बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बाजुराको बुढिगंगामा गैरकानुनी गर्भपतनले महिलाको ज्यान जोखिममा

बाजुराको बुढिगंगामा गैरकानुनी गर्भपतनले महिलाको ज्यान जोखिममा

  • शुक्रबार, असार १२, २०७७
बाजुराको बुढिगंगामा गैरकानुनी गर्भपतनले महिलाको ज्यान जोखिममा

बुढिगंगा नगरपालिका ४ बानेगाँउ बस्ने दिपा लुवारले टाँटे स्वास्थ्य चौकी नजिकै रहेको स्थानिय मेडिकल बाट सेवन गरेको गर्भपतनको औषधिका कारण उनको ज्यान जोखिममा रहेको छ । निजि मेडिकल बाट गर्भपतनको औषधि खाएर गैरकानुनि गर्भपतन गराउदा उनि अछामको बयलपाटा अस्पतालमा जिवनमरणको दोसाधमा छटपटाइरहेकि छन् ।
दिपाले बुधवार स्थानिय मेडिकल बाट गर्भ तुहाउने औषधि लिएर खाईन् । त्यसको केही समयमै उनको यौनी बाट अत्याधिक रक्क्तस्राव भयो । जब उनको अबस्था गम्भिर हुदै गए पछि टाँटे स्वास्थ्य चौकीमा उपचारमा आइन्, उनलाई अत्याधिक रक्तस्राब भएका कारणले अछामको बयलगडा अस्पताल लगिएको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।
उनको अहिले अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ, उनलाई चार प्वान्ट रगत आबश्यक परेको अस्पतालले जनाएको छ । उनमा निकै रक्क्त अल्पता भएका कारण उनको ज्यान निकै जोखिममा रहेको स्वास्थ्यकर्मीले वताएका छन् । गर्भपतन वा सुत्केरी महिलाको ८ प्वान्ट भन्दा तल हेमोगोलोबिनको मात्र घटेमा ज्यान जोखिमा हुने गरेको छ ।
दिपाले औषधि किनेको टाँटे स्वास्थ्य चौकी सँगै जोडिएको एक मेडिकल बाट औषधि किनेर खाएका बुझिएको छ । तर त्यहि टाँटे स्वास्थ्य चौकी सुरक्षित गर्भपतन सेवाका लागि सुचिकृत हो, उनले भने मेडिकल बाट औषधि खाएको एक स्वास्थ्यकर्मीले वताएका छन् ।
उनले मेडिकल बाट मिफेप्रिस्टोन २०० एमजी र मिसोप्रोस्टल २०० एमसिजी (Mifepristone 200mg one Tablet & Misoprostal 200mcg four Tablet) नामक औषधि सेवन गरेको बुझिएको छ् । दिपा जस्तै बाजुरामा धेरै महिलाहरु यसरी गैरकानुनी गर्भपतन गरिरहेका छन् । सुरक्षित गर्भपतन गर्नका लागि सरकारले ब्यबस्था गरेको भएपनि बाजुरामा भने अनुमति नलिएका पसलहरु बाट गर्भपतन गराउने धन्दा बढदै गएको छ । जसका कारण महिलाको स्वास्थ्य पनि जोखिम बन्दै गएको छ ।
गर्भपतन गराउन नर्स, डाक्टरहरुले तालिम लिएको हुनुपर्छ । त्यसैगरी गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सुचिकृत भएको हुनुपर्छ । संस्था र ब्यक्ति दुबै गर्भपतन गराउन पाँउने ब्यबस्था भएपनि यो क्षेत्रमा भने मनोमानी रुपमा गर्भपतन भईरहेका जिल्ला अस्पताल बाजुराकाकि स्टाफ नर्स धर्मा रोकायाले वताएकी छन् ।
‘तर गाँउघरमा गैरकानुनी रुपमा एचए, अहेब, अनमि र अरु स्वास्थ्यकर्मीले समेत गर्भपतन गराईरहेका छन् ।’ कानुनत १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ । अबस्थिको भनाइमा, ‘त्यसमा पनि शारिरिक, मानसिक अबस्था ठिक भए मात्र गर्भपतन गराउनु पर्छ । तर कुनै परिक्षण बिना नै औषधि खुवाएर गर्भपतन गराउने आम प्रचलन छ । धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, गनाउने पानि आउने समस्या हुनु यसैको परिणाम हो ।’
‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनितिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६’ अनुसार स्वास्थ्य सेवा बिभाग, परीवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने ब्यक्ति र संस्था दुबैले प्रमाण–पत्र लिएका हुनुपर्छ । तर गाँउमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भईरहेको छ । बाजुरामा गर्भपतन गराउन धेरै प्रयोग गरिने औषधि मिफेप्रिस्टोन २०० एमजी र मिसोप्रोस्टल २०० एमसिजी (Mifepristone 200mg one Tablet & Misoprostal 200mcg four Tablet) हो । यो औषधी धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र भारतका बिभिन्न शहरबाट सुदुरपश्चिमका पहाडमा भित्रिने गरेको छ । अनुमती नलिएको पसलबाट यो औषधी खरिद वा बिक्रि गर्न पनि पाइदैन ।

चर्चामा

सम्बन्धित समाचार