बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • फिचर
  • आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…

आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…

  • बिहिबार, चैत्र २१, २०७५
आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर एक बालक अस्पताल पुगेपछि…

साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ । बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना(सानामा खुसी । अहिले भारतका भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम राज्यका एक बालक चल्ला बोकेर अस्पताल पुगेको विषय सामाजिक सञ्जाल व्यापक भाइरल भइरहेको छ । मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो । इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगे । जब त्यो तस्बिर फेसबुकमा पोस्ट भयो लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । यो समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८२ हजार सेयर भएको छ । तस्बिर यतिखेर भारतका साथै धेरैतिर भाइरल बनेको छ ।

हाम्राे इकिनाेमी अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार