समिती बाजुरा उपाध्यक्ष र दहकोट स्वास्थ्य चौकी प्रमुख गौमुल -2  मा कार्यरत छन)

चर्चामा

सम्बन्धित समाचार