शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • १७ जना कोरोना संक्रमितको उपचारमा खटिएकि एक्लि साहसी यि अनमी

१७ जना कोरोना संक्रमितको उपचारमा खटिएकि एक्लि साहसी यि अनमी

  • बिहिबार, असार ४, २०७७
१७ जना कोरोना संक्रमितको उपचारमा खटिएकि एक्लि साहसी यि अनमी

पदम बहादुर सिंह/जेठ १४ गते धुरालसैन क्वारेनटाइनमा बसेकि २ बर्षिय वालिकामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित भईन् । क्वारेनटाइनमा खटिएकि अनमि दिया सिंहले वालिकालाई चेकजाँचका साथै उपचार गरिन्, तर उनलाई ठिक भएन जेठ १५ गते उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा रिफर गरिन् ।
वालिकाको जिल्ला अस्पताल बाजुरामा उपचारको क्रममा जेठ १८ गते मृत्यु भयो । वालिका कोरोनाका कारणले मृत्यु भएको पुष्टि भयो र वालिकाकि २३ बर्षिय आमा पनि कोरोना पोजेटिभको रिपोट आयो । यो खबर देशभरी फैलियो, क्वारेनटाइनमा वालिकाको उपचार गरिरहेकी अनमि दिया सिंह कहाँ पनि पुग्यो । पञ्जा र माक्स मात्र लगाएको थियो, पिपिसेट थिएन्, कोरोनाका कारणले वालिका मृत्यु भएको खबरपछि मनमा चिसो पस्यो कतै मलाई कोरोना त लागि सकेको छैन्, दिया सिंहले बडिमालिका खबरलाई वताईन् । तर पनि मन कति बिच्चलीत भएन ढुक्कका साथ उनले क्वारेनटाइनमा हेरचाँह र चेकजाँच निरन्तर गरिरहिन् ।
१९ गते क्वारेनटाइनमा बसेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको स्वाब संकलन गरियो । ११ दिन पछि १७ जना पोजेटिभ भएको रिपोट आयो । बालिकाको उपचार गरिरहेकी अनमि दिया सिंहको भने रिपोट नेगेटिभ आयो । रिपोट नेगेटिभ आएको भएपनि अब उनलाई झन जिम्मेवारी थपियो । १७ जनाको संक्रमितको उपचार र हेरचाँह गर्नुपर्ने रहयो । नगरप्रमुख दिपक शाह क्वारेनटाइनमा पुगेर उनलाइ हौसला त दिए, तर मन ढुक ढुक का साथ उनले आफ्नो जिम्मेवारी निरन्तर बहन गरिरहिन् ।
हुनत दिया सिहं नगरपालिकाको करार कर्मचारी हुन्, अझ भन्नु पर्दा त तलब पनि अनमिले पाँउनु पर्ने स्केल २६ हजार ६ सय १० भन्दा कम छ । उनि अहिले १६ हजारमा मासिक तलबमा काम गर्छन् । दिया भन्छन्, यो बेला जागिर भन्दा पनि स्वास्थ्यकर्मीको दायित्व र मानविय सेवा मेरो कर्म पनि हो, मलाइ जागिर भन्दा पनि बिरामीको उपचारमा रमाउछु । उनले थपिन्, म यही ठाँउको पनि हो, संकटको बेला त झन उपचारमा नखटिए के स्वास्थ्यकर्मी हुनु Florence Nightingale को इतिहास पढेर म प्रेरित छु, म तल्लो तहको कर्मचारी हु, गाँउका समस्या ब्यथा राम्रो सँग बुझेको छु, संकटमा काम गर्दा पो पढेको अर्थ र हाम्रो दायित्व पनि हो ।
दिया रातदिन नभनेर २४ घण्टा उपचारमा खटिरहेकी छन् । पोजेटिभ पटक पटक पखाला चल्यो, ज्वरो आयो भन्छन्, के गर्नु अरु कोही स्वास्थ्यकर्मी छैन एक्लै छु, अहिले त लाग्छ म कोरोना सँग जिति सके, मलाइ अब कोरानो कहिल्यै लाग्दैन् । घर परिवारको पनि राम्रो सहयोग छ, श्रीमान पनि स्वास्थ्यकर्मी हुन्, मेरो घर परिवारको सहयोगलेनै म कुनै बिचलनमा छैन्, मलाई प्ररेणा मिलेको छ, अब संक्रमितको उपचार बाट पछाडि नहटने उनि बताँउछन् ।
उनि २ बर्षिय वालिका बचाउन नसकिएकोमा निकै दुखित छन्, बच्चाको उपचार मैले गर्न सकेजति गरेको हो, पछि जिल्ला अस्पताल पठाए त्यहाँ पनि चिकित्सले बचाउन सकेनन । अहिले पनि नावालक शिशु संक्रमित छ, उसले दुध खान छोडेको थियो, उपचार गर्दा गर्दा अहिले सामान्य अबस्थामा रहेको वताँउछन् ।
दिया सिंहले जिम्मा पाएको धुरालसैन क्वारेनटाइनमा बसेका १ सय ८२ जना मध्ये १९ जनालाई कोरोना पुष्टि भइसकेको छ । सोही क्वारेनटाइनमा बसेकी २ बर्षिय वालिकाको दुईसाता पहिला कोरोना बाट मृत्यु भइसकेको छ । संक्रमित १७ जना त्यहि क्वारेनटाइमा बसिरहेका छन् । ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ, त्यो सँगै ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
नगरप्रमुख दिपक बिक्रम शाह भन्छन्, दियाले यो संकटको बेला निकै राम्रो काम गरेको छ । उनि करार कर्मचारी हुन जाखिर छोडेर पनि जान सक्थिन, वा अन्य कारण देखाएर पनि काम गर्न नसक्थिन्, तर त्यो उनमा छैन्, उनि भन्छन्, म मेरो ज्यानको बाजि राखेर भएपनि कोरोना संक्रमितको उपचार लाग्छु भन्छन्, उनको कामको मुल्याकंननै गर्न सकिदैन् नगरप्रमुख शाह भन्छन् । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, दियाले निकै उत्कृष्ट काम गरेको छ, उसको ४ दिनको संक्रमित बच्चाले दुध खान छोडेको थियो, तर तिनले उपचार गरेर अहिले सामान्य अबस्थामा आइसकेको वताएका छन् ।
हुनत नगरपालिकामा तिनकै पदमा त्यो भन्दा धेरै तलब खाने र माथिल्लो तहका स्वास्थ्यकर्मी छन् । आइसोलेसन चिकित्सकको निगरानि वा हेल्थ असिटेन्ट सम्मको स्वास्थ्यकर्मी हुनु पर्ने हो, तर त्यहाँ १७ जना संक्रमितको उपचारमा भने एक्लै करारको अनमि दिया सिंह रहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार