शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा क्वारेनटाइनमा बसेकि गर्भवतीले कोरोना ठिक हुन्छ, भनेर जडिबुटी खाएसी रक्तस्राब

बाजुरामा क्वारेनटाइनमा बसेकि गर्भवतीले कोरोना ठिक हुन्छ, भनेर जडिबुटी खाएसी रक्तस्राब

  • शनिबार, जेष्ठ ३१, २०७७
बाजुरामा क्वारेनटाइनमा बसेकि गर्भवतीले कोरोना ठिक हुन्छ, भनेर जडिबुटी खाएसी रक्तस्राब

बुढिगंगा नगरपालिका २ बसन्त आधारभुक्त बिद्यालयमा बसेकि १६ बर्षकि गर्भवती महिलाले कोरोना ठिक हुन्छ भनेर गुरजो नामक जडिबुटि खाएकि छन् । ५ महिनाकी गर्भवती लाई आरडिटि चेक गर्दा पोजेटिभ देखिएको थियो ।
प्रतिरक्षात्मक शक्ति बढाउन र कोरोना बाट बच्नका लागि गाँउबाट बरजो नामक जडिबुटि मगाएर खाएको ति गर्भवतीले वताएकि छन् । त्यो खाइसकेपछि तल्लो पेट दुख्ने रक्तस्राव भइरहेको वताएकि छन् । उपचारमा खटिएकि स्वास्थ्यकर्मी आशा थापाले भनिन्, उनलाई अहिले खतराको लक्षण देखा परेको वताईन् । पेट दुख्ने रक्तस्राब भइरहेको छ, पिसाब लाग्ने जस्तो हुने तर पिसाब नहुने रहेको छ, जडिबुटि खाएपछि उनका समस्या आएको थापाले वताएकि छन् । तर कुन कारणले हाे थाहा भएन तर जडिबुटि खाएपछि समस्या आएकाे वताएकी छन् ।
शुक्रवार राति जडिबुटि खाएपछि ति गर्भवतीमा रक्तस्राब हुन शुरु भएको हो, जिल्ला अस्पतालको डाक्टरको सल्लाहमा औषधि दिएको छ, अबस्था जटिल रहेको स्वास्थ्यकर्मीले वताएका छन् । उनको ८ जनाको परिवार भारतबाट १४ गते क्वारेनटाइनमा पुगेका थिए । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने जडिबुटि खाएपछि गर्भवतीमा खतराको लक्षण देखा परेको वताएका छन् ।

आयुर्वेद चिकित्सक डा‍. सत्यराज जाेशिले भने याे जडिबुटिले यस्ताे नहुनु पर्ने हाे, तर स्वास्थ्यकर्मिकाे सल्लाह अनुसार खानुपर्ने हाे कुनै अन्य कारणले यस्ताे भएकाे हुन सक्ने वताएका छन् । अर्काे खाने मात्रा पनि कति कसरी भन्ने हाे, तर याे जडिबुटिले त्यस्ताे असर नपार्ने जाेशि बताँउछन् ।
ति गर्भवती महिलाको श्रीमान भन्दा बाहेक ८ जनालाई आरडिटि पोजेटिभ देखा परेको छ । तिनिहरु अझै क्वारेनटाइनमा बस्नु पर्ने भएको छ । एकातिर क्वारेनटानको बसाई अर्को तिर रक्तस्राबले स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ । बाजुराका क्वारेनटाइनमा २० जना गर्भवती तथा सुत्केरी रहेका छन् । बसाई ब्यबस्थापन राम्रो नहुदा जोखिममा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार