काठमाडौँ । सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।

“बलात्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई बलात्कार गर्‍यो भनी झूटो आरोप लगाउने महिलालाई के हुन्छ सजाय ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबरजस्ती गर्‍यो भन्दै बलात्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ ।

दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबरजस्ती गर्‍यो, जात ढाट्यो, बलात्कार गर्‍यो भन्दै दलित युवाहरुलाई फसाउने गरेको बताइन् ।

सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।