बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फिचर
  • लभ एकअर्काप्रतिको आकर्षण र मिलन होः नायिका प्रतिक्षा

लभ एकअर्काप्रतिको आकर्षण र मिलन होः नायिका प्रतिक्षा

  • सोमवार, चैत्र १८, २०७५
लभ एकअर्काप्रतिको आकर्षण र मिलन होः नायिका प्रतिक्षा

दर्जनौँ म्युजिक भिडियो र केही फिल्ममा अभिनय गरेकी नायिका प्रतिक्षा खड्काले अभिनय गरेको चलचित्र टिनएज हलहरू प्रदर्शन भइरहेको छ । सफल कलाकार बन्ने सपना बोकेकी खड्कासँग नेपालपाटी डटकमले गरेको कुराकानी ।

तपाईले अभिनय गरेको चलचित्र टिनएज भर्खरै रिजिल भयो । सुटिङको क्रममा काम गर्दा र अहिले हलमा चलचित्र चलिरहँदा कस्तो महसुस भइरहेको छ ?
Pratikshya Khadka सुटिङको क्रममा के होला, कस्तो होला भन्ने थियो । मैले आफ्नो तर्फबाट पात्रलाई न्याय हुने गरी सक्दो प्रयास गरेकी थिएँ । आफु पनि टिनएजको भएको कारणले गर्दा चलचित्र टिनएजको आस्था भन्ने पात्रको भूमिका निभाउन सजिलै भएको थियो । चलचित्र राम्रै चलेको छ । दर्शकले साथ दिइरहनुभएको छ । शुभचिन्तकहरू बढिरहनुभएको छ । विभिन्न माध्यमबाट बधाई र शुभकामना पनि आइरहेका छन् ।

खासमा तपाईको भूमिका चाहिँ कस्तो छ ?
टिनएजमा मैले अभिनय गरेको पात्र आस्था एउटा मायालु र संस्कारी केटी हो, जसले परि आए आफ्नाका लागि हरेक कुरा त्याग्न सक्छे ।

तपाईले म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्नुभयो । यी दुईमा के फरक पाउनुभयो ?
म्युजिक भिडियो गर्दा थोरै समय भए पुग्छ । आफूसँग काम गरेकालाई पनि चिनिरहेको हुँदैन । तर, चलचित्र गर्दा लामो समय समय लाग्छ । वर्कशपदेखि छायांकनको अन्तिम दिनसम्म चलचित्रको काममा लाग्नुपर्ने भएकाले सिंगो टोली परिवारजस्तै लाग्दोरहेछ । अभिनय त म्युजिक भिडियो र चलचित्र दुवैमा उस्तै नै हुन्छ । दुवैमा पात्रलाई न्याय गर्नुपर्छ ।

तपाईको रोल मोडल को ?
खासमा त्यस्तो त छैन । तर, अग्रज कलाकारहरूको अभिनय राम्रो लाग्छ ।

तपाईको भविश्यको लक्ष्य के छ ?
सफल कलाकार बनेर समाज परिवर्तनमा भूमिका निभाउने लक्ष्य छ ।

तपाईलाई सवैभन्दा मनपर्ने नायक, नायिका, गायक, गायिका चाहिँ को–को हो ?
नायकमा राजेश हमाल, नायिकामा निरुता सिंह, गायकमा प्रमोद खरेल र गायिकामा अञ्जु पन्त सवैभन्दा मनपर्छ ।

तपाईलाई सवैभन्दा मनपर्ने आफ्नै शरीरको अंग कुन हो ?
आँखा सवैभन्दा मनपर्छ ।

मनपर्ने ठाँउ ?
पोखरा मनपर्छ ।

मनपर्ने खाना ?
थकाली खाना मनपर्छ ।

मनपर्ने पोशाक ?
गुन्यु चोली मनपर्छ ।

तपाईको विचारमा लभ के हो ?
मेरो विचारमा लभ भनेको दुई आत्माको मिलन हो । एकअर्का प्रतिको आकर्षण पनि हो ।

लभ प्रस्ताव कतिको आउँछन् ?
त्यस्तो प्रस्ताव त टन्नै आउँछन् । तर, मैले त्यसलाई सिरियसली लिन्नँ । किनभने म अहिले करिअर बनाउन लागिरहेको छु ।

अन्त्यमा केही भन्नु छ ?
चलचित्र टिनएज हेर्न छुटाउनुभएका दर्शकहरूले नजिकैको हलमा गएर हेरिदिनुहोला । चलचित्र हेरेपछि कस्तो लाग्यो अवश्य कमेन्ट गरिदिनुहोला ।

चर्चामा

सम्बन्धित समाचार