बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाले मृत्यु हुनेको संख्या २६ पुग्यो : २६ सय ५० डिस्चार्ज

कोरोनाले मृत्यु हुनेको संख्या २६ पुग्यो : २६ सय ५० डिस्चार्ज

  • बिहिबार, असार ११, २०७७
कोरोनाले मृत्यु हुनेको संख्या २६ पुग्यो : २६ सय ५० डिस्चार्ज

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार राति एक र बिहीबार बिहान एक गरेर दुई जनाको मृत्यु भएको हो।

कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको हो।स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए। उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री छैन।

त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो।

मृतक ५० वर्षीय पुरुषको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। नर्भिक अस्पतालमा उपचार गराइरहेका ति पुरुषमा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पताल ल्याइएको थियो।

मन्त्रालयका अनुसार बिहीबार मात्र ३१२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २१६ र पुरुष दुई हजार चार सय ३४ गरेर २६ सय ५० जनाले कोरोना जितेका छन् ।

संक्रमिततको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बिहीबार ४३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९९ हजार ७ सय ३७ र आरडीटी विधिबाट दुई लाख ७८ हजार ६३ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये एक लाख ८२ हजार चार सय ६६ जना छन् । अहिलेसम्म क्वारेन्टाइनमा ७४ हजार २२ जना छन् भने आइसोलेसनमा राखेर आठ हजार ४ सय ८६ जनाको उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार