६ वाणिज्य बैंक कारबाहीमा
निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न कसुरमा ती बैंकलाई नगद जरिवानादेखि सचेतसमेतको कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंक छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० […]