नाच्दानाच्दै कान्छी माननीय !
मुक्तिको गीत गाउँदै, नाच्दै हिँड्ने सांगीतिक समूह, रक्तिम परिवार । सामन्ती, शोषण विरुद्ध र सर्वहाराको पक्षमा रक्तिमका गीतमा नाँच्दै हिँड्नु उनको दैनिकी । मनमा विद्रोहका ज्वारभाटा, आँखामा क्रान्तिको ज्वाला र शरीरमा उम्लँदो रगत ! राज्य व्यवस्था फेर्ने सपना बोकेर हिँड्ने क्रम जारी थियो, २० वर्षदेखि निरन्तर । उनले ७/८ वर्षको उमेरमै ‘राता’ गीतमा नाच्न थालिन् […]